< यशैया 30 >
1 यो परमप्रभुको घोषणा हो, “धिक्कार विद्रोही छोराछोरीलाई! तिनीहरू योजना बनाउँछन्, तर मबाट योजना होइन । तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन्, तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन्, त्यसैले तिनीहरूले पापमाथि पाप थप्छन् ।
»Gorje upornim otrokom, « govori Gospod, »ki jemljejo nasvet, toda ne od mene in ki se pokrivajo s pokrivalom, toda ne od mojega duha, da lahko grehu dodajo greh,
2 तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् ।
ki hodijo, da bi šli dol v Egipt, pa niso vprašali pri mojih ustih, da se ojačajo v faraonovi moči in da zaupajo v egiptovsko senco!
3 यसकारण फारोको सुरक्षा तिमीहरूको शर्म हुनेछ र मिश्रदेशको छायाको शरण तिमीहरूको अपमान हुनेछ,
Zato bo faraonova moč vaša sramota in zaupanje v egiptovsko senco vaša zmeda.
4 यद्यपि तिनीहरूका शासकहरू सोअनमा र तिनीहरूका दूतहरू हानेसमा आएका छन् ।
Kajti njegovi princi so bili pri Coanu in njegovi predstavniki so prišli do Hanésa.
5 आफूलाई सहायता गर्न नसक्ने मानिसहरूको कारणले तिनीहरू लज्जित हुनेछन्, जो न सहायता न मदत हुन्, तर शर्म र अपमान हुन्छन् ।”
Vsi so bili osramočeni od ljudstva, ki jim ni moglo koristiti niti jim biti v pomoč niti dobiček, temveč sramota in tudi graja.
6 नेगेवको घमण्डको बारेमा एउटा घोषणाः कष्ट र खतराको देशबाट भएर सिंहनी र सिंह, साप र उड्ने सर्प निस्कनेछन्, आफूलाई सहायता गर्न नसक्ने मानिसहरूकहाँ लैजानलाई तिनीहरूले गधाहरूलाई आफ्ना सम्पत्ति र ऊँटहरूलाई आफ्ना बहुमूल्य भण्डारहरू बोकाउँछन् ।
Breme živali juga. V deželo stiske in tesnobe, od koder je prišel mlad in star lev, gad in strupena leteča kača, bodo svoja bogastva odnesli na ramenih mladih oslov in svoje zaklade na kameljih grbah k ljudstvu, ki jim ne bo koristilo.
7 किनकि मिश्रदेशको सहायता व्यार्थ हुन्छ । यसकारण मैले त्यसलाई राहाब भने, जो चुपचाप बस्छ ।
Kajti Egipčani bodo pomagali v prazno in zaman, zato sem glede tega klical: ›Njihova moč mora prenehati.‹
8 अब जा, तिनीहरूको सामु यो एउटा पाटीमा लेख् र एउटा मुट्ठामा यो लेख्, ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस् ।
Torej pojdite, zapišite to pred njimi na tablo in zabeležite v knjigo, da bo lahko za čas, ki pride na veke vekov,
9 किनकि यी विद्रोही मानिसहरू, झुट बोल्ने छोराछोरी, परमप्रभुको शिक्षा नसुन्ने छोराछोरी हुन् ।
da je to uporno ljudstvo, lažnivi otroci, otroci, ki nočejo poslušati Gospodove postave,
10 तिनीहरूले दर्शीहरूलाई भन्छन्, “नहेर्नुहोस्,” र अगमवक्ताहरूलाई भन्छन्, “हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।
ki vidcem pravijo: ›Ne vidite‹ in prerokom: ›Ne prerokujte nam pravilnih stvari, govorite nam laskave stvari, prerokujte prevare.
11 मार्गबाट तर्की जानुहोस्, बाटोबाट हट्नुहोस् । इस्राएलका परमपवित्रलाई हाम्रो सामु नबोल्ने पार्नुहोस् ।”
Spravite se iz poti, odvrnite se iz steze, Svetemu Izraelovemu naredite, da odide izpred nas.‹«
12 यसकारण इस्राएलका परमपवित्र भन्नुहुन्छ, “तिमीहरूले यो वचन इन्कार गरेको र अत्यचार र छलमा भरोसा गरेको अनि त्यसमा अडेको छौ,
Zatorej tako govori Sveti Izraelov: »Ker prezirate to besedo in zaupate v zatiranje in perverznost in ostajate na njej,
13 त्यसैले यो पाप खस्नलाई तयार भएको टुटेको थोकजस्तै, तुरुन्तै अचानक रूपमा खस्न लागेको अग्लो पर्खालको निस्केको भागजस्तै हुनेछ ।”
zato vam bo ta krivičnost kakor vrzel, pripravljena, da pade, naraščajoča iz visokega obzidja, katerega zlom pride nenadoma, v trenutku.
