< यशैया 26 >

1 त्यस दिन यहूदाको देशमा यो गीत गाइने छः हामीसँग बलियो सहर छ । परमेश्‍वरले मु‍क्‍तिलाई यसको पर्खालहरू र घेराहरू बनाउनुभएको छ ।
當那日,在猶大地人必唱這歌說: 我們有堅固的城。 耶和華要將救恩定為城牆,為外郭。
2 ढोका खुल्‍ला गर, जसले गर्दा विश्‍वास कायम राख्‍ने धर्मी जाति भित्र आउन सकोस् ।
敞開城門, 使守信的義民得以進入。
3 तपाईंमा लागेको मनलाई, तपाईंले उसलाई पुरा शान्तिमा राख्‍नुहुनेछ, किनकि उसले तपाईंमा विश्‍वास गर्छ ।
堅心倚賴你的, 你必保守他十分平安, 因為他倚靠你。
4 सदासर्वदा परमप्रभु विश्‍वास गर । किनभने परमप्रभु, परमप्रभु नै अनन्त चट्टान हुनुहुन्छ ।
你們當倚靠耶和華直到永遠, 因為耶和華是永久的磐石。
5 किनकि घमण्डसाथ जिउनेहरूलाई उहाँले तल झार्नुहुनेछ । किल्लबन्दी गरिएको सहरलाई उहाँले तल ढाल्‍नुहुन्छ, उहाँले जमिनमा पल्टाउनुहुन्छ । उहाँले त्यसलाई माटोमा मिलाउनुहुन्छ ।
他使住高處的與高城一併敗落, 將城拆毀,拆平,直到塵埃,
6 यसलाई गरीबहरूका खुट्टाले र खाँचोमा परेकाहरूका खुट्टाले कुल्चनेछ ।
要被腳踐踏, 就是被困苦人的腳和窮乏人的腳踐踏。
7 ए धर्मी जन, धर्मीको मार्ग सिधा हुन्छ । धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्छ ।
義人的道是正直的; 你為正直的主,必修平義人的路。
8 हे परप्रभु, तपाईंको न्यायको मार्गमा, हामी तपाईंलाई पर्खन्छौं । तपाईंको नाउँ र तपाईंको प्रतिष्ठा नै हाम्रो चाहना हो ।
耶和華啊,我們在你行審判的路上等候你; 我們心裏所羨慕的是你的名, 就是你那可記念的名。
9 रातमा मैले तपाईंको इच्‍छा गरें । हो, मेरो आत्माले मभित्र उत्‍कट रूपमा तपाईंको खोजी गर्छ । किनकि जब तपाईंको न्याहरू पृथ्वीमाथि आउँछन्, तब संसारका बासिन्दाहरूले धार्मिकताको बारेमा जान्‍दछन् ।
夜間,我心中羨慕你; 我裏面的靈切切尋求你。 因為你在世上行審判的時候, 地上的居民就學習公義。
10 दुष्‍ट व्‍यक्‍तिलाई कृपा गरियोस्, तर त्यसले धार्मिकता जान्‍नेछैन । सोझाको देशमा उसले दुष्‍टतासाथ काम गर्छ र परमप्रभुको ऐश्‍वर्यलाई देख्दैन ।
以恩惠待惡人, 他仍不學習公義; 在正直的地上,他必行事不義, 也不注意耶和華的威嚴。
11 हे परमप्रभु, तपाईंको हात उचालिएको छ, तर तिनीहरूले देख्दैनन् । तर मानिसहरूका निम्ति तपाईंको जोशलाई तिनीहरूले देख्‍नेछन् र लजमा पारिन्छन्, किनभने तपाईंका विरोधीहरूका आगोले तिनीहरूलाई नष्‍ट पार्नेछ ।
耶和華啊,你的手高舉, 他們仍然不看; 卻要看你為百姓發的熱心,因而抱愧, 並且有火燒滅你的敵人。
12 हे परमप्रभु, तपाईंले हाम्रा निम्ति शान्ति ल्याउनुहुनेछ । किनकि साँच्‍चै, हाम्रा सबै कामहरू तपाईंले पनि हाम्रा निम्ति पुरा गर्नुभएको छ ।
耶和華啊,你必派定我們得平安, 因為我們所做的事都是你給我們成就的。
13 हे परमप्रभु, हाम्रा परमेश्‍वर, तपाईं बाहेक अरू मालिकहरूले हामीमाथि शासन गरेका छन् । तर तपाईंको नाउँको मात्र प्रशंसा हामी गर्नेछौं ।
耶和華-我們的上帝啊, 在你以外曾有別的主管轄我們, 但我們專要倚靠你,提你的名。
14 तिनीहरू मृत छन्, तिनीहरू जिउनेछैनन् । तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन् । साँच्‍चै, न्यायको निम्ति तपाईं आउनुभयो र तिनीहरूलाई नष्‍ट पार्नुभयो, र तिनीहरूका सबै सम्झना नाश पार्नुभयो ।
他們死了,必不能再活; 他們去世,必不能再起; 因為你刑罰他們,毀滅他們, 他們的名號就全然消滅。
15 हे परमप्रभु, तपाईंले जातिको वृद्धि गर्नुभएको छ, तपाईंले जातिको वृद्धि गर्नुभएको छ । तपाईंको आदर गरिन्छ । तपाईंले देशका सबै सिमानालाई विस्तार गर्नुभएको छ ।
耶和華啊,你增添國民, 你增添國民; 你得了榮耀, 又擴張地的四境。
16 हे परमप्रभु, कष्‍टमा तिनीहरूले तपाईंलाई हेरेका छन् । तिनीहरूमाथि तपाईंको अनुशासन पर्दा तिनीहरूले प्रार्थना गुनगुनाएका छन् ।
耶和華啊,他們在急難中尋求你; 你的懲罰臨到他們身上, 他們就傾心吐膽禱告你。
17 गर्भवती स्‍त्रीले बालक जन्माउने समय नजिक भएझैं, तिनी प्रसव वेदना हुँदा झैं र आफ्नो प्रसव वेदनामा चिच्याउँदा झैं, हे परमप्रभु, तपाईंको सामु हामी त्यस्तै छौं।
婦人懷孕,臨產疼痛, 在痛苦之中喊叫; 耶和華啊,我們在你面前也是如此。
18 हामी गर्भवती भएका छौं, हामी प्रसव वेदनामा परेका छौं, तर यो त हामीले हावालाई मात्र जन्माएको जस्तो भएको छ । हामीले पृथ्वीमा उद्धार ल्याएका छैनौं र संसारका बासिन्दाहरू ढलेका छैनन् ।
我們也曾懷孕疼痛, 所產的竟像風一樣。 我們在地上未曾行甚麼拯救的事; 世上的居民也未曾敗落。
19 तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्‍नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्‍ना मृतकहरूलाई ल्याउनेछ ।
死人要復活, 屍首要興起。 睡在塵埃的啊,要醒起歌唱! 因你的甘露好像菜蔬上的甘露, 地也要交出死人來。
20 ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्‍ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक ।
我的百姓啊,你們要來進入內室, 關上門,隱藏片時, 等到忿怒過去。
21 किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्‍ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको छ । पृथ्वीले आफ्‍नो रक्‍तपात प्रकट गर्नेछ र आफ्‍ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।
因為耶和華從他的居所出來, 要刑罰地上居民的罪孽。 地也必露出其中的血, 不再掩蓋被殺的人。

< यशैया 26 >