< यशैया 34 >
1 ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्यसलाई भर्ने सबैले, संसार र त्यसबाट आएका सबै थोकले सुन्नुपर्छ ।
Приступите, народи, да чујете; пазите, народи; нека чује земља и шта је у њој, васиљена и шта се год рађа у њој.
2 किनकि परमप्रभु सबै जातिसँग सबै जातिहरूसँग रिसाउनुभएको छ र तिनीहरूका सबै फौज विरुद्ध क्रोधित हुनुहुन्छ । उहाँले तिनीहरूलाई पुर्ण रूपमा विनाश पार्नुभएको छ, उहाँले तिनीहरूलाई संहारको निम्ति सम्पनुभएको छ ।
Јер се Господ разгневио на све народе, и разљутио се на сву војску њихову, затрће их, предаће их на покољ.
3 तिनीहरूका मृतकहरूका लाशहरू बाहिर फालिनेछन् । लाशहरूको दुर्गन्ध जताततै हुनेछ । अनि पर्वतहरूले तिनीहरूका रगत सोस्नेछ ।
И побијени њихови бациће се, и од мртваца њихових дизаће се смрад и горе ће се расплинути од крви њихове.
4 आकाशका सबै ताराहरू विलीन हुनेछन् र आकाशचाहिं एउटा चर्मपत्रको मुट्ठाझैं बेह्रिनेछ । अनि दाखको पात झरेर ओइलाएझैं र अञ्जिरका गलेका अञ्जिर खसेझैं तिनीहरूका सबै ताराहरू विलीन हुनेछन् ।
И сва ће се војска небеска растопити, и савиће се небеса као књига, и сва војска њихова попадаће као што пада лист с винове лозе и као што пада са смокве.
5 किनकि जब मेरो तरवारले स्वर्गमा अघाउञ्जेल पिउनेछ । हेर, मैले विनाशको निम्ति अलग गरिरहेका मानिसहरू एदोममाथि त्यो आउनेछ ।
Јер је опојен на небу мач мој, ево, сићи ће на суд на Едомце и на народ који сам проклео да се затре.
6 परमप्रभुको तरवारबाट रगत चुहिरहेको छ र बोसोले ढाकेको छ, थुमाहरू र बोकाहरूका रगत चुहिरहेको छ, भेडाहरूका मृगौलाको बोसोले ढाकिएको छ । किनकि बोज्रामा परमप्रभुको बलिदान छ र एदोममा ठुलो संहार छ ।
Мач је Господњи пун крви и тован од претилине, од крви јагњеће и јарчије, од претилине бубрега овнујских; јер Господ има жртву у Восору и велико клање у земљи едомској.
7 तिनीहरूसँगै जङ्गली साँढेहरू, अनि वृद्ध साँढेहरूसँगै जवानहरू ढल्नेछन् । तिनीहरूका देश रगतले मात्नेछ र तिनीहरूका माटो बोसोले मोटाउनेछ ।
И једнорози ће сићи с њима и јунци с биковима; земља ће се њихова опити од крви и прах ће њихов утити од претилине.
8 किनकि परमप्रभुको निम्ति यो बदलाको दिन हुनेछ र उहाँले सियोनको निम्ति तिनीहरूसँग साटो फेर्ने एउटा वर्ष हुनेछ ।
Јер ће бити дан освете Господње, година плаћања, да би се осветио Сион.
9 एदोमका नदीहरू अकत्रामा, त्यसको माटो गन्धकमा परिणत हुनेछ र त्यसको देश जलिरहने अलकत्रा हुनेछ ।
И потоци ће се њени претворити у смолу, и прах њен у сумпор, и земља ће њихова постати смола разгорела.
10 त्यो रातदिन जल्नेछ । त्यसको धुवाँ सदासर्वदा माथि उठिरहनेछ । पुस्तादेखि पुस्तासम्म यो उजाड भूमी हुनेछ । सदासर्वदा यसबाट कोही पनि हिंड्नेछैन ।
Неће се гасити ни ноћу ни дању, довека ће се дизати дим њен, од колена до колена остаће пуста, нико неће прелазити преко ње довека.
11 तर जङ्गली चराहरू र जनावरहरू त्यहाँ बस्नेछन् । लाटोकोसेरो र कागले त्यसमा आफ्ना गुँड बनाउनेछन् । उहाँलले त्यसमाथि नाशको नाप्ने डोरी र विनाशको सहुल लगाउनुहुनेछ ।
Него ће је наследити гем и ћук, сова и гавран населиће се у њој, и Господ ће растегнути преко ње уже погибли и мерила пустоши.
12 राज्य भन्नलाई त्यसका भारदारसँग कुनै कुरा रहनछैन, र त्यसका सबै शासकहरू छन् भन्ने नै हुनेछन् ।
Племиће њене зваће да царују, али неће бити ниједног, и сви ће кнезови њени отићи у ништа.
13 त्यसको दरबारमा काँढाहरू, अनि त्यसको किल्लाहरूमा सिस्नो र सिउँडीहरू उम्रिनेछन् । त्यो स्यालको बास र सुतुर्मुर्गको ठाउँ हुनेछ ।
И трње ће изникнути у дворима њиховим, коприва и чкаљ у градовима њиховим, и биће стан змајевима и насеље совама.
14 त्यहाँ जङ्गली जनावरहरू र हुँडारहरू भेट्नेछन् अनि घोरलहरू एकआपसमा कराउनेछन् । रातका जनावरहरू त्यहाँ बस्नेछन् र तिनीहरूको निम्ति विश्रामको ठाउँ हुनेछ ।
И сретаће се дивље звери с буљинама, авети ће се довикивати, онде ће се населити вештице и наћи почивалиште.
15 लाटोकोसेराहरूले गुँड बनाउनेछन्, अण्डा पार्नेछन् कोरल्नेछन् र तिनीहरूका बचेराहरूको संरक्षण गर्नेछन् । हो, त्यहाँ आ-आफ्ना जोडीसँग बाजहरू भेला हुनेछन् ।
Онде ће се гнездити ћук и носити јаја и лећи птиће и сабирати их под сен свој; онде ће се састајати и јастребови један с другим.
16 परमप्रभुको चर्मपत्रको मुट्ठोभरि खोज । यिमध्ये एउटै पनि हराउनेछैन । कसैलाई पनि जोडीको कमी हुनेछैन । किनकि उहाँको मुखले यस्तो आज्ञा दिनुभएको छ र उहाँको आत्माले तिनीहरूलाई भेला गर्नुभएको छ ।
Тражите у књизи Господњој и читајте, ништа од овог неће изостати и ниједно неће бити без другог; јер шта кажем, Он је заповедио, и Дух ће их Његов сабрати.
17 उहाँले नै तिनीहरूका ठाउँहरूका निम्ति चिट्ठा हाल्नुभएको छ र उहाँकै हातले तिनीहरूको निम्ति डोरीले नाप लिनुभएको छ । तिनीहरूले सदासर्वदा त्यसको अधिकार गर्नेछन् । पुस्तादेखि पुस्तासम्म तिनीहरू त्यहाँ बस्नेछन् ।
Јер им Он баци жреб, и рука Његова раздели им земљу ужем, и њихова ће бити довека, од колена до колена наставаће у њој.