14 कुमालेको भाडा फुटेझैं उहाँले त्यसलाई फुटाउनुहुनेछ । उहाँले त्यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
Zlomil ga bo kakor lomljenje lončarjeve posode, ki je zdrobljena na koščke. Ne bo prizanesel, tako da tam, v lomljenju le-tega, ne bo najti črepinje, da bi vzel ogenj iz ognjišča ali da bi s tem zajel vodo iz vrča.
15 किनकि परमप्रभु इस्राएलका परमपवित्र परमेश्वर यसो भन्नुहुन्छ, “फर्कनु र विश्राम गर्नुले तिमीहरू बचाइनेछौ । चुपचाप बस्नु र भरोसा गर्नुले तिमीहरूले बल पाउनेछौ । तर तिमीहरू तत्पर भएनौ ।
Kajti tako govori Gospod Bog, Sveti Izraelov: »›V vračanju in počivanju boste rešeni; v spokojnosti in zaupanju bo vaša moč, ‹ pa niste hoteli.
16 तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्नेछौं,' यसरी तिमीहरू भाग्नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्नेहरू झन् छिटो हुनेछन् ।
Temveč ste rekli: ›Ne, kajti bežali bomo na konjih; ‹ zatorej boste bežali. ›Jahali bomo na naglih; ‹ zato bodo tisti, ki vas preganjajo, nagli.
17 एक जनाको धम्कीले एक हजार जना भाग्नेछन् । पाँच जनाको धम्कीले तिमीहरूका बाँकी रहेकाहरू डाँडाको टाकुराको झन्डाको डन्डा वा पर्वतमाथिको झन्डाजस्तो नभएसम्म भाग्नेछौ ।
Tisoč jih bo bežalo ob graji enega; ob graji petih boste bežali, dokler ne boste ostali kakor drog na vrhu gore in kakor zastava na hribu.«
18 तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ । किनकि परमप्रभु न्यायको परमेश्वर हुनहुन्छ । उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन् ।
Zato bo Gospod čakal, da vam bo lahko milostljiv in zato bo povzdignjen, da bo lahko imel usmiljenje do vas, kajti Gospod je Bog sodbe. Blagoslovljeni so vsi tisti, ki čakajo nanj.
19 किनकि मानिसहरू सियोनमा, यरूशलेमा बस्नेछन् र तिमीहरू फेरि रुनेछैनौ । तिमीहरूको रुवाइको आवाज सुन्दा उहाँ निश्चय नै अनुग्रही हुनुहुनेछ । जब उहाँले त्यो सुन्नुहुन्छ, तब उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ ।
Kajti ljudstvo bo prebivalo na Sionu, pri Jeruzalemu. Ne boš več jokal. Zelo ti bo milostljiv ob glasu tvojega klica; ko ga bo zaslišal, ti bo odgovoril.
20 परमप्रभुलले दुःखको रोटी र कष्टको पानी दिनुभए तापनि, र त्यसो हुँदा पनि तिमीहरूका शिक्षक तिमीहरूबाट लुक्नुहुनेछैन, तर तिमीहरूले आफ्नो शिक्षकलाई आफ्नै आँखाले देख्नेछौ ।
Čeprav ti Gospod daje kruh nadloge in vodo stiske, vendar tvoji učitelji ne bodo več odstranjeni v kot, temveč bodo tvoje oči videle tvoje učitelje
21 जब तिमीहरू दाहिने फर्कन्छौ वा जब तिमीहरू देब्रे फर्कन्छौ, तब तिमीहरूका पछाडिबाट यसो भनिरहेको आवाज तिमीहरूका कानले सुन्नेछन् “बाटो यही हो, यसैमा हिंड ।”
in tvoja ušesa bodo slišala za teboj besedo, rekoč: »To je pot, po njej hodite, « ko se obrnete k desnici in ko se obrnete k levici.
22 तिमीहरूले आफ्ना खोपिएका चाँदीका र सुनले बनाइएका आकृतिहरूलाई अपवित्र तुल्याउनेछौ । तिमीहरूले महिनावारीको फोहर फालेझैं ती फाल्नेछौ । तिनलाई तिमीहरू भन्नेछौ, “यहाँबाट गइहाल ।”
Omadeževali boste tudi pokrivalo svojih rezanih podob iz srebra in ornament svojih ulitih podob iz zlata. Vrgel jih boš proč kakor menstrualno krpo; temu boš rekel: »Pojdi ven.«
23 तिमीहरूले जमिनमा बीउ छर्दा उहाँले तिमीहरूलाई वर्षा र जमिनबाट प्रशस्त रोटी दिनुहुनेछ, र अन्नहरू प्रशस्त हुनेछन् । त्यो दिनमा तिमीहरूका गाइवस्तु फराकिलो खर्कमा चर्नेछन् ।
Potem bo dal dež tvojemu semenu, da boš z njim posejal tla in kruh od donosa zemlje in to bo debelo in obilno. Na ta dan se bo tvoja živina pasla na velikih pašnikih.
