< यशैया 3 >
1 हेर, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट, टेवा र लट्टी: अर्थात् रोटीको सारा आफुर्ती र पानीको सारा आपुर्ती,
看啊!主,萬軍的上主,將奪去耶路撒冷和猶大的支柱和依靠,【各種食糧的供應和水的供應:】
2 वीर मानिसहरू र योद्धाहरू, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्नेहरू र धर्मगुरुहरू,
勇將和戰士,判官和先知,占卜者和長老,
3 पचास जनाका कप्तानहरू र आदरणिय नागरिक, सल्लाहकारहरू, सिपालु कारीगरहरू र निपुण जादूगरहरू हटाउन लाग्नुभएको छ ।
五十夫長和顯貴,謀士、機警的術士和巧言的咒師。
4 “युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरूको बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन् ।
他將使青年人作他們的首領,使頑童管治他們;
5 हरेक मानिस एउटाले अर्कोलाई, हरेक आफ्नै छिमेकीद्वरा मानिसहरूले अत्याचार गर्नेछन् । बालकले वृद्धको अपमान गर्नेछ र तुच्छले आदरणियलाई चुनौति दिनेछ ।
百姓將互相壓搾,彼此殘害;幼童欺凌老翁,賤者虐待貴人。
6 एक जना मानिसले आफ्नै बुबाको घरमा आफ्नै दाजुलाई समातेर यसो भन्ने छ, 'तिमीसँग कोट छ । हाम्रो शासक होऊ, र यो विनाश जिम्मा तिमीले लेऊ ।'
那時,人要抓著自己家族裏的一個弟兄說:「你還有一件外衣,你可作我們的領袖,這廢墟即屬於你手下。」
7 त्यो दिनमा ऊ चिच्याउनेछ र भन्नेछ, 'म निको पार्ने हुनेछैन । मसँग रोटी वा लुगा छैन । तिमीहरूले मलाई मानिसहरूका शासक बनाउनेछैनौ' ।”
那一日,這人必要大聲回答說:「我不是個醫生,我家裏沒有糧食,也沒有外衣,不要立我作百姓的首領!」
8 किनकि यरूशलेमले ठेस खाएको छ र यहूदा ढलेको छ, किनभने तिनीहरूका बोलिवचन र कामहरू परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमाको दृष्टिको विरोध गर्छन् ।
耶路撒冷傾覆了,猶大崩潰了,因為他們的口舌和行為都與上主作對,使他光輝的眼目冒火。
9 तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्ना पाप भन्नेछन् । तिनीहरूले त्यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।
他們的厚顏已在指責他們,他們像索多瑪一樣揭示了自己的邪惡,而毫不隱瞞;這些人是有禍的,因為他們為自己招致了災禍。
10 धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्ना कामहरूका फल खानेछन् ।
你們要說:「義人是有福的,因為他們必享受自己行為的善果。
11 दुष्टलाई धिक्कार! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।
禍哉作惡的人!他必遭災禍,因為他手中的作為必回報於他!」
12 मेरा मानिसहरू—बालबालिका तिनीहरूका अत्याचारी हुन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन् । मेरा मानिसहरू, तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् र तेरा मार्ग कता जाने भन्ने कुरा नै अलमलमा पार्नेछन् ।
至於我的百姓:孩童要壓搾他們,婦女要管轄他們。我的百姓啊!領導你的,領你走錯了路,混亂了你行徑的路途。
13 दोष लगाउनलाई परमप्रभु खडा हुनुहुन्छ । मानिसहरूलाई दोष लगाउन उहाँ खडा हुनुहुन्छ ।
上主要站起來審判,立著審判他的百姓。
14 आफ्ना मानिसहरूका धर्मगुरुहरू र तिनीहरूका अगुवाहरू विरुद्ध परमप्रभु न्याय लिएर आउनुहुनेछः “तिमीहरूले दाखबारी विनाश पारेका छौ । गरीबलाई लुटेको माल तिमीहरूका घरहरूमा छन् ।
上主要開庭審訊他百姓的長老和領袖:「是你們侵吞了我的葡萄園,窩藏了由窮人那裏勒索來的物件;
15 तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्छौ?” यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
你們為什麼壓搾我的百姓,折磨窮人的臉面﹖」--吾主,萬軍上主的斷語。
16 परमप्रभु भन्नुहुन्छ, सियोनकी छोरीहरू घमण्डी छन्, तिनीहरू मुण्टो ठाडो पार्दै, चञ्चले आँखाले, हिंड्दा छोटो-छोटो पाइला सारेर, तिनीहरूका गोडामा भएका पाउजुका छिन्छिन् आवाज निकाल्दै हिंड्छन् ।
上主說:因為熙雍的女子趾高氣揚,走路挺直頸項,媚眼惑人,行路裝腔作勢,腳步鈴鈴作響,
17 यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै-घाउ पार्नुहुनेछ, र परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ ।
吾主必使熙雍女子的頭頂生長毒瘡,上主必揭露她們的恥辱。
18 त्यो दिन परमप्रभुले तिनीहरूका सुन्दर पाउजुहरू, शिरबन्दीहरू, चन्द्रहारहरू,
那一日,吾主必要剝奪她們的裝飾:踝環、圓環、月牙環、
19 कुण्डलहरू, बालाहरू, झुम्काहरू,
耳環、手鐲和面紗,
20 शिर ढाक्नेहरू, कल्लीहरू, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,
帽巾、腳鍊、領帶、香盒、符籐、
22 चाडका वस्त्रहरू, पछ्यौराहरू, घुम्टोहरू, हाते-ब्यागहरू,
禮服、斗蓬、披肩、手袋、
23 हाते-ऐनाहरू, मसिनो मलमल, शिरफुलहरू र मजेत्रोहरू हटाउनुहुनेछ ।
面罩、襯衫、頭巾和夏衣。
24 सुगन्धित अत्तरको सट्टामा दूर्गन्ध हुनेछ । अनि पटुकाको सट्टामा डोरी हुनेछ । राम्ररी कोरेको कपालको सट्टामा मुडुलो हुनेछ । अनि पोशाकको सट्टामा भाङ्ग्राको लुगा हुनेछ । र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ ।
必有腥臭代替馨香,繩索代替腰帶,禿頭代替鬟髻,苦衣代替胸衣,烙印代替美麗。
25 तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।
你的男子要倒於刀下,你的勇士要死於戰場!
26 यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्नेछ ।
熙雍的城門將慟哭哀悼,熙雍將悽涼地坐於地上。