< यशैया 33 >
1 विनाश नभएको विनाश पार्ने तँलाई धिक्कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।
Woe to thee, thou spoiler, who hast not been spoiled! Thou plunderer, who hast not been plundered! When thou hast ceased to spoil, thou shalt be spoiled; When thou hast finished plundering, they shall plunder thee.
2 हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस् । हामी तपाईंको आशा गर्छौं । हरेक बिहान हाम्रो बहुली हुनुहोस्, कष्टको समयमा हाम्रो उद्धार हुनुहोस् ।
O Jehovah, have mercy upon us! in thee do we trust; Be thou our strength every morning, Our salvation in the time of trouble.
3 ठुलो आवाजमा मानिसहरू भाग्छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्छन् ।
At the voice of thy thunder the people flee; When thou dost arise, the nations are scattered.
4 तपाईंको लूट सलहरूले जस्तै बटुलिन्छ । सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन् ।
Your spoil shall be gathered, as the locust gathereth; As the locust runneth, so shall they run upon it.
5 परमप्रभु उच्च पारिनुभएको छ । उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ । उहाँले सियोनलाई न्याय र धार्मिकता भर्नुहुनेछ ।
Jehovah is exalted; Yea, he dwelleth on high; He filleth Zion with justice and righteousness.
6 तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ । परमप्रभुको भय नै त्यसको भण्डार हो ।
There shall be security in thy times; Wisdom and knowledge shall be thy store of prosperity, And the fear of Jehovah, this shall be thy treasure!
7 हेर, तिनीहरूका दूतहरू सडकहरूमा कराउँछन् । शान्तिको आशा गर्ने कुटनितिज्ञहरू धुरुधुरु रुन्छन् ।
Behold, the mighty men cry without: The ambassadors of peace weep bitterly.
8 मुल बाटोहरू उजाड पारिएका छन् । त्यहाँ कुनै यात्रीहरू छैनन् । करारहरू तोडिएका छन्, गवाहीहरूको अवहेलना भएको छ र मानव जातिलाई आदर गरिंदैन ।
The highways are desolate; The traveller ceaseth; He breaketh the covenant; he despiseth the cities; Of men he maketh no account.
9 देशले विलाप गर्छ र ओइलाउँछ । लेबनान लज्जित हुन्छ र ओइलाउँछ । शारोन मरुभूमिको मैदानजस्तै हो । बाशान र कार्मेलले आफ्ना पातहरू हल्लाउँछन् ।
The land mourneth and languisheth; Lebanon is put to shame, and withered away; Sharon is like a desert, And Bashan and Carmel are stripped of their leaves.
10 परमप्रभु भन्नुहुन्छ, “अब म उठ्नेछु, अब म उच्च पारिनेछु; म अब उचालिनेछु ।
Now will I arise, saith Jehovah, Now will I exalt myself, Now will I lift myself up.
11 तिमीहरूले भुस गर्भधारण गर्यौ र तिमीहरूले परालका ठुटाहरू जन्मायौ । तिमीहरूका सास तिमीहरूलाई भष्म पार्ने आगो हो ।
Ye shall conceive chaff, and bring forth stubble; Your own wrath is the fire which shall devour you.
12 काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।
The nations shall be burnt into lime; Like thorns cut down, they shall be consumed with fire.
13 तिमीहरू टाढा हुनेहरू, मैले के गरेको छु सो सुन । अनि तिमीहरू नजिक हुनेहरू, मेरो शक्तिलाई स्वीकार गर ।
Hear, ye that are far off, what I have done; Mark, ye that are near, my power!
14 सियोनका पापीहरू भयभित भएका छन् । ईश्वरहीनहरू थरथराउने डरले समातेको छ । हामीमध्ये कोचाहिं बलिरहेको आगोसँग खेल्न सक्छ र? हामीमध्ये कोचाहिं अनन्त जलिरहने आगोसँग खेल्न सक्छ र?
