< यशैया 14 >
1 परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् ।
Скоро идет и не умедлит: и помилует Господь Иакова и изберет паки Израиля, и почиют на земли своей, и пришлец приложится к ним и приложится к дому Иаковлю,
2 जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्ना अत्याचारीहरूमाथि राज्य गर्नेछन् ।
и поймут их языцы и введут на место их, и наследят и умножатся на земли Божии в рабы и рабыни: и будут пленени пленившии я, и обладани будут обладавшии ими.
3 त्यो दिनमा तिमीहरूका कष्ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्छ,
И будет в той день, упокоит тя Господь от болезни и ярости твоея и от работы жестокия, еюже работал еси им.
4 तब तिमीहरूले बेबिलोनको राजाको विरुद्ध यो गिल्लाको गीत गाउनेछौ, “अत्याचारीको अन्त्य कसरी भएको छ, घमण्डी क्रोधको अन्त्य भयो!
И приимеши плачь сей на царя Вавилонска и речеши в той день: како преста истязуяй и преста понуждаяй?
5 परमप्रभुले दुष्टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्नुभएको छ,
Сокруши Бог ярем грешников, ярем князей,
6 जसले मानिसहरूलाई क्रोधमा निरन्तर रूपमा प्रहार गर्यो, जसले अनियन्त्रित रूपमा आक्रमण गरेर जातिहरूमाथि क्रोधमा राज्य गर्यो ।
поразив язык яростию, язвою неизцельною, поражаяй язык язвою ярости, еюже не пощаде, почи уповающи.
7 सम्पूर्ण पृथ्वी नै विश्राममा छ र शान्त छ । तिनीहरूले गीत गाउँदै उत्सव मनाउन सुरु गर्छन् ।
Вся земля вопиет со веселием,
8 सल्लाका रूखहरू लेबनानको देवदारुहरूसँगै तँलाई देखेर रमाउँछन् । तिनीहरू भन्छन्, 'तँलाई तल खसालिएको हुनाले, हामीलाई काटेर ढाल्न काठ काट्ने कुनै मानिस माथि आउनेछैन ।'
и древа ливанова возвеселишася о тебе и кедр ливанский: отнележе ты уснул еси, не взыде посекаяй нас.
9 तँ चिहानमा जाँदा, तँलाई भेट्न चिहान उत्सुक हुन्छ । पृथ्वीका सबै राजालाई, जातिहरूका सबै राजालाई, आफ्ना सिंहासनबाट माथि खडा हुन लगाएर तेरो निम्ति त्यसले मृतहरूलाई जगाउँछ । (Sheol )
Ад доле огорчися, срет тя: восташа с тобою вси Исполини обладавшии землею, подвизавшии от престолов своих всех царей языческих. (Sheol )
10 तिनीहरू सबै बोल्नेछन् र तँलाई यसो भन्नेछन्, 'तँ पनि हामीजस्तै कमजोर भएको छस् । तँ पनि हामीजस्तै भएको छस् ।
Вси отвещают и рекут тебе: и ты пленен еси, якоже и мы: и в нас вменен еси.
11 तेरो तडकभडकलाई तेरो वीणाहरूको आवाजसँगै चिहनामा ल्याइएको छ । तँमुनि औंसाहरू फैलिएका छन् र तँलाई किराहरूले ढाकेको छ,' (Sheol )
Сниде слава твоя во ад, многое веселие твое: под тобою постелют гнилость, и покров твой червь. (Sheol )
12 ए दिनको तारा, बिहानको पुत्र, तँ कसरी स्वर्गबाट तल झरेको छस्! जातिहरूमाथि विजय पाएको, तँलाई कसरी भूइँमा ढालिएको छ!
Како спаде с небесе денница восходящая заутра? Сокрушися на земли посылаяй ко всем языком.
13 तैंले आफ्नो हृदयमा भनेको थिइस्, 'म स्वर्गमा चढ्नेछु, परमेश्वरका ताराहरूभन्दा माथि म आफ्नो सिंहासनलाई उचाल्नेछु, र सभाको पहाडमाथि सूदूर उत्तरमा म विराजमान हुनेछु ।
Ты же рекл еси во уме твоем: на небо взыду, выше звезд небесных поставлю престол мой, сяду на горе высоце, на горах высоких, яже к северу:
14 बादलहरूको उचाइभन्दा माथि म चड्नेछु । म आफैलाई सर्वोच्च परमेश्वरजस्तै बनाउनेछु ।'
взыду выше облак, буду подобен Вышнему.
15 तापनि तँलाई अब चिहानमा, खडालको गहिराइमा तल खसालिएको छ । (Sheol )
Ныне же во ад снидеши и во основания земли. (Sheol )
16 तँलाई देख्नेहरूले तँलाई टुलुटुलु हेर्नेछन् र तिनीहरूले तँलाई ध्यान दिनेछन् । तिनीहरूले सोध्नेछन्, 'के यो त्यही मानिस हो, जसले पृथ्वीलाई थर्कमान पार्यो, जसले राज्यहरूलाई हल्लायो,
Видевшии тя удивятся о тебе и рекут: сей человек раздражаяй землю, потрясаяй цари,
17 जसले संसारलाई उजाड-स्थानजस्तो बनायो, जसले सहरहरूलाई नष्ट पार्यो र आफ्ना कैदीहरूलाई घर जान दिएन?'
