< यशैया 19 >
1 मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्लिनेछन्,
The burden of Egypt. Behold, YHWH is riding on a swift thick cloud, And He has entered Egypt, And the idols of Egypt have been moved at His presence, And the heart of Egypt melts in its midst.
2 “मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।
And I armed Egyptians against Egyptians, And they fought, each against his brother, And each against his neighbor, City against city, kingdom against kingdom.
3 मिश्रदेशको आत्मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।
And the spirit of Egypt has been emptied out in its midst. And I swallow up its counsel, And they have sought to the idols, And to the charmers, And to those having familiar spirits, And to the wizards.
4 मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”
And I have delivered the Egyptians Into the hand of a hard lord, And a strong king rules over them, A declaration of the Lord, YHWH of Hosts.
5 समुद्रका पानीहरू सुक्नेछन्, अनि नदीहरू सुक्नेछन् र रित्तो हुनेछन् ।
And waters have failed from the sea, And a river is desolated and dried up.
6 नदीहरू दूषित हुनेछन् । मिश्रदेशका नदीहरू सुक्नेछन् र सुख्खा हुनेछन् । नर्कटहरू र काँसहरू ओइलाउनेछन् ।
And they have turned away the flowings, Brooks of the bulwark have been weak and dried up, Reed and flag have withered.
7 नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुख्खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन् ।
Exposed things by the brook, by the edge of the brook, And every sown thing of the brook, has withered, It has been driven away, and is not.
8 जालाहरीहरूले विलाप र शोक गर्नेछन्, र नील नदीमा बल्छी हान्ने सबै जनाले विलाप गर्नेछ, पानीहरूमाथि आफ्नो जाल फिजाउनेहरूले शोक गर्नेछन् ।
And the fishers have lamented, And all casting a hook into the brook have mourned, And those spreading dragnets on the face of the waters have languished.
9 बाटेको सनपटका कामदारहरू र सेतो कपडा बुन्नेहरू निराश हुनेछन् ।
And makers of fine flax have been ashamed, And weavers of networks.
10 मिश्रदेशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ । ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन् ।
And its foundations have been struck, All making wages [are] afflicted in soul.
11 सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन् । फारोका सबैभन्दा बुद्धिमान्को सल्लाह व्यार्थको भएको छ । तिमीहरूले फारोलाई कसरी भन्न सक्छौ, “म बुद्धिमान् मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ ।”
Only, the princes of Zoan [are] fools, The counsel of the wise ones of the counselors of Pharaoh has become brutish. How do you say to Pharaoh, “I am a son of the wise, a son of kings of antiquity?”
12 तेरा बुद्धिमान् मानिसहरू कहाँ छन्? सर्वशक्तिमान् परमप्रभुले मिश्रदेशको बारेमा कस्तो योजना बनाउनुभएको छ भनी तिनीहरूले तँलाई बताऊन् र प्रकट गरून् ।
Where [are] they now, your wise ones? Indeed, let them now tell [it] to you, And they know what YHWH of Hosts has counseled against Egypt!
13 सोअनका शासकहरू मूर्ख बनेका छन्, नोपका शासकहरू धोकामा परेका छन् । तिनीहरूले मिश्रदेशलाई पथभ्रष्ट बनाएका छन्, जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन् ।
Princes of Zoan have been foolish, Princes of Noph have been lifted up, And they have caused Egypt to err, The chief of her tribes.
14 परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्ट तिनीहरूले त्यसलाई बनाएका छन् ।
YHWH has mingled in her midst A spirit of perverseness, And they have caused Egypt to err in all its work, As a drunkard errs in his vomit.
15 मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन ।
And there is no work to Egypt, That head or tail, branch or reed, may do.
