< यशैया 2 >
1 आमोसका छोरा यशैयाले यहूदा र यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू ।
Beseda, ki jo je Izaija, Amócov sin, videl glede Juda in Jeruzalema.
2 अन्तका दिनहरूमा यस्तो हुनेछ परमप्रभुको मन्दिरको पर्वतलाई सबैभन्दा उच्च पर्वतहरूझैं स्थापित गरिनेछ, र डाँडाहरूभन्दा माथि त्यो उचालिनेछ, र सबै जातिहरू यतैतिर आउनेछन् ।
Zgodilo se bo v poslednjih dneh, da bo gora Gospodove hiše osnovana na vrhu gora in povišana bo nad hribe. In vsi narodi se bodo stekali k njej.
3 धेरै जना मानिसहरू आउनेछन् र भन्नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं ।” किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ ।
Mnogo ljudstva bo šlo in reklo: »Pridite in pojdimo gor na Gospodovo goro, k hiši Jakobovega Boga. Učil nas bo svojih poti in hodili bomo po njegovih stezah, kajti iz Siona bo izšla postava in Gospodova beseda iz Jeruzalema.«
4 उहाँले जातिहरूका बिचमा न्याय गर्नुहुनेछ र धेरै जना मानिसहरूका निम्ति निर्णय दिनुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरू पिटेर फालीहरू र आफ्ना भालाहरू पिटेर हँसियाहरू बनाउनेछन् । एउटा जातिले अर्को जातिको विरुद्धमा तरवार उठाउनेछैन, न त तिनीहरूले फेरि युद्धको निम्ति तालिम नै दिनेछन् ।
Sodil bo med narodi, oštel bo mnoga ljudstva. Svoje meče bodo prekovali v lemeže in svoje sulice v obrezovalne kavlje. Narod ne bo vzdignil meča zoper narod niti se ne bodo več učili bojevanja.
5 ए याकूबको घराना हो, आओ र परमप्रभुको प्रकाशमा हिंडौं ।
Oh Jakobova hiša, pridite in hodímo v Gospodovi svetlobi.
6 किनकि तपाईंले याकूबको घराना, आफ्ना मानिसहरूलाई त्याग्नुभएको छ, किनभने तिनीहरू पुर्वका प्रचलनले भरिएका छन् र पलिश्तीहरूले झैं तिनीहरू जोखना हेर्छन्, र तिनीहरूले विदेशीका छोराहरूसँग हात मिलाउँछन् ।
Zatorej si zapustil svoje ljudstvo, Jakobovo hišo, ker so bili izpolnjeni od vzhoda in so napovedovalci usode kakor Filistejci in sebi ugajajo v otrocih tujcev.
7 तिनीहरूका देश सुन र चाँदीले भरिएको छ र तिनीहरूका सम्पत्तिको कुनै कमी छैन । तिनीहरूका देश घोडाहरूले पुर्ण छ, न त तिनीहरूका रथहरूको नै कुनै कमी छ ।
Njihova dežela je polna srebra in zlata niti tam ni konca njihovih zakladov. Njihova dežela je polna konj niti tam ni konca njihovih bojnih voz.
8 तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको छ । तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन् ।
Njihova dežela je polna malikov, obožujejo delo svojih lastnih rok, to, kar so naredili njihovi lastni prsti.
9 मानिहरूलाई झुकाइनेछन् र व्यक्तिहरू घोप्टिनेछन् । त्यसकारण तिनीहरूलाई नउठाउनुहोस्।
Zloben človek se priklanja in velik človek se ponižuje, zato jim ne odpusti.
10 चट्टानका ठाउँहरूमा जाओ र परमप्रभुको त्रास र उहाँको वैभवको महिमाबाट जमिनमा लुक ।
Vstopi v skalo in se skrij v prahu zaradi strahu pred Gospodom in zaradi slave njegovega veličanstva.
