< होशे 8 >
1 “तुरही फुक्न तयार होओ! परमप्रभुको मन्दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन् ।
Set the trumpet to thy mouth. [He cometh] as an eagle against the house of Jehovah, because they have transgressed my covenant, and rebelled against my law.
2 तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं ।’
They shall cry unto me, My God, we know thee; [we], Israel.
3 तर इस्राएलले जे असल छ त्यो इन्कार गरेको छ, र सत्रुले त्यसलाई खेद्नेछ ।
Israel hath cast off good: the enemy shall pursue him.
4 मैले नचुनेका राजाहरूलाई, तिनीहरूले स्थापित गरेका छन् । तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्त गरेका छन् । आफ्ना चाँदी र सुनले, आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन्, तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो ।”
They have set up kings, but not by me; they have made princes, and I knew it not; of their silver and their gold have they made them idols, that they may be cut off.
5 “ए समारिया, तेरो बाछो तिरस्कृत भएको छ । यी मानिसहरूका विरूद्धमा मेरो क्रोध जल्दैछ । किनकि कहिलेसम्म तिनीहरू दोषी रहनेछन्?
Thy calf, O Samaria, hath cast [thee] off; mine anger is kindled against them: how long will they be incapable of purity?
6 किनकि यो मूर्ति इस्राएलबाट आएको हो । एउटा कारिगरले त्यो बनायो । त्यो परमेश्वर होइन! सामरियाको बाछोलाइ टुक्रा-टुक्रा पारिनेछ ।
For from Israel is this also: — a workman made it, and it is no God: for the calf of Samaria shall be [broken in] pieces.
7 किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन् । खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिंदैन । त्यसमा फसल लाग्यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन् ।
For they have sown the wind, and they shall reap the whirlwind: it hath no stalk; should it sprout, it would yield no meal; if so be it yield, strangers shall swallow it up.
8 इस्राएल निलिएको छ । अब जातिहरूमा बिचमा ती काम नलाग्ने वस्तुझैं रहन्छन् ।
Israel is swallowed up: now are they become among the nations as a vessel wherein is no pleasure.
9 किनकि वन-गधा एक्लै गएझैं, तिनीहरू अश्शूरसम्म गए । एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्त गरेको छ ।
For they are gone up [to] Assyria [as] a wild ass alone by himself: Ephraim hath hired lovers.
10 तिनीहरूले जातिहरूका बिचमा प्रेमीहरू नियुक्त गरे तापनि, अब तिनीहरूलाई म एकसाथ भेला गराउनेछु । राजकुमारहरूका राजाको दमनको कारणले, तिनीहरू दुःखी हुन लाग्नेछन् ।
Although they hire among the nations, now will I gather them, and they shall begin to be straitened under the burden of the king of princes.
11 किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन्, तर झन् पाप गर्ने वेदीहरू ती भएका छन् ।
Because Ephraim hath multiplied altars to sin, altars shall be unto him to sin.
12 तिनीहरूका निम्ति मैले आफ्नो व्यवस्थालाई दस हजारपल्ट लेखे पनि, तिनीहरूले त्यसलाई कुनै नयाँ कुराजस्तो गरी हेर्छन् ।
I have prescribed unto him the manifold things of my law: they are counted [as] a strange thing.
13 मेरा भेटीहरूका बलिदानको बारेमा, तिनीहरूले मासु चढाउँछन् र त्यो खान्छन्, तर म, परमप्रभुले त्यो ग्रहण गर्दिनँ । अब म तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु, र तिनीहरूका पापलाई दण्ड दिनेछु । तिनीहरू मिश्रदेशमा फर्कनेछन् ।
They sacrifice flesh [for] the sacrifices of mine offerings, and eat it; Jehovah hath no delight in them. Now will he remember their iniquity, and visit their sins: they shall return to Egypt.
14 इस्राएलले आफ्ना सृष्टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ । यहूदाले धेरै सहरहरूलाई किल्लाबन्दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्लाहरू भष्म पार्नेछ ।
For Israel hath forgotten his Maker, and buildeth temples; and Judah hath multiplied fenced cities: but I will send a fire upon his cities, and it shall devour the palaces thereof.