< यशैया 36 >

1 हिजकिया राजाको चौधौं वर्षमा अश्शूरका राजा सनहेरीबले यहूदाका किल्लाबन्दी गरिएका सबै सहरहरूमा आक्रमण गरे र ति कब्जा गरे ।
Stalo se pak čtrnáctého léta kralování Ezechiášova, přitáhl Senacherib král Assyrský proti všechněm městům Judským hrazeným, a zdobýval jich.
2 तब अश्शूरका राजाले प्रमुख कमाण्‍डरलाई लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ ठुलो फौजसहित पठाए । तिनी धोबीहरूको खेततिर जाने मुल बाटोमा माथिल्‍लो तलाउको नहर छेउमा खडा भए ।
I poslal král Assyrský Rabsaka z Lachis do Jeruzaléma k králi Ezechiášovi s vojskem velikým. Kterýž se postavil u struhy rybníka hořejšího, při silnici pole valchářova.
3 तिनीहरूसँग कुरा गर्न जाने इस्राएली अधिकारीहरूमा दरबारका प्रशासक हिल्कियाहका छोरा एल्याकीम, राजाका सचिव शेब्‍ना र सरकारको निर्णय लेख्‍ने आसापका छोरा योआ थिए ।
Tedy vyšel k němu Eliakim syn Helkiášův, kterýž byl správce domu, a Sobna písař, a Joach syn Azafův, kancléř.
4 प्रमुख कमाण्‍डरले तिनीहरूलाई भने, “हिजकियालाई भन कि अश्शूरका राजा महाराजाले भन्छन्, 'तिम्रो भरोसाको स्रोत के हो?
I mluvil k nim Rabsaces: Povězte medle Ezechiášovi: Toto praví král veliký, král Assyrský: Jakéž jest to doufání, na kterémž se zakládáš?
5 युद्धको निम्ति सल्लाह र सामर्थ्य छ भनी तिमीले व्यार्थका शब्दहरू मात्र बोल्छौ । अहिले तिमीले कसलाई भरोसा गरिरहेका छौ? मेरो विरुद्धमा विद्रोह गर्न तिमीलाई कसले आँट दिएको छ?
Řekl jsem: Jistě žeť jest věc daremní; radyť jest a síly k válce potřebí. A protož v koho doufáš, že mi se protivíš?
6 हेर, तिमीले मिश्रदेशमा भर पर्दैछौ, जुन फुटेको नर्कट हो, जसलाई तिमीले यसलाई हिंड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ, तर एक जना मानिस यसमा ढल्किन्छ भने, त्यसको हातमा त्‍यसले घोच्‍नेछ र त्‍यसलाई छेड्नेछ । मिश्रदेशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ ।
Aj, spolehl jsi na hůl třtiny té nalomené, na Egypt, na niž zpodepřel-li by se kdo, pronikne ruku jeho, a probodne ji. Takovýť jest Farao král Egyptský všechněm, kteříž v něm doufají.
7 तर, “परमप्रभु हाम्रा परमेश्‍वरमा हामी भरोसा गरिरहेका छौं” बनेर तिमी मलाई भन्छौ भने, के त्‍यो उही होइन जसका उच्‍च स्थानहरू र वेदीहरूलाई हिजकियाले हटाएका छन्, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, “तिमीहरूले यरूशलेमको यस वेदीको सामु आराधना गर्नुपर्छ”?
Pakli mi díš: V Hospodinu Bohu svém doufáme: zdaliž on není ten, jehož pobořil Ezechiáš výsosti i oltáře, a přikázal Judovi a Jeruzalému, řka: Před tímto oltářem klaněti se budete?
8 यसकारण, अब मेरो मालिक अश्शूरका महाराजाको तर्फबाट म तिमीलाई असल कुरा दिन चाहन्छु । तिमीले घोडचडीहरू भेट्टउन सक्‍छौ भने, म तिमीलाई दुई हजार घोडाहरू दिनेछु ।
Ale nu, potkej se medle se pánem mým králem Assyrským. Přidámť ještě dva tisíce koní, můžeš-li jen míti, kdo by na nich jeli.
9 मेरो मालिकका सेवकहरूमध्‍ये सबाभन्दा सानो एक जना कप्‍तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ र? तिमीले रथहरू र घोडचढीहरूका निम्ति मिश्रदेशमा भरोसा गरेका छौ ।
Jakž tedy odoláš jednomu knížeti z nejmenších služebníků pána mého, ačkoli máš doufání v Egyptu pro vozy a jezdce?
10 अब के मैले यहाँ यस देशको विरुद्ध युद्ध गर्न र यसलाई विनाश पार्न परमप्रभुविना नै आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, “यो देशलाई आक्रमण गर् र त्‍यसलाई नाश गर् ।”
Přesto, zdali jsem bez Hospodina přitáhl do země této, abych ji zkazil? Hospodin řekl mi: Táhni na tu zemi, a zkaz ji.
11 तब हिल्कियाहका छोरा एल्याकीम, शेब्‍ना र योआले प्रमुख कमाण्‍डरलाई भने, “कृपया, तपाईंका सेवकहरूसँग आरमेइक भाषा बोल्नुहोस्, किनकि हामी यो बुझ्‍छौं । पर्खालमा भएका यी मानिसहरूले सुन्‍ने गरी यहूदाको भाषामा नबोल्नुहोस् ।”
I řekl Eliakim a Sobna a Joach Rabsakovi: Mluv medle k služebníkům svým Syrsky, však rozumíme, a nemluv k nám Židovsky před lidem tímto, kterýž jest na zdech.
