< यशैया 29 >
1 अरीएललाई धिक्कार, ए अरीएल, सहर जहाँ दाऊदले छाउनी हाले! वर्षमाथि वर्ष थप् । चाडहरू फेरो मार्दै आऊन्!
vae Arihel Arihel civitas quam circumdedit David additus est annus ad annum sollemnitates evolutae sunt
2 तर म अरीएललाई घेरा हाल्नेछु, र त्यसले विलाप र शोक गर्नेछ । त्यो मेरो निम्ति बलिको वेदीजस्तो हुनेछ ।
et circumvallabo Arihel et erit tristis et maerens et erit mihi quasi Arihel
3 तेरो विरुद्धमा गोलाकार छाउनी म हाल्नेछु र तेरो विरुद्धमा पर्खालसहित घेरा म हाल्नेछु, र तेरो विरद्ध घेरा-मचानले म घेर्नेछु ।
et circumdabo quasi spheram in circuitu tuo et iaciam contra te aggerem et munimenta ponam in obsidionem tuam
4 तँ जमिनमा ढालिनेछस् र जमिनबाट बोल्नेछस् । तँ धूलोबाट मलिन सोरमा बोल्नेछस् । तेरो आवाज जमिनबाट बोल्ने आत्माजस्तै हुनेछ र धूलोबाट तेरो आवाजले सुस्केर हाल्नेछ ।
humiliaberis de terra loqueris et de humo audietur eloquium tuum et erit quasi pythonis de terra vox tua et de humo eloquium tuum mussitabit
5 ठुलो सङ्ख्यामा भएका तेरा आक्रमणकारीहरू मसिनो धूलोजस्ता हुनेछन् र असंख्या निर्दयीहरू उडेर जाने भुसजस्तै हुनेछन् । यो तुरुन्तै, एकै क्षणमा नै हुनेछ ।
et erit sicut pulvis tenuis multitudo ventilantium te et sicut favilla pertransiens multitudo eorum qui contra te praevaluerunt
6 सर्वशक्तिमान् परमप्रभु तँकहाँ गर्जन, भूकम्म, ठुलो आवाज, शक्तिशाली हावाहुरी र हिंस्रक आँधी र भष्म पार्ने आगोको ज्वालासहित आउनुहुनेछ ।
eritque repente confestim a Domino exercituum visitabitur in tonitru et commotione terrae et voce magna turbinis et tempestatis et flammae ignis devorantis
7 यो सपनाजस्तो अर्थात् रातको दर्शनजस्तो हुने छः सबै जातिहरूका हुलले अरीएल र त्यसको किल्ला विरुद्ध लडाइँ गर्नेछन् । त्यसमाथि दावाब पार्न तिनीहरूले त्यसलाई र त्यसका किल्लाहरूलाई आक्रमण गर्नेछन् ।
et erit sicut somnium visionis nocturnae multitudo omnium gentium quae dimicaverunt contra Arihel et omnes qui militaverunt et obsederunt et praevaluerunt adversus eam
8 यो भोकाएको मानिसले खाइरहेको सपना देखेको, तर त्यो ब्युँझदा त्यसको पेट रित्तो भएजस्तै हुनेछ । यो तिर्खाएको मानिसले पानी पिइरहेको सपना देखेको, तर त्यो ब्युँझदा आफ्नो प्यास नमेटिएर छट्पटाइरहेको जस्तै हुनेछ । हो, सियोन पर्वतको विरुद्ध लडाइँ गर्ने धेरै जातिहरूलाई त्यस्तै हुनेछ ।
et sicuti somniat esuriens et comedit cum autem fuerit expertus vacua est anima eius et sicut somniat sitiens et bibit et postquam fuerit expergefactus lassus adhuc sitit et anima eius vacua est sic erit multitudo omnium gentium quae dimicaverunt contra montem Sion
9 आफै चकित होओ र अचम्म मान । आफैलाई अन्धा बन र अन्धा होओ! मतवाला होओ, तर दाखमद्यले होइन । लरखराओ, तर मद्यले होइन ।
obstupescite et admiramini fluctuate et vacillate inebriamini et non a vino movemini et non ebrietate
10 किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्मा खन्याउनुभएको छ । उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्द गर्नुभएको छ र तिमीहरू अर्थात् दर्शीहरूलाई शिरहरू ढाक्नुभएको छ ।
quoniam miscuit vobis Dominus spiritum soporis claudet oculos vestros prophetas et principes vestros qui vident visiones operiet
11 सबै प्रकाश तिमीहरूको निम्ति मोहोर लगाइएको एउटा पुस्तकजस्तो हुनेछ, जसलाई मानिसहरूले कोही जान्ने मानिसलाई “पढिदिनुहोस्” भन्दै देलान् । उसले पनि भन्छ, “म पढ्न सक्दिनँ, किनकि यसमा मोहोर लगाइएको छ ।”
et erit vobis visio omnium sicut verba libri signati quem cum dederint scienti litteras dicent lege istum et respondebit non possum signatus est enim