11 मानिसहको अहङ्कारी हेराइलाई तल झारिनेछ र मानिसहरूको घमण्डलाई तल पारिनेछ, अनि त्यो दिन परमप्रभुलाई मात्र उचालिनेछ ।
Človekovi vzvišeni pogledi bodo ponižani in oholost ljudi bo upognjena in sam Gospod bo na ta dan povišan.
12 किनकि घमण्ड गर्ने र उच्च पारिएका हरेकको विरुद्धमा, र हरेक अहङ्कारीको विरुद्धमा परमप्रभुको दिन आउनेछ— र त्यसलाई तल झारिनेछ—
Kajti dan Gospoda nad bojevniki bo nad vsakim, ki je ponosen in vzvišen in nad vsakim, ki je povzdignjen, in ta bo ponižan;
13 र लेबनानका अग्ला र माथि उठेका सबै देवदारुका विरुद्धमा, र बाशानका सबै फँलाटका विरुद्धमा हुनेछ ।
in nad vsemi libanonskimi cedrami, ki so visoke in povzdignjene in nad vsemi bašánskimi hrasti
14 सर्वशक्तिमान् परमप्रभुको त्यो दिन सबै अग्ला पर्वतका विरुद्धमा, माथि उठेका सबै डाँडाका विरुद्धमा,
in nad vsemi visokimi gorami in nad vsemi hribi, ki so povzdignjeni,
15 र हरेक अग्ला धरहराका विरुद्धमा, छेड्नै नसक्ने हरेक पर्खालका विरुद्धमा,
in nad vsakim visokim stolpom in nad vsakim utrjenim zidom,
16 र तर्शीशका सबै पानी जहाजका विरुद्धमा र सबै सुन्दर जहाजका विरुद्धमा हुनेछ ।
in na vseh ladjah iz Taršíša in na vseh prijetnih slikah.
17 मानिसको घमण्डलाई तल झारिनेछ र मानिसहरूका हठको पतन हुनेछ । त्यो दिनमा परमप्रभु मात्र उच्च पारिनुहुनेछ ।
Nadutost človeka bo upognjena in oholost ljudi bo ponižana. Samo Gospod bo povišan na ta dan.
18 मूर्तीहरू पुर्ण रूपमा बितेर जानेछन् ।
Malike bo popolnoma odpravil.
19 पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका गुफाहरू र जमिनको दुलोहरू भित्र पस्नेछन् ।
Šli bodo v skalne luknje in v zemeljske votline zaradi strahu pred Gospodom in zaradi slave njegovega veličanstva, ko se on vzdiguje, da strašno strese zemljo.
20 त्यस दिन मानिहरूले सुन र चाँदीका आफ्ना मूर्तीहरू फाल्नेछन्, जसको पुजा गर्न तिनीहरू आफैले बनाएका छन्— ती तिनीहरूले छुचुन्द्रा र चमेराहरूका अगि फाल्नेछन् ।
Na tisti dan bo človek vrgel svoje malike iz srebra in svoje malike iz zlata, ki so si jih naredili, vsakdo za oboževanje, krtom in netopirjem,
21 पृथ्वीलाई त्रासमा पार्न जब परमप्रभु खडा हुनुहुन्छ, तब मानिसहरू उहाँको त्रास र उहाँको वैभवको महिमाबाट लुक्न चट्टानहरूका प्वालहरू र कडा चट्टानहरूका कन्दराहरूमा पस्नेछन् ।
da bo šel v skalne razpoke in na vrhove razdrapanih skal, zaradi strahu pred Gospodom in zaradi slave njegovega veličanstva, ko se bo vzdigoval, da strašno strese zemljo.
22 मानिस भरोसा गर्न छोड, जसको जिवनको सास नाकका प्वालहरूमा हुन्छ, किनकि उसको के मूल्य हुन्छ र?
Odvrnite se od človeka, katerega dih je v njegovih nosnicah, kajti v čem je ta cenjen?