< यशैया 21 >
1 समुद्र नजिकको मरुभूमिको बारेमा एउटा घोषणा । नेगेवमा चल्ने आँधीहुरी जस्तै मरुभूमि र डरलाग्दो देशबाट यो आउँछ ।
有關瀚海的神諭:猶如風暴由南方掃來;同樣,仇敵將由沙漠,由可怕之地而來。
2 मलाई एउटा कष्टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्नेछु ।
一悽慘的神視顯示給我:搶奪的盡量搶奪,破壞的盡量破壞。厄藍,上前!瑪待,圍攻!我要結束所有的嘆息!
3 यसकारण मेरो कमर दुखेको छ । स्त्रीको प्रसव पीडाजस्तो पीडाले मलाई समातेको छ । मैले जे सुनेको छु त्यसद्वारा म झुकेको छु । मैले जे देखेको छु सोद्वारा म व्याकुल भएको छु ।
為此我的兩腰滿是酸痛,侵襲我的劇痛無異產婦的痛苦;我惶亂得不能再聽,我昏迷得不能再看。
4 मेरो मुटु धड्कन्छ । म डरले काँप्छु । मैले साँझको इच्छा गरें, तर त्यसले ममा त्रास ल्यायो ।
我的心神錯亂了,恐怖驟然襲擊了我;我所渴望的黃昏,為我反成了恐怖。
5 तिनीहरू टेबल तयार गर्छन्, तिनीहतरू राडी ओछ्याउँछन्, अनि खान्छन् र पिउँछन् । ए शासकहरू उठ, आफ्ना ढालहरूमा तेल लगाओ ।
盛宴已擺,華毯已舖,人們正在吃喝之際:「將帥們!起來!用油擦盾!」
6 किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, “जा, एक जना पहरेदार राख । उसले जे देख्छ सो बताउनुपर्छ ।
因為吾主對我這樣說:「去!派置一個警衛,叫他報告他所見的!
7 जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।”
當他見到騎兵隊、一對一對的馬兵、驢隊和駱駝隊時,他要注意,要多多注意!」
8 पहरेदार कराउँछ, “हे परमप्रभु, म दिनभरि, हरेक दिन पहरा बस्ने धरहरमाथि बस्छु, अनि आफ्नो अखडामा म रातभरि खडा रहन्छु ।”
守望者喊叫:「吾主!我整日站在瞭望台上,長夜鵠立在我的守望所。
9 यहाँ एक जना मानिस र एक जोडी घोडचढी लिएर एउटा रथ आउँछ । उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तीहरू जमिनमा चकनाचूर भएका छन् ।”
看哪!來了一隊人馬,一對一對的騎兵!」有一個喊叫說:「陷落了!巴比倫陷落了!她所有的神像也都摔碎在地!」
10 ए मेरा चुटिएका र निफनिएकाहरू हो, मेरा खलाका सन्तानहरू हो! सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरबाट मैले जे सुनेको छु सो मैले तिमीहरूलाई घोषणा गरेको छु ।
我那被碾軋的百姓,我那禾場上的子民!凡是我由萬軍的上主,以色列的天主所聽到的,我都告訴了你們。
11 दुमाको बारेमा एउटा घोषणा । कसैले मलाई सेइरबाट बोलाउँछ, “ए पहरेदार, रात कति बाँकी छ? ए पहरेदार, रात कति बाँकी छ?”
有關厄東的神諭:從色依爾有人向我喊叫說:「警衛!夜已何時了﹖夜已何時了﹖」
12 पहरेदारले भन्यो, “बिहान आउँछ र रात पनि आउँछ । तिमीलाई सोध्नुछ भने सोध । अनि फेरि फेर्केर आऊ ।”
警衛答說:「黎明已至,然而仍是黑夜;如果你們仍要詢問,詢問罷!再來一次!」
13 अरब देशको बारेमा एउटा घोषणा । तिमीहरू ददानीहरूका यात्री दलहरूले अरबको मरुभूमिमा रात बिताओ ।
有關荒野的神諭:你們在森林中,在荒野裏過宿罷!德丹的商旅,
14 तिर्खाउनेहरूका निम्ति पानी ल्याओ । ए तेमा देशका बासिन्दाहरू, रोटी लिएर भगौडाहरूलाई भेट ।
請攜水出來迎接口渴的人!特瑪地的居民,請備糧接待逃難的人!
15 किनकि तिनीहरू तरवार, थुतेको तरवाट, ताँदो चढाएको धनुबाट र युद्धको भारबाट भागेका छन् ।
因為他們出逃,是由於面臨刀劍,面臨出鞘的刀劍,面臨已張的弓弩,面臨激烈的戰爭。
16 किनकि परमप्रभुले मलाई यसो भन्नुभयो, “एक वर्षभित्रमा नै ज्यालामा लिइएको श्रमिकले यो देख्नेछ, केदारको सारा गौरवको अन्त हुनेछ ।
上主曾這樣對我說:「照僱工的年限計,還有三年,刻達爾所有的榮耀都要完結;
17 केदारका धनुर्धारी अर्थात् योद्धाहरूमध्ये केही मात्र रहेनेछन्,” किनकि परमप्रभु इस्राएलका परमेश्वरले यसो भन्नुभएको छ ।
刻達爾子民的英勇弓手人數,剩下的很少。」因為上主以色列的天主,早就這樣說了。