< यशैया 13 >
1 बेबिलोन बारेमा आमोजका छोरा यशैयाले प्राप्त गरेका घोषणाः
Видение на Вавилона, еже виде Исаиа сын Амосов.
2 नाङ्गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर, तिनका निम्ति उच्च सोरले कराओ, भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर ।
На горе польней воздвигните знамение, вознесите глас им, не бойтеся, поущайте рукою, отверзите, князи.
3 मेरो पवित्र जनलाई मैले आज्ञा गरेको छु, हो, मेरो क्रोध पुरा गर्न आफ्ना शक्तिशाली मानिसहरूलाई, गर्भका साथ आनन्दित हुने मेरो जनलाई समेत मैले बोलाएको छु ।
Аз повелеваю, освященни суть: и Аз веду их, исполини идут исполнити ярость Мою радующеся, вкупе и укаряюще.
4 पर्वतहरूमा एउटा भीडको जस्तो धेरै जना मानिसहरूको हल्ला! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्छ ।
Глас языков многих на горах, подобен языков многих, глас царей и языков собравшихся: Господь Саваоф заповеда языку оружеборцу
5 तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्यायको माध्यामले सम्पूर्ण देशलाई नाश गर्नुहुन्छ ।
приити от земли издалеча, от края основания небесе, Господь и оружеборцы Его, растлити всю вселенную.
6 डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्बाट विनाशसँगै आउँछ ।
Рыдайте: близ бо день Господень, и сокрушение от Бога приидет:
7 यसकारण सबै हात कमजोर हुन्छन् र हरेक मुटुले ठाउँ छोड्छ ।
сего ради всяка рука разслабеет, и всяка душа человеча убоится,
8 तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् ।
и смятутся послы, и болезни приимут я яко жены раждающия: и поскорбят друг ко другу, и ужаснутся, и лице свое яко пламень изменят.
9 हेर, देशलाई विनाश पार्न र त्यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।
Се бо, день Господень грядет неизцельный, ярости и гнева, положити вселенную (всю) пусту и грешники погубити от нея.
10 आकाशका ताराहरू र तारा पुन्जहरूले आफ्ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन ।
Звезды бо небесныя и орион и все украшение небесное света своего не дадят, и помрачится солнце возсиявающее, и луна не даст света своего.
11 संसारलाई त्यसको दुष्टताको निम्ति अनि दुष्टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्नेछु ।
И заповем всей вселенней злая и нечестивым грехи их, и погублю укоризну беззаконных и укоризну гордых смирю:
12 मानिसहरूलाई निखुर सुनभन्दा पनि दुर्लभ र मानवजाति भेट्न ओपीरको शुद्ध सुनभन्दा पनि कठिन म बनाउनेछु ।
и будут оставшии честнии паче, нежели злато нежженое, и человек честен будет паче, нежели камень, иже от Суфира.
13 यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्दो क्रोध र उहाँको प्रचण्ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्नो ठाउँमा हल्लिनेछ ।
Разярится бо небо, и земля потрясется от оснований своих, за ярость гнева Господа Саваофа в день, в оньже приидет ярость Его.
14 लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्नेछ ।
И будут оставшии яко серна бежащая и яко овца заблудившая, и не будет собираяй, яко человеку в люди своя возвратитися, и человек во страну свою побегнет.
15 भेट्टाइएका हरेक व्यक्तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्यक्ति तरवारले मर्नेछ ।
Иже бо аще пленится, поразится, и иже собрани суть, мечем падут.
16 तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्नीहरूलाई बलत्कार गरिनेछ ।
И чада их пред ними разбиют, и домы их пленят, и жены их поймут.
17 हेर, तिनीहरूलाई आक्रमण गर्न मैले मादीहरूलाई उक्साउनै लागेको छु, जसले चाँदीको ख्याल गर्दैनन् न त तिनीहरू सुनमा नै खुसी हुन्छन् ।
Се, Аз возбуждаю на вы Мидов, иже сребра не вменяют, ниже злата требуют:
18 तिनीहरूका धनुले जवान मानिसहरूलाई प्रहार गर्नेछ । तिनीहरूले दूधे बालकहरूलाई दया देखाउँदैनन् र तिनीहरूले बालबालिकालाई दया देखाउँदैनन् ।
стреляния юношеская сокрушат, и чад ваших не помилуют, ниже пощадят чад твоих очи их.
19 त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्वरले सदोम र गमोरालाई झैं नष्ट पार्नुहुनेछ ।
И будет Вавилон, иже нарицается славный от царя Халдейска, якоже разсыпа Бог Содому и Гоморру,
20 पुस्तौं-पुस्तासम्म त्यसमा कोही बसोवास गर्नेछैनन् । अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन, न त गोठालाहरूले आफ्ना बगालहरूलाई त्यहाँ विश्राम गराउनेछन् ।
не населится в вечное время, и не внидут в онь чрез многия роды, ниже пройдут его Аравляне, ниже пастуси почиют в нем.
21 तर मरूभुमिका जङ्गली पशुहरू त्यहाँ बस्नेछन् । तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् । सुतुर्मुगहरू र घोरलहरू त्यहाँ उफ्रनेछन् ।
И почиют тамо зверие, и наполнятся домове шума, и почиют ту сирини, и беси тамо воспляшут,
22 तिनीहरूका किल्लाहरूमा हुँडारहरू कराउनेछन् र तिनीहरूका सुन्दर दरबारहरूमा स्यालहरू हुनेछन् । त्यसको समय नजिकै छ र त्यसका दिनहरू बिलम्व हुनेछैनन् ।
и онокентавры тамо вселятся, и вогнездятся ежеве в домех их.