< यशैया 24 >
1 हेर्, परमप्रभुले पृथ्वीलाई रित्तो बनाउन, यसलाई विनाश पार्न, यसको सतहलाई बिगार्न र यसका बासिन्दाहरूलाई तितरबितर पार्न लाग्नुभएको छ ।
Íme az Örökkévaló megüresíti és pusztává teszi a földet, felforgatja a színét és szétszórja lakóit
2 यो मानिसहरूलाई झैं पुजारीहरूलाई, नोकरलाई झैं मालिकलाई, दासीलाई झैं मलिक्नीलाई, किन्नेलाई झैं बेच्नेलाई, ऋण दिनेलाई झैं ऋण लिनेलाई, ब्याज लिनेलाई झैं ब्याज दिनेलाई हुनेछ ।
És olyan lesz a nép mint a pap, a szolga mint az úr, a szolgáló mint az úrnője, a vevő mint az eladó, a kölcsönadó mint a kölcsönvevő, a hitelező mint akinek hitelez.
3 पृथ्वीलाई पुर्ण रूपमा विनाश गरिनेछ र पुर्ण रूपमा नाङ्गो बनाइनेछ । किनकि परमप्रभुले यो वचन बोल्नुभएको छ ।
Megüresedve megüresedik a föld és kifosztódva kifosztódik, mert az Örökkévaló mondta ki ezt az igét.
4 पृथ्वी सुख्खा हुनेछ र ओइलाउनेछ, संसार सुक्नेछ र ओइलाएर जानेछ। पृथ्वीका विशिष्ट मानिसहरू दुर्बल हुनेछन् ।
Gyászol, hervad; a föld, elfonnyad, elhervad a világ, elfonnyadnak a föld népének magasai.
5 पृथ्वीलाई यसका बासिन्दाहरूले दूषित पारेका छन्, किनभने तिनीहरूले व्यवस्था भङ्ग गरेका छन्, नियमहरू तोडेका छन् र अनन्तको करार उलङ्घन गरेका छन् ।
És a föld fertőzötté; lett a lakói alatt, mert megszegtek tanokat, megtörtek törvényt, megbontották az örök szövetséget.
6 यसकारण सरापले पृथ्वीलाई विनाश पार्छ र यसका बासिन्दाहरू दोषी भेट्टाइएका छन् । पृथ्वीका बासिन्दाहरू जलाइन्छन् र थोरै मानिसहरू मात्र बाँकी छन् ।
Ezért átok emésztette a földet és bűnhődtek a rajta lakók; ezért megégtek a föld lakói és csekély számban maradt ember.
7 नयाँ दाखमद्य सुक्छ, दाख ओइलिन्छ, सबै आनन्दि हृदयहरूले शोक गर्छन् ।
Gyászolt a must, fonnyadt a szőlő, sóhajtoznak a vígszívűek.
8 खैंजडीको सुमधुर आवाज बन्द हुन्छ र आनन्द मनाउनेहरूको आनन्दको सोर पनि बन्द हुन्छ । वीणाको आनन्द बन्द हुन्छ ।
Megszűnt a dobok vigassága, elmaradt az ujjongók zaja, megszűnt a hárfa vigassága.
9 तिनीहरूले फेरि दाखमद्य पिउँदैनन् र गाउँदैनन्, र कडा मद्य पिउनेलाई त्यो तीतो हुन्छ ।
Dal mellett nem isznak majd bort, keserű lesz ivóinak a részegítő ital.
10 गोलमालको सहरलाई भत्काइएको छ । हरेक घर बन्द गरिएको र रित्तो छ ।
Megtöretett a semmiség városa, elzáratott minden ház, nincs bemenés.
11 दाखमद्यको कारणले गर्दा सडकमा चिच्याहट छ । सबै आनन्द अन्धकार भएको छ, देशको खुसी लोप भएको छ ।
Kiáltás van a borért az utcákon, lealkonyodott minden öröm, elköltözött a föld vigassága.
