< यशैया 20 >
1 अश्शूरका राजा सर्गानले टार्टनलाई अश्दोदमा पठाउँदा, तिनी आएको वर्षमा, तिनले अश्दोदको युद्ध लडे र त्यसलाई कब्जा गरे ।
In dem Jahre, in welchem Tartan, als ihn Sargon, der König von Assyrien, gesandt hatte, nach Asdod kam und diese Stadt belagerte und eroberte –
2 त्यस बेला आमोजका छोरा यशैयाद्वारा परमप्रभु बोल्नुभयो र भन्नुभयो, “जा र तेरो कम्मरबाट भाङ्ग्रा हटा र तेरो खुट्टाको जुत्ता फुकाल् ।” नाङ्गो भएर र खाली खुट्टाले हिंडेर तिनले त्यसो गरे ।
in jener Zeit hatte der HERR durch Jesaja, den Sohn des Amoz, folgende Weisung ausgesprochen: »Wohlan, lege das härene Gewand von deinen Hüften ab und binde dir die Sandalen von deinen Füßen ab!« Da tat er demgemäß, so daß er ohne Obergewand und barfuß einherging.
3 परमप्रभुले भन्नुभयो, “जसरी मेरो सेवक यशैया तिन वर्षसम्म नाङ्गै र खाली खुट्टाले हिंडेका छन्, यो मिश्रदेश र कूशको निम्ति चिन्ह र शकून हो—
Darauf sagte der HERR: »Gleichwie mein Knecht Jesaja ohne Obergewand und barfuß drei Jahre lang einhergegangen ist als ein Wahrzeichen und eine Vorbedeutung für Ägypten und Äthiopien,
4 यसरी नै अश्शूरका राजाले मिश्रदेशका कैदी र कूशका निर्वासित, जवान र वृद्धहरूलाई मिश्रदेशलाई लाजमा पार्न नाङ्गै, खाली खुट्टा र चाक नै देखाएर लैजानेछ ।
so wird der König von Assyrien die gefangenen Ägypter und die zur Wegführung bestimmten Äthiopier, Jünglinge und Greise, ohne Obergewand und barfuß und mit nacktem Gesäß – eine Schmach für Ägypten – dahinwandern lassen.«
5 तिनीहरूका आशा कूश र तिनीहरूका गौरव मिश्रदेशको कारणले तिनीहरू व्याकुल र लज्जित हुनेछन् ।
Da wird man denn (in Juda) bestürzt und enttäuscht sein wegen Äthiopiens, auf das man zuversichtlich gehofft, und wegen Ägyptens, mit dem man geprahlt hatte;
6 यी समुद्री तटका बासिन्दाहरूले त्यस दिन भन्नेछन्, साच्चै, यो हाम्रो आशाको स्रोत थियो, जहा अश्शूरको राजाबाट बच्नलाई हामी भाग्यौं, र अब हामी कसरी उम्किन सक्छौं र?'”
und die Bewohner dieses Küstenlandes werden zu jener Zeit sagen: »Ach, wenn es denen so ergangen ist, auf die wir zuversichtlich gehofft und zu denen wir unsere Zuflucht genommen hatten, um uns vor dem Könige von Assyrien zu retten: wie sollten wir da entrinnen?«