< यशैया 36 >
1 हिजकिया राजाको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र ति कब्जा गरे ।
Èetrnaeste godine carovanja Jezekijina podiže se Senahirim car Asirski na sve tvrde gradove Judine, i uze ih.
2 तब अश्शूरका राजाले प्रमुख कमाण्डरलाई लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ ठुलो फौजसहित पठाए । तिनी धोबीहरूको खेततिर जाने मुल बाटोमा माथिल्लो तलाउको नहर छेउमा खडा भए ।
I posla car Asirski Ravsaka iz Lahisa u Jerusalim k caru Jezekiji s velikom vojskom; i on stade kod jaza gornjega jezera na putu kod polja bjeljareva.
3 तिनीहरूसँग कुरा गर्न जाने इस्राएली अधिकारीहरूमा दरबारका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, राजाका सचिव शेब्ना र सरकारको निर्णय लेख्ने आसापका छोरा योआ थिए ।
Tada izide k njemu Elijakim sin Helkijin, koji bijaše nad dvorom, i Somna pisar i Joah sin Asafov pametar.
4 प्रमुख कमाण्डरले तिनीहरूलाई भने, “हिजकियालाई भन कि अश्शूरका राजा महाराजाले भन्छन्, 'तिम्रो भरोसाको स्रोत के हो?
I reèe im Ravsak: kažite Jezekiji: ovako kaže veliki car, car Asirski: kakva je to uzdanica u koju se uzdaš?
5 युद्धको निम्ति सल्लाह र सामर्थ्य छ भनी तिमीले व्यार्थका शब्दहरू मात्र बोल्छौ । अहिले तिमीले कसलाई भरोसा गरिरहेका छौ? मेरो विरुद्धमा विद्रोह गर्न तिमीलाई कसले आँट दिएको छ?
Da reèem, ali su prazne rijeèi, da imaš svjeta i sile za rat. U što se dakle uzdaš, te si se odmetnuo od mene?
6 हेर, तिमीले मिश्रदेशमा भर पर्दैछौ, जुन फुटेको नर्कट हो, जसलाई तिमीले यसलाई हिंड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ, तर एक जना मानिस यसमा ढल्किन्छ भने, त्यसको हातमा त्यसले घोच्नेछ र त्यसलाई छेड्नेछ । मिश्रदेशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ ।
Gle, uzdaš se u štap od trske slomljene, u Misir, na koji ako se ko nasloni, uæi æe mu u ruku i probošæe je; taki je Faraon car Misirski svjema koji se uzdaju u nj.
7 तर, “परमप्रभु हाम्रा परमेश्वरमा हामी भरोसा गरिरहेका छौं” बनेर तिमी मलाई भन्छौ भने, के त्यो उही होइन जसका उच्च स्थानहरू र वेदीहरूलाई हिजकियाले हटाएका छन्, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, “तिमीहरूले यरूशलेमको यस वेदीको सामु आराधना गर्नुपर्छ”?
Ako li mi reèeš: uzdamo se u Gospoda Boga svojega; nije li to onaj èije je visine i oltare oborio Jezekija i zapovjedio Judi i Jerusalimu: pred ovijem oltarom klanjajte se?
8 यसकारण, अब मेरो मालिक अश्शूरका महाराजाको तर्फबाट म तिमीलाई असल कुरा दिन चाहन्छु । तिमीले घोडचडीहरू भेट्टउन सक्छौ भने, म तिमीलाई दुई हजार घोडाहरू दिनेछु ।
Hajde zateci se mojemu gospodaru caru Asirskom, i daæu ti dvije tisuæe konja, ako možeš dobaviti koji æe jahati.
9 मेरो मालिकका सेवकहरूमध्ये सबाभन्दा सानो एक जना कप्तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ र? तिमीले रथहरू र घोडचढीहरूका निम्ति मिश्रदेशमा भरोसा गरेका छौ ।
Kako æeš dakle odbiti i jednoga vojvodu izmeðu najmanjih slugu gospodara mojega? Ali se ti uzdaš u Misir za kola i konjike.
10 अब के मैले यहाँ यस देशको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न परमप्रभुविना नै आएको हुँ र? परमप्रभुले मलाई भन्नुभयो, “यो देशलाई आक्रमण गर् र त्यसलाई नाश गर् ।”
Svrh toga, eda li sam ja bez Gospoda došao na ovo mjesto da ga zatrem? Gospod mi je rekao: idi na tu zemlju, i zatri je.
11 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्ना र योआले प्रमुख कमाण्डरलाई भने, “कृपया, तपाईंका सेवकहरूसँग आरमेइक भाषा बोल्नुहोस्, किनकि हामी यो बुझ्छौं । पर्खालमा भएका यी मानिसहरूले सुन्ने गरी यहूदाको भाषामा नबोल्नुहोस् ।”
Tada Elijakim i Somna i Joah rekoše Ravsaku: govori slugama svojim Sirski, jer razumijemo, a nemoj nam govoriti Judejski da sluša narod na zidu.
