< यशैया 31 >
1 सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।
Jaj azoknak, kik lemennek Egyiptomba segítségért, lovakra támaszkodnak; bíznak szekérhadban, mert sok és lovasokban, mert nagyon számosak, de Izrael szentjére nem tekintettek és az Örökkévalót nem keresték.
2 तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्नो वचनबाट उहाँ पछि हट्नुहुनेछैन । उहाँ दुष्ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।
De ő is bölcs és veszedelmet hoz és szavát nem másította meg, hogy támadjon a gonosztevők háza ellen és a jogtalanság cselekvőinek segítsége ellen.
3 मिश्रदेश मानिस हो र परमेश्वर होइन, तिनीहरूका घोडाहरू शरीर हुन् आत्मा होइनन् । जब परमप्रभुले आफ्नो हात पसार्नुहुन्छ, सहायता गर्नेले ठेस खानेछ र सहायता पाउनेचाहिं ढल्नेछ । दुवै एकसाथ नाश हुनेछन् ।
Egyiptom pedig ember és nem Isten és lovaik hús és nem szellem; és az Örökkévaló kinyújtja kezét, megbotlik a segítő és elesik a segített és együttesen mindnyájan elenyésznek.
4 परमप्रभुले मलाई यसो भन्नुहुन्छ, “गोठालाहरूका समूह आफ्नो विरुद्धमा आउँदा पनि जसरी सिंह अर्थात् जवान सिंह आफ्नो शिकारमाथि गर्जेर झम्टन्छ तर तिनीहरूका सोर सुनेर डराउँदैन, न तिनीहरूका सोर सुनेर भाग्छ, त्यसरी नै सर्वशक्तिमान् परमप्रभु सियोन पर्वतमा अर्थात् त्यो पहाडमा लडाइँ गर्न ओर्लनुहुनेछ ।
Mert így szólt hozzám az Örökkévaló: Valamint ordít az oroszlán és az oroszlán kölyke zsákmánya felett, hogyha összehivatik ellene a pásztorok sokasága, hangjuktól nem retten meg és tömegük előtt nem alázkodik meg: úgy száll le az Örökkévaló a seregek ura, hogy hadakozzék Czión hegyén és dombján.
5 गुँडको रक्षा गर्ने चराले झैं परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ । उहाँ यसबाट भएर जानुहुँदा यसको सुरक्षा गर्नुहुनेछ र छुटकारा दिनुहुनेछ र यसको संरक्षण गर्नुहुनेछ ।
Mint repülő madarak úgy fogja védeni az Örökkévaló a seregek ura Jeruzsálemet, védve és megmentve, kímélve és megszabadítva.
6 ए इस्राएलका मानिस हो, तिमीहरू जसबाट तर्किएका थियौ, उहाँतिर नै फर्क ।
Térjetek vissza ahhoz, akitől oly mélyen elpártoltak Izrael fiai.
7 किनकि त्यो दिनमा तिमीहरूका आफ्नै हातले पापपुर्ण किसिमले बनाएका चाँदीका मूर्तीहरू र सुनका मूर्तीहरूबाट प्रत्येक व्यक्ति मुक्त हुनेछ ।
Mert ama napon megvetik kiki ezüst bálványait és arany bálványait, amelyeket kezeitek készítettek nektek vétekül.
8 अश्शूर तरवारले ढल्नेछ । मानिसले नचालाएको तरवारद्वारा त्यो नाश हुनेछ । त्यो तरवारबाट भाग्नेछ र त्यसका जवान मानिसहरूलाई सित्तैंका काम गर्न लगाइनेछ ।
És elesik Assúr nem-férfi kardja által és nem-ember kardja emészti meg, megfutamodik a kard elől és ifjai robotra kerülnek.
9 त्रासको कारणले तिनीहरूले सबै दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्यसका शासकहरू डराउनेछन्— यो परमप्रभुको घोषणा हो— जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।”
És kőszirtje félelemtől eltűnik s megrettennek a zászlótól nagyjai, úgymond az Örökkévaló, kinek tüze van Cziónban és kemencéje van Jeruzsálemben.