< यशैया 18 >
1 सुस्केराको आवाज निकाल्ने देशलाई धिक्कार, जुन कु्सका नदीहरूसँगै छ ।
Ah, land of the buzzing of wings, which is beyond the rivers of Ethiopia;
2 जसले नरकटका डुङ्गाहरूमा समुद्रहुँदै राजदूतहरू पठाउँछ । हे फुर्तिला दूतहरू, सबै अग्ला र चिल्ला जातिकहाँ जाओ, टाढा नजिकका मानिसलाई डराउनेहरू, एउटा बलियो र विजयी जाति जसको देशलाई नदीहरूले विभाजन गर्छ ।
That sendeth ambassadors by the sea, even in vessels of papyrus upon the waters! Go, ye swift messengers, to a nation tall and of glossy skin, to a people terrible from their beginning onward; a nation that is sturdy and treadeth down, whose land the rivers divide!
3 तिमीहरू संसारका सबै बासिन्दाहरू र पृथ्वीमा बसोवास गर्ने, तिमीहरू जब डाँडाहरूमाथि चिन्ह उठाइन्छ, तब हेर । अनि जब तुरही बजाइन्छ तब सुन ।
All ye inhabitants of the world, and ye dwellers on the earth, when an ensign is lifted up on the mountains, see ye; and when the horn is blown, hear ye.
4 परमप्रभुले मलाई यसो भन्नुभयो, “चर्को घामको उखुम तापजस्तै, कटानीको तापमा कुहिरोजस्तै म आफ्नो घरबाट शान्त भएर हेर्नेछु ।
For thus hath the LORD said unto me: I will hold Me still, and I will look on in My dwelling-place, like clear heat in sunshine, like a cloud of dew in the heat of harvest.
5 कटनीअगि फूल फुल्ने समय सिद्धिएपछि र फूल दाख हुँदैगर्दा, उहाँले छाँट्ने हँसियाहरूले छाँट्नुहुनेछ र उहाँले फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।
For before the harvest, when the blossom is over, and the bud becometh a ripening grape, He will cut off the sprigs with pruning-hooks, and the shoots will He take away and lop off.
6 डाँडाका चराहरू र पृथ्वीका जनावरहरूका निम्ति ती छोडिनेछन् । चराहरूले ग्रीष्मको समय तिनीहरूमा बिताउनेछन् र पृथ्वीका सबै जनावरहरूले तिनीहरूमा हिउँद बिताउनेछन् ।”
They shall be left together unto the ravenous birds of the mountains, and to the beasts of the earth; and the ravenous birds shall summer upon them, and all the beasts of the earth shall winter upon them.
7 त्यस दिन अग्ला र चिल्ला मानिसहरूले, टाढा नजिकका मानिसलाई डराउनेहरू, बलिया र विजयीले सर्वशक्तिमान् परमप्रभुलाई उपहार ल्याउने छन्, जसको देशलाई नदीहरूले विभाजन गर्छन्, तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको सियोन पर्वतमा ल्याउनेछन् ।
In that time shall a present be brought unto the LORD of hosts of a people tall and of glossy skin, and from a people terrible from their beginning onward; a nation that is sturdy and treadeth down, whose land the rivers divide, to the place of the name of the LORD of hosts, the mount Zion.