12 सहरमा उजाड छोडिएको छ र ढोका भग्नावशेष भएर फुटेको छ ।
Maradt a városban pusztulás és rommá zúzatik szét a kapu.
13 किनकि जस्तो जैतूनको रूखलाई हल्लाउँदा, जस्तो अङ्गुर टिप्दा फाटफुट छुट्छ, सारा पृथ्वीभरि जातिहरू माझ यस्तै नै हुनेछ ।
Mert így lesz az a földön, a népek közepette, mint mikor leverik az olajfát, mint böngészéskor, ha vége van a szüretnek.
14 आफ्नो सोरलाई तिनीहरूले उचाल्नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन् ।
Amazok fölemelik hangjukat, ujjonganak, az Örökkévaló fensége miatt vigadnak a tenger felől.
15 यसकारण पुर्वमा परमप्रभुको महिमा गर, समुद्रा टापुहरूमा परमप्रभु इस्राएलका परमेश्वरको नाउँलाई महिमा देओ ।
Ezért a fénytájakon tiszteljétek az Örökkévalót, a tenger szigetéin az Örökkévalónak, Izrael Istenének nevét.
16 हामीले पृथ्वीको सुदूर भागबाट गीतहरू सुनेका छौं, “धर्मी जनको महिमा होस्!” तर मैले भनें, “म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ ।
A föld széléről dalokat hallottunk: Díszt az igaznak. Én meg mondtam: végem van, végem van, jaj nekem; hűtlenek hűtlenkedtek és hűtlenséggel hűtlenkedtek a hűtlenek.
17 ए पृथ्वीका बासिन्दाहरू, तिमीहरूमाथि त्रास, खाल्डो र पासो आइलागेको छ ।
Rettegés, örvény és tőr ellened, lakója a földnek!
18 त्रासको आवाजदेखि भाग्ने खाल्डोमा पर्नेछ, खाल्डोको बिचबाट बाहिर निस्कने पासोमा पर्नेछ । स्वर्गका झ्यालहरू खोलिनेछन् र पृथ्वीका जगहरू हल्लिनेछन् ।
És lesz, aki futamodik a rettegés hangjától, beleesik az örvénybe, és aki feljön az örvényből, megfogatik a tőrben. Mert ablakrácsok a magasból megnyíltak és megrendültek a föld alapjai.
19 पृथ्वी पुर्ण रूपमा टुट्नेछ, पृथ्वी चिरा पर्नेछ । पृथ्वीलाई डरलाग्दो किसिमले हल्लाइनेछ ।
Zúzva szétzúzódott a föld, morzsolva elmorzsolódott a föld, tántorodva megtántorodott a föld.
20 पृथ्वी मद्यले मातेको मानिसझैं लरखराउनेछ र यो झुप्रोझैं यताउता हल्लिनेछ । यसमाथि यसको पाप भारि हुनेछ र यो पतन हुनेछ अनि फेरि कहिल्यै उठ्नेछैन ।
Inogva inog a föld, mint a részeges és megrázkódik mint a kaliba; rá nehezedik bűne, elesik és többé föl nem kel.
21 त्यस दिन परमप्रभुले स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा दण्ड दिनुहुनेछ ।
És lesz azon napon, megbünteti az Örökkévaló a magasság seregét a magasságban és a föld királyait a földön.
22 तिनीहरूले कैदीको रूपमा खाल्डोमा एकसाथ जम्मा गरिनेछ र झ्यालखानमा बन्द गरिनेछ । अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ ।
És összegyűjtetnek, mint foglyokat gyűjtenek a börtönbe és elzáratnak zárt helyre; de sok nap után gondolnak rájuk.
23 तब चन्द्रमा लज्जित हुनेछ र सूर्य अपमानमा पर्नेछ, किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा अनि महिमामा आफ्ना धर्मगुरुहरूका सामु राज्य गर्नुहुनेछ ।
És elpirul a hold és megszégyenül a nap, mert király lett az Örökkévaló, a seregek ura Czión hegyén és Jeruzsálemben, és vénei előtt dicsőség van.