положивый вселенную всю пусту и грады ея разсыпа, плененых не разреши.
18 जातिहरूका सबै राजा, तीमध्ये सबै जना, हरेक व्यक्ति आ-आफ्ना चिहानमा आदरसाथ सुत्छन् ।
Вси царие языков успоша в чести, кийждо в дому своем.
19 तर एउटा हाँगालाई फालेझैं, तेरो चिहानबाट तँलाई बाहिर फालिएको छ । तरवारले छेडेर मारिएका खाल्डोका ढुङ्गाहरूतिर जाने मृतकहरूले तँलाई कपडाले झैं ढाक्छन् ।
Ты же повержен будеши в горах, яко мертвец мерзкий со многими мертвецы изсечеными мечем, сходящими во ад.
20 तैंले आफ्नो देशलाई नाश पारेको र आफ्ना मानिसहरूलाई मारेको हुनाले तिनीहरूसँगै तेरो दफन हुनेछैन । दुष्ट काम गर्नेहरूका सन्तानलाई फेरि कहिल्यै याद गरिनेछैन ।”
Якоже риза в крови намочена не будет чиста, такожде и ты не будеши чист, зане землю Мою погубил еси и люди Моя избил еси: не пребудеши в вечное время, семя злое.
21 त्यसका सन्तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।
Уготови чада твоя на убиение грехами отца твоего, да не востанут и наследят землю и наполнят землю ратьми.
22 “तिनीहरू विरुद्धमा म खडा हुनेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो । “म बेबिलोनबाट नाउँ, सन्तान र वंशज नष्ट पार्नेछु,”— यो परमप्रभुको घोषणा हो ।
И востану на ня, глаголет Господь Саваоф, и погублю имя их, и останок, и семя: сия глаголет Господь.
23 “म त्यसलाई लाटोकोसेरोको अधीनमा र पानीको तलाउमा राख्नेछु, र विनाशको कुचोले म त्यसलाई बढार्नेछु,”— यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।
И положу Вавилона пуста, яко вогнездитися ежем, и будет ни во чтоже: и положу и брения пропасть в пагубу.
24 सर्वशक्तिमान् परमप्रभुले शपथ खानुभएको छ, “निश्चय नै, जस्तो मैले इच्छा गरेको छु, त्यस्तै हुनेछ । अनि जे उद्देश्य मैले राखेको छु, त्यो पुरा हुनेछ ।
Сия глаголет Господь Саваоф: якоже глаголах, тако будет, и якоже совещах, тако пребудет,
25 अश्शूरलाई म आफ्नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्यसलाई खुट्टामुनि कुल्चिनेछु । तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठ्यूबाट त्यसको भारी निकालिनेछ ।”
еже погубити Ассириан на земли Моей и на горах Моих: и будут в попрание, и отимется от них ярем их, и слава их от рамен их отимется.
26 सम्पूर्ण पृथ्वीको निम्ति इच्छा गरिएको योजना यही हो र सारा जातिहरूमाथि पसारिएको बहुली यही हो ।
Сей совет, егоже совеща Господь на всю вселенную, и сия рука на вся языки вселенныя:
27 किनकि सर्वशक्तिमान् परमप्रभुले नै यो योजना गर्नुभएको छ । उहाँलाई कसले रोक्न सक्छ र? उहाँको हात उचालिएको छ र त्यसलाई कसले फर्काउने छ र?
яже бо Бог Святый совеща, кто разорит? И руку Его высокую кто отвратит?
28 आहाज राजा मरेको वर्षमा यो घोषणा आयोः
В лето, в неже умре Ахаз царь, бысть глагол сей:
29 ए सारा पलिश्तीहरू हो, तिमीहरूलाई प्रहार गर्ने छडी भाँचिएको छ भनेर आनन्दित नहोओ । किनकि साँपको वंशबाट झन् विषलु सर्प बढ्नेछ, र त्यसको सन्तान डरलाग्दो उड्ने सर्प हुनेछ ।
не радуйтеся, вси иноплеменницы, сокрушися бо ярем биющаго вы: от семене бо змиина изыдут изчадия аспидов, и изчадия их изыдут змии парящии:
30 गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्ना भेडाहरू चराउनेछन्, र खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन् । तेरो वंशलाई म अनिकाले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्याउनेछ ।
и упасутся убозии им, нищии же человецы в мире почиют: и потребит гладом семя твое, и останок твой избиет.
31 ए ढोका करा । ए सहर चिच्या । हे पलिश्ती, तिमीहरू सबै पग्लेर हराउनेछौ । किनकि उत्तरबाट धूँवाको बादल आउँछ र त्यसको पङ्तिमा धरमराउने कोही छैन ।
Восплачитеся, врата градов, да возопиют грады смятеннии, иноплеменницы вси, зане дым от севера идет, и несть, иже пребудет.
32 जातिका दूलहरूलाई तिनीहरूले कसरी जवाफ दिनेछन्? “परमप्रभुले सियोनलाई बसाल्नुभएको छ, त्यसमा कष्टमा परेका मानिसहरूले शरण लिनेछन् ।”
И что отвещают царие языков? Яко Господь основа Сиона, и тем спасутся смиреннии людий Его.