< यशैया 19 >

1 मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्‍नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्‍लिनेछन्,
Tamko kuhusu Misri. Ona, Yahwe atasafiri katika mawimbi mepesi na anakuja Misri; Sanamu za Misri zitatemeka mbele yake, na mioyo ya Wamisri itayeyuka ndani yao wenyewe.
2 “मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्‍नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्‍नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।
Nitawachanganya Wamisri juu dhidi ya Wamisiri: Mtu atapigana dhidi ya ndugu yake, mji dhidi ya miji, na ufalme dhidi ya ufalme.
3 मिश्रदेशको आत्‍मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।
Roho ya Misri itadhohofishwa kutoka ndani. Nitauharibu ushauri wake, japo wanafikiria ushauri wa sanamu, roho za watu waliokufa, na mizimu, na
4 मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्‍य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”
Nitawacha Wamisiri kwenye mikono ya viongozi wakatili, kiongozi imara atawaongoza wao- Hili ni tamko la Yahwe Bwana wa majehi.''
5 समुद्रका पानीहरू सुक्‍नेछन्, अनि नदीहरू सुक्‍नेछन् र रित्तो हुनेछन् ।
Maji ya bahari yatakauka juu, na mto uakauka na kuwa mtupu.
6 नदीहरू दूषित हुनेछन् । मिश्रदेशका नदीहरू सुक्‍नेछन् र सुख्‍खा हुनेछन् । नर्कटहरू र काँसहरू ओइलाउनेछन् ।
Mito itakuwa michafu; mikondo ya Misri itakuwa dhii na kukauka; mwanzi na bendera zake zitapeperushwa mbali.
7 नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुख्‍खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन् ।
Mianzi ya Nile, kwa mdomo wa mto Nile, na mbegu zote zitakazo katika mashamba ya Nilezitakauka zote, zitageuka kuwa mavumbi, na kupeperukia mbali.
8 जालाहरीहरूले विलाप र शोक गर्नेछन्, र नील नदीमा बल्‍छी हान्‍ने सबै जनाले विलाप गर्नेछ, पानीहरूमाथि आफ्नो जाल फिजाउनेहरूले शोक गर्नेछन् ।
Wavuvi watalia na kuomboleza, na wale watakao shusha neti kwenye maji watauzunika.
9 बाटेको सनपटका कामदारहरू र सेतो कपडा बुन्‍नेहरू निराश हुनेछन् ।
Wafanyakazi ya kuchana kitani watafaidika na hao washonao nguo nyeupe watajeuka kuwa mchonaji.
10 मिश्रदेशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ । ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन् ।
Washona nguo wa Misri wataangamizwa; na wote waloajiriwa watahuzunika nafsini mwao.
11 सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन् । फारोका सबैभन्दा बुद्धिमान्‌को सल्लाह व्यार्थको भएको छ । तिमीहरूले फारोलाई कसरी भन्‍न सक्छौ, “म बुद्धिमान्‌ मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ ।”
Wakuu wa Zoana ni wajinga kabisa. Washauri wenye busara wa Farao ni wapumbavu. Unawezaje kumwambia Farao, ''Mimi ni mtoto wa watu wenye busara,
12 तेरा बुद्धिमान्‌ मानिसहरू कहाँ छन्? सर्वशक्तिमान् परमप्रभुले मिश्रदेशको बारेमा कस्‍तो योजना बनाउनुभएको छ भनी तिनीहरूले तँलाई बताऊन् र प्रकट गरून् ।
''Wako wapi hao watu wenye busara? mtoto wa mfalme wa zamani? Waache wakuambie? na ijulikane kitu ambacho Yahwe wa majeshi amekipanga kuhusiana na Misri.
13 सोअनका शासकहरू मूर्ख बनेका छन्, नोपका शासकहरू धोकामा परेका छन् । तिनीहरूले मिश्रदेशलाई पथभ्रष्‍ट बनाएका छन्, जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन् ।
Wakuu wa Zoani wamekuwa wajinga, wakuu wa Memphisi wamegawanyika; wameifanya Misri iende kinyume, na mawe ya pembeni ya makabila yao.
14 परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्‍ट तिनीहरूले त्‍यसलाई बनाएका छन् ।
Yahwe amechanganya roho wa kuvurugwa katika yao, na wamefanya Wamisri kwenda kinyume kwa yote wanoyafanya, kama mlevi anavyoyumbayumba uku akitapika.
15 मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन ।
Hakuna kitu ambacho mtu yeyote anaweza kukifanya kwa ajili ya Misri, kama kichwa au mkia, tawi au mwanzi.