12 कोही पढ्न नसक्नेलाई “यो पढिदिनुहोस्” भन्दै दिंदा, उसले भन्छ, “म पढ्न सक्दिनँ ।”
et dabitur liber nescienti litteras diceturque ei lege et respondebit nescio litteras
13 परमप्रभु भन्नुभयो, “यी मानिसहरू आफ्ना मुखले मेरो नजिक आउँछन् र आफ्ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा मात्र हुन् ।
et dixit Dominus eo quod adpropinquat populus iste ore suo et labiis suis glorificat me cor autem eius longe est a me et timuerunt me mandato hominum et doctrinis
14 यसकारण, हेर्, म यी मानिसहरूका माझमा अचम्मका कुरा, आश्चर्यमाथि आश्चर्य गर्नलाई अघि बढ्नेछु । तिनीहरूका बुद्धिमान् मानिसहरूका बुद्धि नष्ट हुनेछ र तिनीहरूका विवेकशील मानिसहरूका समझ लोप हुनेछ ।”
ideo ecce ego addam ut admirationem faciam populo huic miraculo grandi et stupendo peribit enim sapientia a sapientibus eius et intellectus prudentium eius abscondetur
15 परमप्रभुबाट आफ्ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्कार! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”
vae qui profundi estis corde ut a Domino abscondatis consilium quorum sunt in tenebris opera et dicunt quis videt nos et quis novit nos
16 तिमीहरूले कुराहरूलाई उल्टा बनाउँछौ! के कुमालेलाई माटोजस्तै ठान्ने, ताकि बनाइएको थोकले आफूलाई बनाउनेलाई यसो भनोस्, “त्यसले मलाई बनाएको होइन” वा बनाएको थोकले आफूलाई बनाउनेलाई भन्ने, “त्यसले मलाई बुझ्दैन”?
perversa est haec vestra cogitatio quasi lutum contra figulum cogitet et dicat opus factori suo non fecisti me et figmentum dicat fictori suo non intellegis
17 केही क्षणमा नै लेबनानलाई खेत बनाइनेछ र खेतचाहिं जङ्गल हुनेछ ।
nonne adhuc in modico et in brevi convertetur Libanus in Chermel et Chermel in saltum reputabitur
18 त्यो दिनमा बहिराले वचनको पुस्तक सुन्नेछ र अन्धाका आँखाले गहन अन्धकारबाट देख्नेछ ।
et audient in die illa surdi verba libri et de tenebris et caligine oculi caecorum videbunt
19 अत्यचारमा परेकाहरूले फेरि परमप्रभुमा आनन्द मनाउनेछन् र मानिसहरू माझका भएका गरीबहरूले इस्राएलको परमपवित्रमा आनन्द मनाउनेछन् ।
et addent mites in Domino laetitiam et pauperes homines in Sancto Israhel exultabunt
20 किनभने निर्दयीहरूको अन्त हुनेछ र गिल्ला गर्नेहरू लप हुनेछन् । दुष्ट गर्न रुचाउनेहरू सबै जनालाई निर्मूल पारिनेछ,
quoniam defecit qui praevalebat consummatus est inlusor et succisi sunt omnes qui vigilabant super iniquitatem
21 जसले एक वचनले मानिसलाई दोष लगाउने बनाउँछ । तिनीहरूले न्याय खोज्ने व्यक्तिलाई ढोकामा पासो थाप्छन् र झुठ बोलेर धर्मीलाई तल खसाल्छन् ।
qui peccare faciebant homines in verbo et arguentem in porta subplantabant et declinaverunt frustra a iusto
22 यसकारण, परमप्रभुले याकूबको घरानाको बारेमा, अब्राहमलाई उद्धार गर्नुहुने परमप्रभुले यसो भन्नुहुन्छ, “याकूब कुनै पनि हालतमा लज्जित हुनेछैन, न उसको मुहार नै पहेंलो हुनेछ ।
propter hoc haec dicit Dominus ad domum Iacob qui redemit Abraham non modo confundetur Iacob nec modo vultus eius erubescet
23 तर उसले आफ्ना छोराछोरी अर्थात् मेरा हातका कामलाई देख्छ, तब तिनीहरूले मेरो नाउँलाई पवित्र तुल्याउनेछन् । तिनीहरूले याकूबको परमपवित्रको नाउँलाई पवित्र तुल्याउनेछन् र तिनीहरू इस्राएलको परमेश्वरको भयमा खडा हुनेछन् ।
sed cum viderit filios suos opera manuum mearum in medio sui sanctificantes nomen meum et sanctificabunt Sanctum Iacob et Deum Israhel praedicabunt
24 ती आत्मामा गल्ती गर्नेहरूले समझ प्राप्त गर्नेछन् र गनगन गर्नेहरूले ज्ञान सिक्नेछन् ।”
et scient errantes spiritu intellectum et mussitatores discent legem