12 तर प्रमुख कमाण्‍डरले भने, “के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्‍न मेरा मालिकले मलाई पठाउनुभएको हो र? के पर्खालमाथि बस्‍ने मानिसहरूलाई पनि यो कुरा भन्‍न उहाँले मलाई पठाउनुभएको होइन र, जसले तिमीहरूसँगै आफ्‍नो दिसा खानुपर्छ र आफ्‍नो पिसाब पिउनुपर्छ?”
I odpověděl Rabsaces: Zdaliž ku pánu tvému a k tobě poslal mne pán můj, abych mluvil slova tato? Však k mužům těm, kteříž jsou na zdech, aby lejna svá jedli, a moč svůj spolu s vámi pili.
13 तब प्रमुख कमाण्‍डर खडा भए र ठुलो सोरमा यहूदी भाषामा नै यसो भने, “महान् राजा, अश्शूरका महाराजाका कुरा सुन ।
A tak stoje Rabsaces, volal hlasem velikým Židovsky, a řekl: Slyšte slova krále velikého, krále Assyrského:
14 महाराजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई छल नगरोस्, किनकि त्यसले तिमीहरूलाई छुटकारा दिन सक्‍नेछैन ।
Toto praví král: Nechť vás nesvodí Ezechiáš, neboť nebude moci vyprostiti vás.
15 तिमीहरूलाई यसो भन्‍दै परमप्रभुमा भरोसा गर्ने बनाउन हिजकियालाई नदेओ, 'परमप्रभुले निश्‍चय पनि हामीलाई छुटकारा दिनुहुनेछ । यो सहर अश्शूरका राजाको हातमा दिइनेछैन' ।
A nechť vám nevelí Ezechiáš doufati v Hospodina, řka: Zajisté vysvobodí nás Hospodin, a nebudeť dáno město toto v ruku krále Assyrského.
16 हिजकियाको कुरा नसुन, किनकि अश्शूरका राजा यसो भन्‍नुहुन्छ, 'मसँग मिलाप गर र मकहाँ बाहिर आओ । तब तिमीहरूमध्‍ये हरेकले आ-आफ्नै दाख र अञ्जिरको रूखबाट खानेछ र आफ्नै इनारबाट पानी पिउनेछ ।
Neposlouchejte Ezechiáše. Nebo takto praví král Assyrský: Učiňte mi to k líbosti, a vyjděte ke mně, i bude moci jísti jeden každý z vinice své, a jeden každý z fíku svého, a píti jeden každý vodu z čisterny své,
17 तिमीहरूको जस्तै देशमा, अन्‍न र नयाँ दाखमद्यको देशमा, रोटी र दाखबारीको देशमा म आएर मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसै गर्नेछौ ।'
Dokudž nepřijdu, a nepoberu vás do země podobné zemi vaší, do země úrodné, země chleba a vinic.
18 हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?
Nechť vás nesvodí Ezechiáš, řka: Hospodin vysvobodí nás. Zdaliž mohli vysvoboditi bohové národů jeden každý zemi svou z ruky krále Assyrského?
19 हमात र अर्पादका देवताहरू कहाँ छन्? सपर्बेमका देवताहरू कहाँ छन्? के तिनीहरूले समरियालाई मेरो शक्तिबाट छुटकारा दिएका छन् र?
Kde jsou bohové Emat a Arfad? Kde jsou bohové Sefarvaim? Zdaliž jsou vysvobodili i Samaří z ruky mé?
20 यी देशहरूका सबै देवताहरूमध्‍ये कुनै देवताले आफ्नो देशलाई मेरो शक्तिबाट छुटकारा दिएका छन् । के परमप्रभुले यरूशलेमलाई मेरो शक्तिबाट बचाउनुभयो भनेजस्तै कुरा गर्छौ?”
Kteří jsou mezi všemi bohy těch zemí, ješto by vysvobodili zemi svou z ruky mé? Aby pak Hospodin měl vysvoboditi Jeruzalém z ruky mé?
21 तर मानिसहरू चुपचाप बसे र कुनै जवाफ दिएनन्, किनकि “त्‍यसलाई जवाफ नदिनू” भन्‍ने राजाको हुकुम थियो ।
Oni pak mlčeli, a neodpověděli jemu slova. Nebo takové bylo rozkázaní královo, řkoucí: Neodpovídejte jemu.
22 तब राजदरवारका निरीक्षक हिल्कियाहका छोरा एल्याकीम, शास्‍त्री शेब्‍ना र लेखक आसापका छोरा योआले आफ्‍ना लुगा च्यातेर हिजकियाकहाँ आए र प्रमुख कमाण्‍डरका कुरा तिनलाई सुनाए ।
I přišel Eliakim syn Helkiášův, kterýž byl správcím domu, a Sobna písař, a Joach syn Azafův, kancléř, k Ezechiášovi, majíce roucha roztržená, a oznámili jemu slova Rabsakova.

< यशैया 36 >