16 त्यस दिनमा, मिश्रीहरू स्‍त्रीहरूजस्ता हुनेछन् । सर्वशक्तिमान् परमप्रभुले तिनीहरूमाथि उठाउनुहुने हातको कारणले तिनीहरू थरथर काँप्‍नेछन् र डराउनेछन् ।
Siku hiyo, Wamisri watakuwa kama wanawake. watatemeka na kuogopa mkono wa Yahwe wa majeshi ulioinuliwa juu yao.
17 यहूदाको देश मिश्रदेशलाई लरखराउने बनाउने कारण बन्‍नेछ । जब कसैले त्यसलाई तिनीहरूको याद दिलाउँछ, तिनीहरूका विरुद्धमा परमप्रभुले योजना बनाउँदै गर्नुभएको उहाँको योजनाको कारणले तिनीहरू भयभिय हुनेछन् ।
Nchi ya Yuda itakuwa sababu ya utisho kwa Misri. Yeyote atakao wakumbusha wao kuhusu yeye, wataogopa sana, kwa sababu ya mpango wa Yahwe, anaoukusudia juu yao.
18 त्यस दिनमा मिश्रदेश पाँच वटा सहरहरू हुनेछन् जसले कनानको भाषा बोल्‍नेछन् र सर्वशक्तिमान् परमप्रभुप्रति निष्ठाको शपथ खानेछन् । यिमध्ये एउटालाई सूर्यको सहर भनिनेछ ।
Siku hiyo kutakuwa na miji mitano katika nchi ya Misri wanaozungumza lugha ya Kanaani na kuapa kimtii Yahwe wa majeshi. Moja kati ya miji hii itaitwa mji wa ulioharibiwa.
19 त्यस दिन मिश्रदेशको माझमा परमप्रभुको एउटा वेदी हुनेछ र त्‍यसको छेउमा परमप्रभुको निम्ति ढुङ्गाको स्‍मारक हुनेछ ।
Siku hiyo kutakuwa madhabahu kwa ajili ya Yahwe katika ya nchi ya Misri, na jiwe la chumvi karibu na Yahwe.
20 मिश्रदेशमा यो सर्वशक्तिमान् परप्रभुको निम्ति एउटा चिन्ह र गवाहीको रूपमा हुनेछ । अत्याचारीहरूको कारणले तिनीहरूले परमप्रभुमा पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एउटा उद्धारक र एक जना रक्षक पठाउनुहुनेछ र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ ।
Itakuwa kama ishara na ushahidi kwa Yahwe wa majeshi katika nchi ya Misri. Atawatumia mkombozi na mlinzi, na atawokoa wao.
21 मिश्रदेशले परमप्रभुलाई चिन्‍नेछ र त्यस दिन मिश्रीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन् । तिनीहरूले बलिदानहरू र भेटीहरूसित आराधना गर्नेछन्, अनि परमप्रभुको निम्ति भाकल गर्नेछन् र ती पुरा गर्नेछन् ।
Yahwe atajulikana Misri, na Wamisri watamkubali Yahwe siku hiyo. Watamuabudu kwa sadaka na matoleo, na wataweka agano na kulitimiza.
22 परमप्रभुले मिश्रदेशलाई कष्‍ट दिंदै र निको पार्दै कष्‍ट दिनुहुनेछ । तिनीहरू परमप्रभुतिर फर्किनेछन् । उहाँले तिनीहरूको प्रार्थना सुन्‍नुहुनेछ र तिनीहरूलाई निको पार्नुहुनेछ ।
Yahwe ataipga Misri, ataipiga na kuiponya. Halafu watamrudia Yahwe; atasikiliza maombi yao na kuwaponya.
23 त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।
Siku hiyo kutakuwa na njia kuu kutoka Misri kwenda Asiria, na Waasira watakuja Misri, na Wamisri watakwenda Asira; na Wamisri wataabudu pamoja na Waasiria.
24 त्यस दिनमा मिश्रदेश र अश्शूरसँगै इस्राएल पृथ्वीको माझमा आशिष्‌मा तेस्रो हुनेछ ।
Siku hiyo, Israeli itakuwa ya tatu pamoja na Misri na Asiria, baraka katikati ya nchi;
25 सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र भन्‍नुहुनेछ, “ए मेरा मानिस, मिश्रदेश धन्यको होओ । मेरो हातको काम अश्शूर । मेरो उत्तराधिकार इस्राएल ।”
Yahwe wa majeshi atawabariki na kusema, '' wabarikiwe Wamisri, watu wangu; Wasiria, kazi ya mikono yangu; na Israeli urithi wangu.

< यशैया 19 >