< यशैया 26 >
1 त्यस दिन यहूदाको देशमा यो गीत गाइने छः हामीसँग बलियो सहर छ । परमेश्वरले मुक्तिलाई यसको पर्खालहरू र घेराहरू बनाउनुभएको छ ।
Sinä päivänä lauletaan Juudan maassa tämä laulu: "Meillä on vahva kaupunki, pelastuksen hän asettaa muuriksi ja varustukseksi.
2 ढोका खुल्ला गर, जसले गर्दा विश्वास कायम राख्ने धर्मी जाति भित्र आउन सकोस् ।
Avatkaa portit vanhurskaan kansan käydä sisälle, joka uskollisena pysyy.
3 तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्नुहुनेछ, किनकि उसले तपाईंमा विश्वास गर्छ ।
Vakaamieliselle sinä talletat rauhan, rauhan, sillä hän turvaa sinuun.
4 सदासर्वदा परमप्रभु विश्वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।
Turvatkaa Herraan ainiaan, sillä Herra, Herra on iankaikkinen kallio.
5 किनकि घमण्डसाथ जिउनेहरूलाई उहाँले तल झार्नुहुनेछ । किल्लबन्दी गरिएको सहरलाई उहाँले तल ढाल्नुहुन्छ, उहाँले जमिनमा पल्टाउनुहुन्छ । उहाँले त्यसलाई माटोमा मिलाउनुहुन्छ ।
Sillä hän on kukistanut korkealla asuvaiset, ylhäisen kaupungin, hän painoi sen alas, painoi maan tasalle, syöksi sen tomuun asti.
6 यसलाई गरीबहरूका खुट्टाले र खाँचोमा परेकाहरूका खुट्टाले कुल्चनेछ ।
Sitä tallaa jalka, kurjan jalat, vaivaisten askeleet.
7 ए धर्मी जन, धर्मीको मार्ग सिधा हुन्छ । धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्छ ।
Vanhurskaan polku on suora, sinä teet vanhurskaan tien tasaiseksi.
8 हे परप्रभु, तपाईंको न्यायको मार्गमा, हामी तपाईंलाई पर्खन्छौं । तपाईंको नाउँ र तपाईंको प्रतिष्ठा नै हाम्रो चाहना हो ।
Niin, sinun tuomioittesi tiellä me odotamme sinua, Herra; sinun nimeäsi ja sinun muistoasi sielu ikävöitsee.
9 रातमा मैले तपाईंको इच्छा गरें । हो, मेरो आत्माले मभित्र उत्कट रूपमा तपाईंको खोजी गर्छ । किनकि जब तपाईंको न्याहरू पृथ्वीमाथि आउँछन्, तब संसारका बासिन्दाहरूले धार्मिकताको बारेमा जान्दछन् ।
Minun sieluni ikävöitsee sinua yöllä, minun henkeni sisimmässäni etsii sinua varhain; sillä kun sinun tuomiosi kohtaavat maata, oppivat maanpiirin asukkaat vanhurskautta.
10 दुष्ट व्यक्तिलाई कृपा गरियोस्, तर त्यसले धार्मिकता जान्नेछैन । सोझाको देशमा उसले दुष्टतासाथ काम गर्छ र परमप्रभुको ऐश्वर्यलाई देख्दैन ।
Jos jumalaton saa armon, ei hän opi vanhurskautta; oikeuden maassa hän tekee vääryyttä eikä näe Herran korkeutta.
11 हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्ट पार्नेछ ।
Herra, sinun kätesi on kohotettu, mutta he eivät sitä näe. He saakoot häpeäksensä nähdä sinun kiivautesi kansan puolesta; kuluttakoon heidät tuli, joka sinun vihollisesi kuluttaa.
12 हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति ल्याउनुहुनेछ । किनकि साँच्चै, हाम्रा सबै कामहरू तपाईंले पनि हाम्रा निम्ति पुरा गर्नुभएको छ ।
Herra, sinä saatat meille rauhan, sillä myös kaikki meidän tekomme olet sinä tehnyt.
13 हे परमप्रभु, हाम्रा परमेश्वर, तपाईं बाहेक अरू मालिकहरूले हामीमाथि शासन गरेका छन् । तर तपाईंको नाउँको मात्र प्रशंसा हामी गर्नेछौं ।
Herra, meidän Jumalamme, meitä ovat vallinneet muut herrat, et sinä; sinua yksin me ylistämme, sinun nimeäsi.
14 तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्चै, न्यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।
Kuolleet eivät virkoa eloon, vainajat eivät nouse: niin sinä olet heille kostanut, tuhonnut heidät ja hävittänyt kaiken heidän muistonsa.
15 हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ, तपाईंले जातिको वृद्धि गर्नुभएको छ । तपाईंको आदर गरिन्छ । तपाईंले देशका सबै सिमानालाई विस्तार गर्नुभएको छ ।
Sinä olet lisännyt kansan, Herra, olet lisännyt kansan, olet kunniasi näyttänyt, olet laajentanut kaikki maan rajat.
16 हे परमप्रभु, कष्टमा तिनीहरूले तपाईंलाई हेरेका छन् । तिनीहरूमाथि तपाईंको अनुशासन पर्दा तिनीहरूले प्रार्थना गुनगुनाएका छन् ।
Herra, ahdistuksessa he etsivät sinua, vuodattivat hiljaisia rukouksia, kun sinä heitä kuritit.
17 गर्भवती स्त्रीले बालक जन्माउने समय नजिक भएझैं, तिनी प्रसव वेदना हुँदा झैं र आफ्नो प्रसव वेदनामा चिच्याउँदा झैं, हे परमप्रभु, तपाईंको सामु हामी त्यस्तै छौं।
Niinkuin raskas vaimo, joka on synnyttämäisillään, vääntelehtii ja huutaa kivuissansa, niin me olimme sinun edessäsi, Herra.
18 हामी गर्भवती भएका छौं, हामी प्रसव वेदनामा परेका छौं, तर यो त हामीले हावालाई मात्र जन्माएको जस्तो भएको छ । हामीले पृथ्वीमा उद्धार ल्याएका छैनौं र संसारका बासिन्दाहरू ढलेका छैनन् ।
Me olimme raskaina, vääntelehdimme, mutta oli niinkuin olisimme synnyttäneet tuulta: emme saaneet aikaan pelastusta maalle, maanpiirin asukkaat eivät ilmoille päässeet.
19 तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्ना मृतकहरूलाई ल्याउनेछ ।
Mutta sinun kuolleesi virkoavat eloon, minun ruumiini nousevat ylös. Herätkää ja riemuitkaa, te jotka tomussa lepäätte, sillä sinun kasteesi on valkeuksien kaste, ja maa tuo vainajat ilmoille.
20 ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।
Mene, kansani, kammioihisi ja sulje ovet jälkeesi, lymyä hetkinen, kunnes viha on ohitse mennyt.
21 किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्नुभएको छ । पृथ्वीले आफ्नो रक्तपात प्रकट गर्नेछ र आफ्ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।
Sillä katso, Herra lähtee asuinsijastaan kostamaan maan asukkaille heidän pahat tekonsa, ja maa paljastaa verivelkansa eikä surmattujansa enää peitä."