The sinners in Zion are struck with dread; Terror hath seized upon the unrighteous: “Who among us can dwell in devouring fire? Who among us can dwell in everlasting flames?”
15 त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ । जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्तपातको बारे सुन्नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्टता हेर्नदेखि आफ्ना आँखाहरू बन्द गर्छ—
He that walketh in righteousness, And speaketh that which is right, That despiseth the gain of oppression, And shaketh his hands from bribery, That stoppeth his ears, so as not to hear of blood, And shutteth his eyes, so as not to behold iniquity.
16 यो त्यो मानिस हो जो उच्च स्थानहरूमा वास गर्नेछ, त्यसको सुरक्षाको स्थान भिरहरू माझको किल्लाहरूमा हुनेछ, त्यसको खाना दिइनेछ र त्यसको पानीको आपुर्ती निरन्तर हुनेछ ।
He shall dwell on high; The strongholds of rocks shall be his defence; His bread shall be given him; His water shall not fail.
17 तेरा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्नेछ । तिनीहरू देशलाई टाढाको दुरीमा देख्नेछन् ।
Thine eyes shall see the king in his glory They shall survey a wide-extended land.
18 तिमीहरूका मनले त्रासलाई याद गर्नेछ । शास्त्री कहाँ छ, पैसा तौलने कहाँ छ? धरहराहरूको गन्ती गर्ने कहाँ छ?
Thy heart shall meditate on the past terror: “Where now is the scribe? Where the weigher of tribute? Where he that numbered the towers?”
19 तिमीहरूले फेरि हठी मानिसहरू, तिमीहरूले नबुझ्ने भाषा बोल्ने अनौठो मानिसहरूलाई कदापि देख्नेछैनौ ।
Thou shalt see no more a fierce people, A people of a dark language, which thou couldst not hear, And of a barbarous tongue, which thou couldst not understand;
20 सियोन, हाम्रो भोजको सहरलाई हेर । तिमीहरूका आँखाहरूले यरूशलेमलाई शान्त बासस्थानको रूपमा, नहटाइने पालको रूपमा देख्नेछौ, जसको किलाहरूलाई कदापि उखेलिनेछैन न यसको कुनै डोरीलाई चुडाइन्छ ।
Thou shalt see Zion, the city of our solemn feasts; Thine eyes shall behold Jerusalem, as a quiet habitation. A tent that shall never be moved, Whose stakes shall never be taken away, And whose cords shall never be broken.
21 बरु, परमप्रभु आफ्नो वैभवमा फराकिलो नदीहरू र खोलाहरूको ठाउँमा हामीसँग हुनुहुनेछ । पतवारले चलाइने कुनै पनि युद्धका पानी जहाजहरूले यात्रा गर्नेछैनन् र कुनै पनि ठुला पानी जहाजहरू जानेछैनन् ।
For there the glorious Jehovah will be to us Instead of rivers and broad streams, Which no oared galley shall pass, And no gallant ship go through.
22 किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ । उहाँले हामीलाई बचाउनुहुने छ ।
For Jehovah is our judge; Jehovah is our lawgiver; Jehovah is our king; it is he that will save us.
23 तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन् । तिनीहरूले मस्तुललाई पक्रन सक्दैनन् । तिनीहरू पाल टाँग्न सक्दैनन् । जब ठुलो लूट बाँडिन्छ, लङ्गडोले पनि लूटको माल घिसारेर लानेछ ।
Thy ropes hang loose; They cannot hold the mast-socket, Nor can they spread the sail. Then shall a great spoil be divided; Even the lame shall take the prey.
24 बासिन्दाहरूले “म बरामी छु” भन्ने छैनन् । त्यहाँ बस्ने मानिसहरूलाई तिनीहरूको पाप क्षमा गरिनेछ ।
No inhabitant shall say, I am sick; The people that dwell therein shall be forgiven their iniquity.