24 जमिन जोत्ने गोरुहरू र गधाहरूले बेल्चा र नाङलोले निफनिएका दाना खानेछन् ।
Prav tako bodo voli in mladi osli, ki obdelujejo zemljišče, jedli čisto krmo, ki je bila prevejana z lopato in z vejálnikom.
25 धरहरा ढलेर ठुलो संहार भएको दिनमा, हरेक अग्लो पहाड र हरेक अग्लो डाँडामा, त्यहाँ बगिरहने खोलाहरू र खोल्साहरू हुनेछन् ।
Tam bodo na vsaki visoki gori in na vsakem visokem hribu reke in potoki vodá, na dan velikega pokola, ko bodo padli stolpi.
26 चन्द्रमाको ज्योति सूर्यको ज्योतिजस्तै हुनेछ र सूर्यको ज्योति सात दिनको सूर्यको ज्योतिजस्तै सात गुणा बढी चहकिलो हुनेछ । परमप्रभुले आफ्ना मानिसहरूका घाउमा पट्टि लगाउनुहुनेछ र घाइतेहरूका चोटहरू निको पार्नुहुनेछ ।
Poleg tega bo svetloba lune kakor svetloba sonca in svetloba sonca bo sedemkratna, kakor svetloba sedmih dni, na dan, ko Gospod obveže vrzel svojega ljudstva in ozdravi udarec njihove rane.
27 हेर, परमप्रभुको नाउँ टाढाबाट उहाँको रिसले जलिरहेको र गाढा धूवाँमा आउँछ । उहाँका ओठहरू क्रोधले पुर्ण छन् र उहाँको जिब्रो विनाश गर्ने आगोजस्तै छ ।
Glej, ime Gospoda prihaja od daleč, goreč z njegovo jezo in njegovo breme je težko. Njegove ustnice so polne ogorčenja in njegov jezik kakor požirajoč ogenj.
28 उहाँको सास जातिहरूलाई विनाशको नाङ्लोले निफन्न घाँटीसम्म नै आउने उर्लंदो जलाधारजस्तै छ । उहाँको सास मानिसहरूलाई भर्माउन लगाउने मानिसहरूको बङ्गरामा लगाइएको लगामजस्तो छ ।
Njegov dih bo kakor preplavljajoč vodotok segel do sredine vratu, da narode preseje s sitom ničnosti in tam bo brzda v čeljustih ljudstva, ki jim bo povzročala, da se opotekajo.
29 तिमीहरूले पवित्र चाड मनाउदा झैं रातमा पनि गीत गाउनेछौ र परमप्रभुको पर्वतमा अर्थात् इस्राएलको चट्टानकहाँ बाँसुरी बजाउँदै जाँदाको जस्तै मन खुसी हुनेछ ।
Imeli boste pesem, kakor v noči, ko se praznuje sveta slovesnost; in veselje srca, kakor ko gre nekdo s piščaljo, da pride na Gospodovo goro, k Mogočnemu Izraelovemu.
30 परमप्रभुले आफ्नो आवाजको प्रताप बनाउनुहुनेछ र उहाँको बाहुलीको चाललाई हावाहुरी, आँधीबतास र असिनासँगै रिसको आँधीमा र आगोको ज्वाला देखाउनुहुनेछ ।
Gospod bo svojemu veličastnemu glasu povzročil, da bo slišan in pokazal bo spuščanje svojega lakta, z ogorčenjem svoje jeze in s plamenom požirajočega ognja, z razprševanjem, neurjem in zrni toče.
31 किनकि परमप्रभुको आवाजमा अश्शूरलाई चूरचूर पारिनेछ । उहाँले तिनीहरूलाई लट्ठीले चुट्नुहुनेछ ।
Kajti preko Gospodovega glasu bo Asirec, ki je udaril s palico, potolčen.
32 तिनीसँग लड्दा र युद्ध गर्दा परमप्रभुले तिनीहरूलाई दिनुभएको हरेक प्रहारसँग खैंजडी र वीणाहरूको सङ्गितले साथ दिइनेछ ।
Na vsakem kraju, kjer bo prešla osnovana palica, ki jo bo Gospod položil nanj, bo to z bobniči in harfami, in v bitkah vihtenja se bo boril z njo.
33 किनकि जल्नको निम्ति ठाउँ धेरै पहिला तयार पारिएको थियो । वास्तवमा, यो राजाको निम्ति तयार पारिन्छ र परमेश्वरले यसलाई गहिरो र फराकिलो बनाउनुभएको छ । त्यो आगो र धेरै दाउरासहित तयार छ । परमप्रभुको सासले गन्धकको नदीजस्तै यसलाई आगो सल्काउनेछ ।
Kajti Tofet je odrejen od davnine; da, za kralja je pripravljen; naredil ga je globokega in velikega. Njegova grmada je ogenj in veliko lesa. Gospodov dih ga vname kakor tok žvepla.