16 त्यस दिनमा, मिश्रीहरू स्त्रीहरूजस्ता हुनेछन् । सर्वशक्तिमान् परमप्रभुले तिनीहरूमाथि उठाउनुहुने हातको कारणले तिनीहरू थरथर काँप्नेछन् र डराउनेछन् ।
In that day Egypt is like women, And it has mourned, and been afraid, Because of the waving of the hand of YHWH of Hosts, That He is waving over it.
17 यहूदाको देश मिश्रदेशलाई लरखराउने बनाउने कारण बन्नेछ । जब कसैले त्यसलाई तिनीहरूको याद दिलाउँछ, तिनीहरूका विरुद्धमा परमप्रभुले योजना बनाउँदै गर्नुभएको उहाँको योजनाको कारणले तिनीहरू भयभिय हुनेछन् ।
And the land of Judah has been to Egypt for a cause of staggering, Everyone who mentions it, fears for himself, Because of the counsel of YHWH of Hosts, That He is counseling against it.
18 त्यस दिनमा मिश्रदेश पाँच वटा सहरहरू हुनेछन् जसले कनानको भाषा बोल्नेछन् र सर्वशक्तिमान् परमप्रभुप्रति निष्ठाको शपथ खानेछन् । यिमध्ये एउटालाई सूर्यको सहर भनिनेछ ।
In that day there are five cities in the land of Egypt, Speaking the lip of Canaan, And swearing to YHWH of Hosts, “The city of destruction,” is said of one.
19 त्यस दिन मिश्रदेशको माझमा परमप्रभुको एउटा वेदी हुनेछ र त्यसको छेउमा परमप्रभुको निम्ति ढुङ्गाको स्मारक हुनेछ ।
In that day there is an altar to YHWH In the midst of the land of Egypt, And a standing pillar to YHWH near its border,
20 मिश्रदेशमा यो सर्वशक्तिमान् परप्रभुको निम्ति एउटा चिन्ह र गवाहीको रूपमा हुनेछ । अत्याचारीहरूको कारणले तिनीहरूले परमप्रभुमा पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एउटा उद्धारक र एक जना रक्षक पठाउनुहुनेछ र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ ।
And it has been for a sign and for a testimony, To YHWH of Hosts in the land of Egypt, For they cry to YHWH from the face of oppressors, And He sends a Savior to them, Even a great one, and has delivered them.
21 मिश्रदेशले परमप्रभुलाई चिन्नेछ र त्यस दिन मिश्रीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन् । तिनीहरूले बलिदानहरू र भेटीहरूसित आराधना गर्नेछन्, अनि परमप्रभुको निम्ति भाकल गर्नेछन् र ती पुरा गर्नेछन् ।
And YHWH has been known to Egypt, And the Egyptians have known YHWH in that day, And done sacrifice and present, And vowed a vow to YHWH, and completed [it].
22 परमप्रभुले मिश्रदेशलाई कष्ट दिंदै र निको पार्दै कष्ट दिनुहुनेछ । तिनीहरू परमप्रभुतिर फर्किनेछन् । उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ र तिनीहरूलाई निको पार्नुहुनेछ ।
And YHWH has struck Egypt, striking and healing, And they have turned back to YHWH, And He has accepted their plea, And has healed them.
23 त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।
In that day a highway is out of Egypt to Asshur, And the Assyrians have come into Egypt, And the Egyptians into Asshur, And the Egyptians have served with the Assyrians.
24 त्यस दिनमा मिश्रदेश र अश्शूरसँगै इस्राएल पृथ्वीको माझमा आशिष्मा तेस्रो हुनेछ ।
In that day Israel is third, With Egypt, and with Asshur, A blessing in the heart of the earth.
25 सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र भन्नुहुनेछ, “ए मेरा मानिस, मिश्रदेश धन्यको होओ । मेरो हातको काम अश्शूर । मेरो उत्तराधिकार इस्राएल ।”
In that YHWH of Hosts blessed it, saying, “Blessed [is] My people—Egypt, And the work of My hands—Asshur, And My inheritance—Israel!”