< यशैया 21 >

1 समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्‍दो देशबाट यो आउँछ ।
Deniz kıyısındaki çölle ilgili bildiri: Negev'den fırtınalar nasıl üst üste gelirse, Çölden, korkunç ülkeden bir istilacı öyle geliyor.
2 मलाई एउटा कष्‍टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्‍नेछु ।
Korkunç bir görüm gördüm: Hain hainlik etmede, Harap eden harap etmede. Ey Elam, saldır! Ey Meday, onu kuşat! Onun neden olduğu iniltileri sona erdireceğim.
3 यसकारण मेरो कमर दुखेको छ । स्‍त्रीको प्रसव पीडाजस्‍तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।
Gördüklerimden ötürü belime ağrı saplandı, Doğuran kadının ağrıları gibi ağrılar tuttu beni. Duyduklarımdan sarsıldım, Gördüklerimden dehşete düştüm.
4 मेरो मुटु धड्कन्छ । म डरले काँप्छु । मैले साँझको इच्छा गरें, तर त्‍यसले ममा त्रास ल्यायो ।
Şaşkınım, titremeler sardı beni. Özlediğim alaca karanlık bana korku veriyor artık.
5 तिनीहरू टेबल तयार गर्छन्, तिनीहतरू राडी ओछ्याउँछन्, अनि खान्छन् र पिउँछन् । ए शासकहरू उठ, आफ्‍ना ढालहरूमा तेल लगाओ ।
Gördüğüm görümde sofrayı hazırlıyor, Halıları seriyor, yiyip içiyorlar. Kalkın, ey önderler, kalkanları yağlayın!
6 किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्‍छ सो बताउनुपर्छ ।
Rab bana dedi ki, “Git, bir gözcü dik, gördüğünü bildirsin.
7 जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।”
Savaş arabalarının, Atlara, eşeklere, develere binmiş insanların Çifter çifter geldiğini görünce dikkat kesilsin.”
8 पहरेदार कराउँछ, “हे परमप्रभु, म दिनभरि, हरेक दिन पहरा बस्‍ने धरहरमाथि बस्छु, अनि आफ्‍नो अखडामा म रातभरि खडा रहन्छु ।”
Gözcü, “Ey efendim, Her gün aralıksız gözcü kulesinde duruyor, Her gece yerimde nöbet tutuyorum” diye bağırdı,
9 यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन् ।”
“Bak, savaş arabalarıyla atlılar Çifter çifter geliyor!” Sonra, “Yıkıldı, Babil yıkıldı!” diye haber verdi, “Taptıkları bütün putlar yere çalınıp parçalandı!”
10 ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।
Ey halkım, harman yerinde Buğday gibi dövülmüş olan halkım! Her Şeye Egemen RAB'den, İsrail'in Tanrısı'ndan duyduklarımı Size bildirdim.
11 दुमाको बारेमा एउटा घोषणा । कसैले मलाई सेइरबाट बोलाउँछ, “ए पहरेदार, रात कति बाँकी छ? ए पहरेदार, रात कति बाँकी छ?”
Duma ile ilgili bildiri: Biri Seir'den bana sesleniyor: “Ey gözcü, geceden geriye ne kaldı? Geceden geriye ne kaldı?”
12 पहरेदारले भन्‍यो, “बिहान आउँछ र रात पनि आउँछ । तिमीलाई सोध्‍नुछ भने सोध । अनि फेरि फेर्केर आऊ ।”
Yanıtım şöyle: “Sabah olmak üzere, Ama yine gece olacak. Soracaksanız sorun, yine gelin.”
13 अरब देशको बारेमा एउटा घोषणा । तिमीहरू ददानीहरूका यात्री दलहरूले अरबको मरुभूमिमा रात बिताओ ।
Arabistan'la ilgili bildiri: Arabistan çalılıklarında geceleyeceksiniz, Ey Dedan kervanları!
14 तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।
Ey Tema'da oturanlar, Su getirin, susamışları karşılayın, Kaçıp kurtulana ekmek verin.
15 किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् ।
Çünkü onlar kılıçtan, yalın kılıçtan, Gerilmiş yaydan, çetin çarpışmalardan kaçtılar.
16 किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “एक वर्षभित्रमा नै ज्यालामा लिइएको श्रमिकले यो देख्‍नेछ, केदारको सारा गौरवको अन्‍त हुनेछ ।
Rab bana şöyle dedi: “Kedar'ın bütün övüncü tam bir yıl sonra sona erecek.
17 केदारका धनुर्धारी अर्थात् योद्धाहरूमध्ये केही मात्र रहेनेछन्,” किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले यसो भन्‍नुभएको छ ।
Okçulardan, Kedar savaşçılarından pek az sağ kalan olacak.” Bunu söyleyen, İsrail'in Tanrısı RAB'dir.

< यशैया 21 >