< यशैया 19 >
1 मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्लिनेछन्,
Uthenga onena za Igupto: Taonani, Yehova wakwera pa mtambo waliwiro, ndipo akupita ku Igupto. Mafano a ku Igupto akunjenjemera pamaso pake, ndipo mitima ya Aigupto yachokamo ndi mantha.
2 “मिश्रहरूको विरुद्धमा मिश्रीहरूलाई नै म उठाउनेछुः एक जना मनिसले आफ्नो भाइको विरुद्धमा लड्नेछ र एक जना मानिसले आफ्नो छिमेकीको विरुद्धमा लड्नेछ । सहरले सहरको विरुद्धमा र राज्यले राज्यको विरुद्धमा लड्नेछ ।
“Ine ndidzadzutsa Aigupto kuti amenyane okhaokha; mʼbale adzamenyana ndi mʼbale wake, mnansi ndi mnansi wake, mzinda ndi mzinda unzake, ndiponso ufumu ndi ufumu unzake.
3 मिश्रदेशको आत्मा भित्रभित्रै कमजोर हुनेछ । तिनीहरूले मूर्तीहरूका, मृत मानिसहरूका आत्माहरूका, मन्त्रतन्त्र गर्नेहरूका र झाँक्रीहरूका सल्लाह लिए तापनि, त्यसको सल्लाहलाई म नाश पार्नेछु ।
Aigupto adzataya mtima popeza ndidzalepheretsa zolinga zawo; adzapempha nzeru kwa mafano awo ndiponso kwa woyankhula ndi mizimu ya anthu akufa, kwa amawula ndi kwa oyankhula ndi mizimu.
4 मिश्रीहरूलाई कठोर मालिको हातमा म दिनेछु र तिनीहरूमाथि बलियो राजाले राज्य गर्नेछ— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।”
Ndidzawapereka Aigupto kwa olamulira ankhanza, ndipo mfumu yoopsa idzawalamulira,” akutero Ambuye Yehova Wamphamvuzonse.
5 समुद्रका पानीहरू सुक्नेछन्, अनि नदीहरू सुक्नेछन् र रित्तो हुनेछन् ।
Madzi a mu mtsinje wa Nailo adzaphwa, ndipo mʼmbali mwa mtsinje mudzangʼaluka ndi kuwuma.
6 नदीहरू दूषित हुनेछन् । मिश्रदेशका नदीहरू सुक्नेछन् र सुख्खा हुनेछन् । नर्कटहरू र काँसहरू ओइलाउनेछन् ।
Ngalande zake zidzanunkha; ndipo mitsinje ya Igupto idzayamba kuchepa ndi kuwuma. Bango ndi dulu zidzafota,
7 नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुख्खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन् ।
ndiponso zomera za mʼmphepete mwa Nailo ndi ku mathiriro a mtsinjewo. Zonse zodzalidwa mʼmbali mwa Nailo zidzawuma, zidzawuluzika ndipo sizidzaonekanso.
8 जालाहरीहरूले विलाप र शोक गर्नेछन्, र नील नदीमा बल्छी हान्ने सबै जनाले विलाप गर्नेछ, पानीहरूमाथि आफ्नो जाल फिजाउनेहरूले शोक गर्नेछन् ।
Asodzi adzabuwula ndi kudandaula, onse amene amaponya mbedza mu Nailo; onse amene amaponya makoka mʼmadzi adzalira.
9 बाटेको सनपटका कामदारहरू र सेतो कपडा बुन्नेहरू निराश हुनेछन् ।
Amene amagwira ntchito yopota thonje adzataya mtima, anthu oluka nsalu zofewa zabafuta adzataya chiyembekezo.
10 मिश्रदेशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ । ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन् ।
Akatswiri opanga nsalu adzangoti kakasi, ndipo anthu onse ogwira ntchito yolipidwa adzatheratu mphamvu.
11 सोअनका शआसकहरू पुर्ण रूपमा मूर्ख छन् । फारोका सबैभन्दा बुद्धिमान्को सल्लाह व्यार्थको भएको छ । तिमीहरूले फारोलाई कसरी भन्न सक्छौ, “म बुद्धिमान् मानिसहरूका छोरा, प्राचीन राजाहरूका छोरा हुँ ।”
Akuluakulu a ku Zowani ndi zitsiru; aphungu a nzeru a Farao amalangiza zopusa. Kodi mungathe kunena bwanji kwa Farao kuti, “Ine ndine mmodzi mwa anthu anzeru, wophunzira wa mafumu akale?”
12 तेरा बुद्धिमान् मानिसहरू कहाँ छन्? सर्वशक्तिमान् परमप्रभुले मिश्रदेशको बारेमा कस्तो योजना बनाउनुभएको छ भनी तिनीहरूले तँलाई बताऊन् र प्रकट गरून् ।
Iwe Farao, anthu ako anzeru ali kuti? Abweretu kuti akuwuze ndi kukudziwitsa zimene Yehova Wamphamvuzonse wakonza kuchitira dziko la Igupto.
13 सोअनका शासकहरू मूर्ख बनेका छन्, नोपका शासकहरू धोकामा परेका छन् । तिनीहरूले मिश्रदेशलाई पथभ्रष्ट बनाएका छन्, जो त्यसका कुलहरूका कुनेढुङ्गाहरू हुन् ।
Akuluakulu a ku Zowani asanduka zitsiru, atsogoleri a ku Mefisi anamizidwa; atsogoleri a dziko la Igupto asocheretsa anthu a dzikolo.
