< यशैया 27 >

1 त्यस दिन परमप्रभुले आफ्नो कठोर, महान् र डरलाग्‍दो तरवारले त्‍यो सुल्कने सर्प लिव्यातन, गुँडुली पर्ने सर्प लव्यातनलाई दण्ड दिनुहुनेछ र समुद्रमा भएको दैत्यलाई उहाँले मार्नुहुनेछ ।
Katika siku hiyo Yahwe kwa upanga wake ulio mgumu, mkubwa na mkali, atamadhibu Leviathani na nyoka yule anayetambaa kwa kupenya, na atamuua mnyama anayeishi baharini.
2 त्यस दिनमाः दाखमद्यको दाखबरीले यो गीत गाउँछ ।
Siku hiyo: Shamba la zabibu, litawaimbia.
3 “म परमप्रभु यसको रक्षक हुँ । हरेक पल यसमा म पानी हाल्‍छु । म यसलाई दिन र रातमा सुरक्षा गर्छु, यसैले यसलाई कसैले चोट पुर्‍याउनेछैन ।
''Mimi Yahwe ni mlinzi wake; Ninalimwagia maji kila wakati; hivyo hakuna anayelimiza, Ninalilinda usiku na mchana.
4 म रिसाएको छैन, ओहो, त्यहाँ सिउँडी र काँडाहरू थिए भने! युद्धमा तिनीहरूको विरुद्धमा म अगि जानेथिएँ । तिनीहरू सबैलाई म एकसाथ जलाउनेथिएँ ।
Sina hasira, Oh, kama mbigiri na miiba! Katika vita nitatembea dhidi yao; Nitawachoma wote kwa pamoja;
5 तिनीहरू मेरो सुरक्षामा आउनुपर्छ र मसँग मिल्‍नुपर्छ । तिनीहरूले मसँग मिलाप गरून् ।
labda wafahamu ulinzi wangu na wafanye amani na mimi, waache wafanye amani na mimi.
6 आउने दिनहरूमा, याकूबले जरा हाल्‍नेछ । इस्राएलको कोपिला लाग्‍नेछ र फुल्नेछ । अनि तिनीहरूले जमिनको सतहलाई फलले ढाक्‍नेछन् ।”
Kwa siku inayokuja, Yakobo atachukua mzizi; Israeli itatoa maua na kuchipua; na itaijaza aridhi yote kwa matunda.''
7 याकूब र इस्राएललाई आक्रमण गर्ने जातिहरूलाई परमप्रभुले आक्रमण गर्नुहुँदा के उहाँले तिनीहरूलाई आक्रमण गर्नुभएको छ र? याकूब र इस्राएलले ती जातिहरूलाई मारेझैं के तिनीहरूलाई मरिएका छन्?
Je Yahwe alimshambulia Yakobo na Israeli na hayo mataifa yaliyomshambulia? Je Yakobo na Israeli waliuliwa na wao kama mliowachinja katika mataifa mliowauwa wao?
8 याकूब र इस्राएललाई टाढा पठाउनुभएर तपाईंले ठिक त्‍यस्‍तै किसिमले व्‍यवहार गर्नुभएको छ । पुर्वीय बतासका दिनमा झैं आफ्‍नो डरलाग्‍दो सासले उहाँले तिनीहरूलाई लखेट्नुभएको छ ।
Kitika kipimo halisi cha kuridhisha, watume Yakobo na Israeli mbali; aliwaondosha mbali kwa upepo mkali, katika siku ya upepo wa mashariki.
9 यसैले यसरी याकूबको अपराधको प्रयाश्‍चित गरिनेछ, किनकि यही नै त्यसको पाप हटाउने कार्यको फल हुनेछः जति बेला उहाँले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाजस्तै बनाउनुहुन्छ र टुक्रा-टुक्रा पार्नुहुन्छ, अनि त्यहाँ कुनै अशेराको खम्बाहरू वा धूप चढाउने वेदी रहनेछैन ।
Hivyo kwa njia hii, maovu ya Yakobo yatalipiwa, maana hii itakuwa matunda yote yakuomdolewa dhambi zake: pale atakapofanya mathebau ya mawe kama chokaa na kuviangamiza katika vipande vipande, na hakuna nguzo za Ashera au madhebau itakayoachwa imesimama.
10 किनकि किल्लाबन्दी गरिएको सहर उजाड भएको छ, बासस्थानलाई उजाड-स्‍थानझैं उजाड पारिएको र त्‍यागिएको छ । त्यहाँ बाछा चर्छ, पल्टन्छ र त्‍यसको हाँगाहरू खान्छ ।
Maana mji imara umeharibiwa, makao yake na faragha yake yameachwa kama jangwa. Kuna ndama wanachungwa, na huko ndiko atakapo lala na kuyala matawi yake.
11 जब हाँगाहरू सुक्‍छन्, तब तिनीहरू भाँचिनेछन् । स्‍त्रीहरू आउनेछन् त्यसबाट आगो बाल्‍नेछन्, किनकि यी समझदार मानिसहरू होइनन् । यसकारण तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूलाई दया गर्नुहुनेछैन, अनि तिनीहरूलाई बनाउनुहुने तिनीहरूप्रति दयालु हुनुहुनेछैन ।
Matawi yake yatakaponyauka yatanguka. Wanawake watakuja na kuyatumia kutengeneza moto, maana hawa sio watu waelewa. Hivyo basi Muumba wao hatakuwa na huruma juu yao, na yeye aliyewaumba atakuwa na huruma juu yao.
12 त्‍यो दिन यस्‍तो हुनेछ, परमप्रभुले यूफ्रेटिस नदीदेखि मिश्रदेशको खोलासम्म अन्‍न चुट्‍नुहुनेछ, अनि तिमीहरू इस्राएलका मानिसहरूलाई एक-एक गरी जम्‍मा गर्नुहुनेछ ।
Na siku hiyo itakuwa kwamba Yahwe atapururua kutoka mto Efrate mpaka Wadi ya Misri na njie, watu wa Israeli, tutakusanyika mahali pamoja mmoja mmoja.
13 त्यस दिन एउटा ठुलो तुरही फुकिनेछ । अनि अश्शूरको देशमा नष्‍टभइरहेकाहरू र मिश्रदेशमा निस्‍कासितहरू आउनेछन्, तिनीहरूले यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन् ।
Siku hiyo tarumbeta kubwa litapulizwa; na watu waliopotea katika nchi ya Asiria watakuja, na waliotupwa katika nchi ya Misri, watamuabudu Yahwe katika mlima mtakatifu huko Yerusalemu.

< यशैया 27 >