< यशैया 31 >

1 सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।
Ole wao washukao Misri kuomba msaada na kutegemea farasi, kuweka imani katika magari (maana wako wengi) na ( maana faras haziesabiki). Lakini hawausiani na Mtakatifu wa Israeli, wala hawamtafuti Yahwe!
2 तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।
Lakini ni mwenye busara, na ataleta maafa na atakanusha maneno yake. Na atakuja juu ya nyumba zitendazo maovu, na dhidi ya wale wanaowasaidia kuteda dhambi.
3 मिश्रदेश मानिस हो र परमेश्‍वर होइन, तिनीहरूका घोडाहरू शरीर हुन् आत्मा होइनन् । जब परमप्रभुले आफ्‍नो हात पसार्नुहुन्छ, सहायता गर्नेले ठेस खानेछ र सहायता पाउनेचाहिं ढल्‍नेछ । दुवै एकसाथ नाश हुनेछन् ।
Misri ni mtu na sio Mungu, ni farasi wa mwili na sio wa roho. Yahwe atakapota nje kwa mkono wake, wote waliowasaidia watakuwa na mashaka, na yeyote atakayesidia atanguka; wote kwa pamoja watatoweka.
4 परमप्रभुले मलाई यसो भन्‍नुहुन्छ, “गोठालाहरूका समूह आफ्‍नो विरुद्धमा आउँदा पनि जसरी सिंह अर्थात् जवान सिंह आफ्‍नो शिकारमाथि गर्जेर झम्‍टन्‍छ तर तिनीहरूका सोर सुनेर डराउँदैन, न तिनीहरूका सोर सुनेर भाग्‍छ, त्‍यसरी नै सर्वशक्तिमान् परमप्रभु सियोन पर्वतमा अर्थात् त्यो पहाडमा लडाइँ गर्न ओर्लनुहुनेछ ।
Hivi ndivyo Yahwe alivyosema na mimi, '' kama simba, na hata mtoto wa simba, hunguruma juu ya mawindo yake, pale makundi ya wachungaji yanapoita dhidi yake, lakini hatatemeka kwa sauti zao, wala hatakwenda kwa sababu ya kelele zao, hivyo Yahwe wa majeshi atashuka kupigana kwenye mlima Sayuni, katika kilima hicho.
5 गुँडको रक्षा गर्ने चराले झैं परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ । उहाँ यसबाट भएर जानुहुँदा यसको सुरक्षा गर्नुहुनेछ र छुटकारा दिनुहुनेछ र यसको संरक्षण गर्नुहुनेछ ।
Kama ndege apaavyo, hivyo Yahwe wa majeshi atailinda Yerusalemu; atailinda na kuiokoa kama apitavyo juu na kuilinda.
6 ए इस्राएलका मानिस हो, तिमीहरू जसबाट तर्किएका थियौ, उहाँतिर नै फर्क ।
Mrudieni yeye kutoka huyo mliyemgeukia, watu wa Israeli.
7 किनकि त्यो दिनमा तिमीहरूका आफ्नै हातले पापपुर्ण किसिमले बनाएका चाँदीका मूर्तीहरू र सुनका मूर्तीहरूबाट प्रत्‍येक व्‍यक्‍ति मुक्‍त हुनेछ ।
Maana katika siku hiyo kila mmoja ataondoa miungu ya fedha na miungu ya dhahabu iliyotegenezwa kwa mikono yenu yenye dhambi.
8 अश्शूर तरवारले ढल्‍नेछ । मानिसले नचालाएको तरवारद्वारा त्यो नाश हुनेछ । त्यो तरवारबाट भाग्‍नेछ र त्यसका जवान मानिसहरूलाई सित्तैंका काम गर्न लगाइनेछ ।
Asiria atangamizwa kwa upanga; na upanga usioshikiwa na mtu utumaliza yeye. Ataukimbia upanga, na vijana wake wadogo watafanyishwa kazi ngumu.
9 त्रासको कारणले तिनीहरूले सबै दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्यसका शासकहरू डराउनेछन्— यो परमप्रभुको घोषणा हो— जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।”
Na watashindwa kujiani kwa sababu ya hofu, na mkuu wao ataogopa mbele ya bendera ya jeshi la Yahwe.''- Hili ni tamko la Yahwe, ambao moto uko Sayuni na ambayo sufuria ya moto iko Yerusalemu.

< यशैया 31 >