14 परमप्रभुले त्यसको माझमा विकृतिको आत्मा मिसाउनुभएको छ र मिश्रदेशले गर्ने सबै कुरामा आफ्नो बान्तामा लडीबडी गर्ने जड्याँहाजस्तै पथभ्रष्ट तिनीहरूले त्यसलाई बनाएका छन् ।
Yehova wasocheretsa anthu a ku Igupto. Iwo akuchita kudzandira pa zonse zimene akuchita, ngati chidakwa choterereka pa masanzi ake.
15 मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन ।
Palibe chimene munthu wa mu Igupto angachite, mtsogoleri kapena wotsatira, nthambi ya kanjedza kapena bango.
16 त्यस दिनमा, मिश्रीहरू स्त्रीहरूजस्ता हुनेछन् । सर्वशक्तिमान् परमप्रभुले तिनीहरूमाथि उठाउनुहुने हातको कारणले तिनीहरू थरथर काँप्नेछन् र डराउनेछन् ।
Tsiku limenelo Aigupto adzakhala ngati amayi. Adzanjenjemera ndi kuchita mantha akadzaona Yehova Wamphamvuzonse, atakweza dzanja lake kufuna kuwalanga.
17 यहूदाको देश मिश्रदेशलाई लरखराउने बनाउने कारण बन्नेछ । जब कसैले त्यसलाई तिनीहरूको याद दिलाउँछ, तिनीहरूका विरुद्धमा परमप्रभुले योजना बनाउँदै गर्नुभएको उहाँको योजनाको कारणले तिनीहरू भयभिय हुनेछन् ।
Ndipo dziko la Yuda lidzaopsa dziko la Aigupto. Aliyense amene adzamve dzina la Yuda adzaopsedwa chifukwa cha zimene Yehova Wamphamvuzonse wakonzekera kuchitira dziko la Igupto.
18 त्यस दिनमा मिश्रदेश पाँच वटा सहरहरू हुनेछन् जसले कनानको भाषा बोल्नेछन् र सर्वशक्तिमान् परमप्रभुप्रति निष्ठाको शपथ खानेछन् । यिमध्ये एउटालाई सूर्यको सहर भनिनेछ ।
Tsiku limenelo ku dziko la Igupto kudzakhala mizinda isanu yoyankhula chiyankhulo cha Akanaani, ndipo anthu ake adzalumbira kwa Yehova Wamphamvuzonse kuti adzamutumikira. Umodzi mwa mizindayo udzatchedwa Mzinda Wachilungamo.
19 त्यस दिन मिश्रदेशको माझमा परमप्रभुको एउटा वेदी हुनेछ र त्यसको छेउमा परमप्रभुको निम्ति ढुङ्गाको स्मारक हुनेछ ।
Tsiku limenelo mʼkati mwa dziko la Igupto mudzakhala guwa lansembe la Yehova, ndipo mʼmalire mwake adzayikira Yehova mwala wachikumbutso.
20 मिश्रदेशमा यो सर्वशक्तिमान् परप्रभुको निम्ति एउटा चिन्ह र गवाहीको रूपमा हुनेछ । अत्याचारीहरूको कारणले तिनीहरूले परमप्रभुमा पुकारा गर्दा, उहाँले तिनीहरूका निम्ति एउटा उद्धारक र एक जना रक्षक पठाउनुहुनेछ र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुनेछ ।
Zimenezo zidzakhala umboni wozindikiritsa kuti Yehova Wamphamvuzonse alimo mʼdziko la Igupto. Pamene Aigupto adzalirira Yehova chifukwa cha owapondereza, Iye adzawatumizira mpulumutsi ndi mtetezi ndipo adzawalanditsa.
21 मिश्रदेशले परमप्रभुलाई चिन्नेछ र त्यस दिन मिश्रीहरूले परमप्रभुलाई स्वीकार गर्नेछन् । तिनीहरूले बलिदानहरू र भेटीहरूसित आराधना गर्नेछन्, अनि परमप्रभुको निम्ति भाकल गर्नेछन् र ती पुरा गर्नेछन् ।
Kotero Yehova adzadziulula yekha kwa Aigupto, ndipo tsiku limenelo adzadziwa Yehova. Adzapembedza Yehova popereka nsembe ndi popereka zopereka zachakudya; Adzalumbira kwa Yehova ndipo adzachita zimene alumbirazo.
22 परमप्रभुले मिश्रदेशलाई कष्ट दिंदै र निको पार्दै कष्ट दिनुहुनेछ । तिनीहरू परमप्रभुतिर फर्किनेछन् । उहाँले तिनीहरूको प्रार्थना सुन्नुहुनेछ र तिनीहरूलाई निको पार्नुहुनेछ ।
Yehova adzakantha Aigupto ndi mliri. Iye adzawakanthadi ndipo kenaka adzawachiritsa. Aigupto adzatembenukira kwa Yehova ndipo Iye adzamva madandawulo awo ndi kuwachiritsa.
23 त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।
Tsiku limenelo kudzakhala msewu waukulu wochoka ku Igupto kupita ku Asiriya. Aasiriya adzapita ku Igupto ndi Aigupto ku Asiriya. Aigupto ndi Aasiriya adzapembedza pamodzi.
24 त्यस दिनमा मिश्रदेश र अश्शूरसँगै इस्राएल पृथ्वीको माझमा आशिष्मा तेस्रो हुनेछ ।
Tsiku limenelo Israeli adzakhala pamodzi ndi Igupto ndi Asiriya, mayiko atatuwa adzakhala dalitso pa dziko lapansi.
25 सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र भन्नुहुनेछ, “ए मेरा मानिस, मिश्रदेश धन्यको होओ । मेरो हातको काम अश्शूर । मेरो उत्तराधिकार इस्राएल ।”
Yehova Wamphamvuzonse adzawadalitsa, ndi mawu awa, “Adalitsike anthu anga Aigupto, Aasiriya, ntchito ya manja anga, ndi Aisraeli osankhidwa anga.”