< होशे 1 >
1 यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामको समयमा बेरीको छोरो होशेकहाँ आऐको परमप्रभुको वचन यही हो,
当乌西雅、约坦、亚哈斯、希西家作犹大王,约阿施的儿子耶罗波安作以色列王的时候,耶和华的话临到备利的儿子何西阿。
2 जब परमप्रभु पहिलो पटक होशेद्वारा बोल्नुभयो, तब उहाँले तिनलाई यसो भन्नुभयो, “जा अनि एउटा वेश्यालाई आफ्नो पत्नी बना । त्यसले आफ्नो वेश्यागमनको फलस्वरूप छोराछोरी जन्माउनेछे । किनकि देशले परमप्रभुलाई त्यागेर ठुलो वेश्यागमन गरिरहेको छ ।”
耶和华初次与何西阿说话,对他说:“你去娶淫妇为妻,也收那从淫乱所生的儿女;因为这地大行淫乱,离弃耶和华。”
3 यसैले होशे गएर दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्यो गर्भवती भई र तिनको निम्ती एउटा छोरो जन्माई ।
于是,何西阿去娶了滴拉音的女儿歌篾。这妇人怀孕,给他生了一个儿子。
4 परमप्रभुले होशेलाई भन्नुभयो, “उसको नाउँ यिजरेल राख् । किनकि केही समयमा नै, म येहूको घरानालाई यिजरेलमा बगाएको रगतको कारण दण्ड दिनेछु र इस्राएलको घरानाको राज्यलाई म अन्त गर्नेछु ।
耶和华对何西阿说:“给他起名叫耶斯列;因为再过片时,我必讨耶户家在耶斯列杀人流血的罪,也必使以色列家的国灭绝。
5 त्यस दिनमा यिजरेलको बेसीमा म इस्राएलको धनु भाँचिदिनेछु ।”
到那日,我必在耶斯列平原折断以色列的弓。”
6 गोमेर फेरि गर्भवती भई र एउटी छोरी जन्माई । तब परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाउँ लो-रूहामा राख्, किनकि इस्राएलको घरानालाई म फेरि कृपा गर्ने छैनँ, तिनीहरूलाई म कुनै किसिमले पनि क्षमा गर्ने छैनँ ।
歌篾又怀孕生了一个女儿,耶和华对何西阿说:“给她起名叫罗·路哈玛;因为我必不再怜悯以色列家,决不赦免他们。
7 तापनि यहूदाको घरानामाथि म कृपा गर्नेछु, र म परमप्रभु तिनीहरूका परमेश्वर आफैले तिनीहरूलाई बचाउनेछु । धनु, तरवार, युद्ध, घोडाहरू, वा घोडचढीहरूले, म तिनीहरूलाई बचाउनेछैन ।”
我却要怜悯犹大家,使他们靠耶和华—他们的 神得救,不使他们靠弓、刀、争战、马匹,与马兵得救。”
8 गोमेरले लो-रूहामालाई दूध छुटाएपछि, त्यो गर्भवती भई र अर्को एउटा छोरो जन्माई ।
歌篾给罗·路哈玛断奶以后,又怀孕生了一个儿子。
9 तब परमप्रभुले भन्नुभयो, “त्यसको नाउँ लो-अम्मी राख, किनकि तिमीहरू मेरा मनिसहरू होइनौ, र म तिमीहरूका परमेश्वर होइनँ ।
耶和华说:“给他起名叫罗·阿米;因为你们不作我的子民,我也不作你们的 神。”
10 तापनि इस्राएलका मानिसहरूको सङ्ख्या समुद्रको किनारको बालुवा जत्तिकै हुनेछ, जसलाई नाप्न वा गन्न सकिंदैन । त्यो त्यहीं हुनेछ जहाँ तिनीहरूलाई भनिएको थियो, ‘तिमीहरू मेरा प्रजा होइनौ’, तिनीहरूलाई यसो भनिनेछ, ‘तिमीहरू जीवित परमेश्वरका मानिसहरू हौ ।’
然而,以色列的人数必如海沙,不可量,不可数。从前在什么地方对他们说“你们不是我的子民”,将来在那里必对他们说“你们是永生 神的儿子”。
11 यहूदाका मानिसहरू र इस्राएलका मानिसहरू, एकसाथ भेला पारिनेछन् । तिनीहरूले आफ्ना निम्ति एक जना अगुवालाई नियुक्त गर्नेछन्, र तिनीहरू त्यस देशबाट माथितर्फ जानेछन् किनकि यिजरेलको दिन महान् हुनेछ ।
犹大人和以色列人必一同聚集,为自己立一个首领,从这地上去,因为耶斯列的日子必为大日。