< होशे 8 >

1 “तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।
“Monhyɛn torobɛnto! Ɔkɔre bi wɔ Awurade fifo so efisɛ nnipa no abu mʼapam so na wɔasɔre atia me mmara.
2 तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्‍वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं ।’
Afei Israel su frɛ me se, ‘Yɛn Nyankopɔn, yegye wo to mu!’
3 तर इस्राएलले जे असल छ त्यो इन्‍कार गरेको छ, र सत्रुले त्यसलाई खेद्‍नेछ ।
Nanso Israel apo nea eye; ɔtamfo bɛtaa no.
4 मैले नचुनेका राजाहरूलाई, तिनीहरूले स्थापित गरेका छन् । तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्‍त गरेका छन् । आफ्‍ना चाँदी र सुनले, आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन्, तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो ।”
Wosisi ahemfo a minnim ho hwee, wɔpaw ahenemma wɔ bere a mempenee so ɛ. Wɔde wɔn dwetɛ ne wɔn sikakɔkɔɔ yɛ ahoni ma wɔn ho de sɛe wɔn ankasa ho.
5 “ए समारिया, तेरो बाछो तिरस्‍कृत भएको छ । यी मानिसहरूका विरूद्धमा मेरो क्रोध जल्‍दैछ । किनकि कहिलेसम्म तिनीहरू दोषी रहनेछन्?
Tow wo nantwi ba ohoni no kyene, Samaria! Mʼabufuwhyew reba wɔn so. Wɔbɛtena nea ɛho ntew mu akosi da bɛn?
6 किनकि यो मूर्ति इस्राएलबाट आएको हो । एउटा कारिगरले त्‍यो बनायो । त्यो परमेश्‍वर होइन! सामरियाको बाछोलाइ टुक्रा-टुक्रा पारिनेछ ।
Wofi Israel! Saa nantwi ba yi, odwumfo bi na osenii; ɛnyɛ Onyankopɔn! Wobebubu mu asinasin, saa Samaria nantwi ba no.
7 किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन् । खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिंदैन । त्यसमा फसल लाग्‍यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन् ।
“Wodua mframa na wotwa mfɛtɛ. Awi a egyina hɔ no nni ti; nti wɔrennya siam mfi mu. Sɛ ɛsow aduan mpo a, ahɔho na wobedi.
8 इस्राएल निलिएको छ । अब जातिहरूमा बिचमा ती काम नलाग्‍ने वस्तुझैं रहन्‍छन् ।
Wɔamene Israel; afei ɔfra aman no mu te sɛ ade a so nni mfaso biara.
9 किनकि वन-गधा एक्लै गएझैं, तिनीहरू अश्‍शूरसम्‍म गए । एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्‍त गरेको छ ।
Na wɔakɔ Asiria te sɛ wuram afurum a ɔno nko ara nenam. Efraim nso atɔn ne ho ama adɔfo.
10 तिनीहरूले जातिहरूका बिचमा प्रेमीहरू नियुक्‍त गरे तापनि, अब तिनीहरूलाई म एकसाथ भेला गराउनेछु । राजकुमारहरूका राजाको दमनको कारणले, तिनीहरू दुःखी हुन लाग्‍नेछन् ।
Ɛwɔ mu, wɔatɔn wɔn ho wɔ amanaman no mu de, nanso mɛboaboa wɔn ano. Wɔn so befi ase atew wɔ ɔhene kɛse bi nhyɛso ase.
11 किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन्, तर झन् पाप गर्ने वेदीहरू ती भएका छन् ।
“Ɛwɔ mu sɛ Efraim sisii afɔremuka bebree a wɔbɔ bɔnefakyɛ afɔre wɔ so de, ɛno nti abɛyɛ afɔremuka a wɔyɛ bɔne wɔ so.
12 तिनीहरूका निम्ति मैले आफ्‍नो व्यवस्थालाई दस हजारपल्‍ट लेखे पनि, तिनीहरूले त्यसलाई कुनै नयाँ कुराजस्‍तो गरी हेर्छन् ।
Mekyerɛw me mmara a ɛfa nneɛma bebree ho maa wɔn, nanso wɔfaa no sɛ ananafo ade.
13 मेरा भेटीहरूका बलिदानको बारेमा, तिनीहरूले मासु चढाउँछन् र त्यो खान्‍छन्, तर म, परमप्रभुले त्यो ग्रहण गर्दिनँ । अब म तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु, र तिनीहरूका पापलाई दण्ड दिनेछु । तिनीहरू मिश्रदेशमा फर्कनेछन् ।
Wɔde mʼayɛyɛde bɔ afɔre na wɔwe nam no, nanso wɔnsɔ Awurade ani. Afei ɔbɛkae wɔn atirimɔdensɛm na wɔatwe wɔn aso wɔ wɔn bɔne ho: Wɔbɛsan akɔ Misraim.
14 इस्राएलले आफ्‍ना सृष्‍टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ । यहूदाले धेरै सहरहरूलाई किल्‍लाबन्‍दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्‍लाहरू भष्‍म पार्नेछ ।
Israel werɛ afi ne yɛfo na wasisi ahemfi akɛseakɛse; Yuda abɔ nkurow bebree ho ban. Nanso mɛto ne nkuropɔn mu gya a ɛbɛhyew wɔn aban.”

< होशे 8 >