< यशैया 21 >

1 समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्‍दो देशबाट यो आउँछ ।
Tamko kuhusu jangwa pembezoni mwa bahari. Kama dhuruba yenye upepo inayotokea kupita Negevi kuelekea jangwani, kutoka kwenye aridhi ya kutisha.
2 मलाई एउटा कष्‍टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्‍नेछु ।
Nimepewa maono ya kusikitisha: Wasaliti wamepanga hila, na waharibifu kuharibu. Nenda juu na uvamie, Elamu; zingira Media; Mimi nitasimamisha maumivu yao yote.
3 यसकारण मेरो कमर दुखेको छ । स्‍त्रीको प्रसव पीडाजस्‍तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।
Hivyo basi simba wangu wamejawa na maumivu; ni kama mwanamke anayejifungua kwa uchungu yamenipata mimi; Nimeina chini kwa kile nilichokisikia; nimesumbuliwa kwa kile nilichokiona.
4 मेरो मुटु धड्कन्छ । म डरले काँप्छु । मैले साँझको इच्छा गरें, तर त्‍यसले ममा त्रास ल्यायो ।
Moyo wangu unajinga, nimetitishika kwa hofu. Mapema jioni, mda wangu mzuri kwa siku, imeniletea hofu.
5 तिनीहरू टेबल तयार गर्छन्, तिनीहतरू राडी ओछ्याउँछन्, अनि खान्छन् र पिउँछन् । ए शासकहरू उठ, आफ्‍ना ढालहरूमा तेल लगाओ ।
Wameandaa meza, wametawanya vitambaa, na wanakula na kunjwa; tokea, mkuu, pakeni ngao yenu kwa mafuta.
6 किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्‍छ सो बताउनुपर्छ ।
Hiili ndilo Bwana aliloniambia, ''Nenda, baada ya mlinzi; lazima atoe taarifa kwa kile atakacho kiona.
7 जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।”
Kama ataona gari, jozi ya farasi, farasi juu ya punda na farasi juu ya ngamia, hivyo basi anatakiwa kuwa makini na kuwa macho.''
8 पहरेदार कराउँछ, “हे परमप्रभु, म दिनभरि, हरेक दिन पहरा बस्‍ने धरहरमाथि बस्छु, अनि आफ्‍नो अखडामा म रातभरि खडा रहन्छु ।”
Mlinzi analia nje, ''Bwana, ninasimama juu ya mnara siku zote, kila siku, na kwa nguzo yangu nitasimama usiku wote.''
9 यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन् ।”
Tazama gari linakuja na wakiwa wawili wawili. anaita, ''Babeli umeanguka, umeanguka, na sanamu za kuchonga za miungu yao zimevunjika chini.''
10 ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।
Watu wangu niliwapururu na kuwapepeta, watoto niliyewatoa kwenye sakafu yangu mwenyeweNilichokisikia kutoka kwa Yahwe wa majeshi, Mungu wa Israeli, Nimekutangazia wewe.
11 दुमाको बारेमा एउटा घोषणा । कसैले मलाई सेइरबाट बोलाउँछ, “ए पहरेदार, रात कति बाँकी छ? ए पहरेदार, रात कति बाँकी छ?”
Tamko kuhusu Duma. Mtu mmoja amenita mimi kutoka Seiri, ''Mlinzi, ni kitu gani kilichobakizwa usiku?
12 पहरेदारले भन्‍यो, “बिहान आउँछ र रात पनि आउँछ । तिमीलाई सोध्‍नुछ भने सोध । अनि फेरि फेर्केर आऊ ।”
Mlinzi akasema, ''Asubuhi itafika na vilevile usiku. Ikiwa unataka kuuliza basi uliza; na urudi tena.''
13 अरब देशको बारेमा एउटा घोषणा । तिमीहरू ददानीहरूका यात्री दलहरूले अरबको मरुभूमिमा रात बिताओ ।
Tamko kuhusu Arabia. Katika jangwa la Arabia mmeutumia usiku, enyi misafara ya Dedanite.
14 तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।
Leteni maji kwa wenye kiu; wenyeji wa nchi ya Tema, waoneni watuhumiwa kwa mikate.
15 किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् ।
Maana wameukimbia upanga, kutoka upanga unaotolewa, kutoka kwenye upinde ulopinda, na kutokana na uzito wa vita.
16 किनकि परमप्रभुले मलाई यसो भन्‍नुभयो, “एक वर्षभित्रमा नै ज्यालामा लिइएको श्रमिकले यो देख्‍नेछ, केदारको सारा गौरवको अन्‍त हुनेछ ।
Maana hili ndilo Bwana alichosema na mimi, ''Ndani ya mwaka mmoja, kama mtu aliyeajiriwa kwa mwaka ataona, utukufu wa Kedari utakwisha.
17 केदारका धनुर्धारी अर्थात् योद्धाहरूमध्ये केही मात्र रहेनेछन्,” किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले यसो भन्‍नुभएको छ ।
Ni baadhi ya ya wavuta upinde, mashujaa wa Kader watabakia,'' maana Bwana, Mungu wa Israeli, amesema.

< यशैया 21 >