< यशैया 12 >
1 त्यस दिन तिमीहरूले यसो भन्नेछौ, “हे परमप्रभु, म तपाईंलाई धन्यावाद दिनेछु । किनकि तपाईं मसँग रिसाउनु भए तापनि, तपाईंको रिस मरेको छ, र तपाईंले मलाई सान्त्वना दिनुभएको छ ।
Katika siku ile utasema: “Nitakusifu wewe, Ee Bwana. Ingawa ulinikasirikia, hasira yako imegeukia mbali nawe umenifariji.
2 हेर, परमेश्वर मेरो मुक्ति हुनुहुन्छ । म भरोसा गर्नेछु र डराउनेछैन, किन परमप्रभु नै, हो परमप्रभु नै मेरो बल र गीत हुनुहुन्छ । उहाँ मेरो मुक्ति हुनुभएको छ ।”
Hakika Mungu ni wokovu wangu; nitamtumaini wala sitaogopa. Bwana, Bwana, ni nguvu zangu na wimbo wangu; amekuwa wokovu wangu.”
3 आनन्दसाथ तिमीहरूले मुक्तिको इनारहरूबाट पानी तान्नेछौ ।
Kwa furaha mtachota maji kutoka visima vya wokovu.
4 त्यस दिन तिमीहरूले भन्नेछौ, “परमप्रभुलाई धन्यवाद देऊ र उहाँको नाउँ पुकार । मानिसहरूका माझमा उहाँको कामहरूको घोषणा गर, उहाँको नाउँ उचालिएको छ भनी बताऊ ।
Katika siku hiyo mtasema: “Mshukuruni Bwana, mliitie jina lake; julisheni miongoni mwa mataifa yale aliyoyafanya, tangazeni kuwa jina lake limetukuka.
5 परमप्रभुको निम्ति गीत गाओ, किनकि उहाँले महिमित कुराहरू गर्नुभएको छ । यसलाई सारा पृथ्वीभरि प्रकट गरियोस् ।
Mwimbieni Bwana, kwa kuwa ametenda mambo makuu, hili na lijulikane duniani kote.
6 ए सियोनका बासिन्दाहरू हो, उच्च सोरले कराओ र आनन्दसाथ चिच्याओ, किनकि तिमीहरूका माझमा इस्राएलका परमपवित्र महान् हुनुहुन्छ ।
Pazeni sauti mwimbe kwa furaha, watu wa Sayuni, kwa maana mkuu ni yeye Aliye Mtakatifu wa Israeli miongoni mwenu.”