12 तर प्रमुख कमाण्डरले भने, “के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्न मेरा मालिकले मलाई पठाउनुभएको हो र? के पर्खालमाथि बस्ने मानिसहरूलाई पनि यो कुरा भन्न उहाँले मलाई पठाउनुभएको होइन र, जसले तिमीहरूसँगै आफ्नो दिसा खानुपर्छ र आफ्नो पिसाब पिउनुपर्छ?”
A Ravsak reèe: eda li me je gospodar moj poslao ka gospodaru tvojemu ili k tebi da kažem ove rijeèi? nije li k tijem ljudima, što sjede na zidu, da jedu svoju neèist i da piju svoju mokraæu s vama?
13 तब प्रमुख कमाण्डर खडा भए र ठुलो सोरमा यहूदी भाषामा नै यसो भने, “महान् राजा, अश्शूरका महाराजाका कुरा सुन ।
Tada stade Ravsak i povika iza glasa Judejski i reèe: èujte rijeèi velikoga cara Asirskoga.
14 महाराजा भन्नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई छल नगरोस्, किनकि त्यसले तिमीहरूलाई छुटकारा दिन सक्नेछैन ।
Ovako kaže car: nemojte da vas vara Jezekija, jer vas ne može izbaviti.
15 तिमीहरूलाई यसो भन्दै परमप्रभुमा भरोसा गर्ने बनाउन हिजकियालाई नदेओ, 'परमप्रभुले निश्चय पनि हामीलाई छुटकारा दिनुहुनेछ । यो सहर अश्शूरका राजाको हातमा दिइनेछैन' ।
Nemojte da vas nagovori Jezekija da se pouzdate u Gospoda, govoreæi: Gospod æe nas izbaviti, ovaj se grad neæe dati u ruke caru Asirskom.
16 हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्नुहुन्छ, 'मसँग मिलाप गर र मकहाँ बाहिर आओ । तब तिमीहरूमध्ये हरेकले आ-आफ्नै दाख र अञ्जिरको रूखबाट खानेछ र आफ्नै इनारबाट पानी पिउनेछ ।
Ne slušajte Jezekije; jer ovako kaže car Asirski: uèinite mir sa mnom i hodite k meni, pa jedite svaki sa svoga èokota i svaki sa svoje smokve, i pijte svaki iz svojega studenca,
17 तिमीहरूको जस्तै देशमा, अन्न र नयाँ दाखमद्यको देशमा, रोटी र दाखबारीको देशमा म आएर मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसै गर्नेछौ ।'
Dokle ne doðem i odnesem vas u zemlju kao što je vaša, u zemlju obilnu žitom i vinom, u zemlju obilnu hljebom i vinogradima.
18 हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?
Nemojte da vas vara Jezekija govoreæi: Gospod æe nas izbaviti. Je li koji izmeðu bogova drugih naroda izbavio svoju zemlju iz ruke cara Asirskoga?
19 हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले समरियालाई मेरो शक्तिबाट छुटकारा दिएका छन् र?
Gdje su bogovi Ematski i Arfadski? gdje su bogovi Sefarvimski? jesu li izbavili Samariju iz mojih ruku?
20 यी देशहरूका सबै देवताहरूमध्ये कुनै देवताले आफ्नो देशलाई मेरो शक्तिबाट छुटकारा दिएका छन् । के परमप्रभुले यरूशलेमलाई मेरो शक्तिबाट बचाउनुभयो भनेजस्तै कुरा गर्छौ?”
Koji su izmeðu svijeh bogova ovijeh zemalja izbavili zemlju svoju iz moje ruke? a Gospod æe izbaviti Jerusalim iz moje ruke?
21 तर मानिसहरू चुपचाप बसे र कुनै जवाफ दिएनन्, किनकि “त्यसलाई जवाफ नदिनू” भन्ने राजाको हुकुम थियो ।
Ali oni muèahu, i ne odgovoriše mu ni rijeèi, jer car bješe zapovjedio i rekao: ne odgovarajte mu.
22 तब राजदरवारका निरीक्षक हिल्कियाहका छोरा एल्याकीम, शास्त्री शेब्ना र लेखक आसापका छोरा योआले आफ्ना लुगा च्यातेर हिजकियाकहाँ आए र प्रमुख कमाण्डरका कुरा तिनलाई सुनाए ।
Tada Elijakim sin Helkijin, koji bijaše nad dvorom, i Somna pisar i Joah sin Asafov, pametar, doðoše k Jezekiji razdrvši haljine, i kazaše mu rijeèi Ravsakove.