< होशे 7 >

1 मैले इस्राएललाई निको पार्ने इच्‍छा गर्दा, एफ्राइमको पाप र सामरियाका दुष्‍ट कामहरू प्रकट हुन्छन्, किनकि तिनीहरू धोकापूर्ण काम गर्छन् । एक जना चोर भित्र प्रवेश गर्छ, र डाँकूहरूको समुहले सडकमा आक्रमण गर्छ ।
Wakati wowote ninapotaka kuponya Israeli, dhambi ya Efraimu inafunuliwa, pamoja na matendo maovu ya Samaria, kwa sababu wanafanya udanganyifu; mwizi huingia, na kundi la wanyang'anyi hushambulia mitaani.
2 तिनीहरूका सबै दुष्‍ट कामलाई मैले याद गर्छु, भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् । अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् । ती मेरो अनुहारको सामु छन् ।
Hawatambui mioyoni mwao kwamba ninakumbuka matendo yao mabaya. Sasa matendo yao huwazunguka; yapo mbele ya uso wangu.
3 तिनीहरूले आफ्ना दुष्‍टताले राजालाई, र आफ्ना झुटले अधिकारीहरूलाई खुशी बनाउँछन् ।
Kwa sababu ya uovu wao wamemfanya mfalme awe na furaha, na maofisa wao kwa uongo wao.
4 रोटी बनाउनेले तताएको तावाजस्‍तै, जसले पिठो मुछेर नफुलेसम्म आगो बाल्‍दैन, तिनीहरू सबै व्यभिचारीहरू हुन् ।
Wote ni wazinzi, kama tanuru iliyochomwa na mwokaji, ambaye huacha kuuchochea moto tangu kukanda unga mpaka kuwa chachu.
5 हाम्रा राजाको दिनमा अधिकारीहरूले आफैंलाई दाखमद्यको मातले बिरामी पार्छन् । ठट्टा गर्नेहरूसँग उसले आफ्नो हात मिलायो ।
Siku ya mfalme wetu, viongozi walijifanya wagonjwa na ukali wa divai. Alinyoosha mkono wake kwa wale waliokuwa wakidhihaki.
6 किनकि एउटा तावाजस्‍तो हृदयहरूले, तिनीहरू आफ्ना छलपूर्ण योजना बनाउँछन् । तिनीहरूको रिस रातभरि दन्किन्छ । बिहान त्यो ज्वालामय आगोझैं बल्दछ ।
kwa mioyo kama tanuri, wao hupanga mipango yao ya udanganyifu. Hasira zao hulala usiku wote; asubuhi huwaka juu kama moto.
7 तिनीहरू सबै तावाजस्‍तै तातो छन्, र आफूमाथि शासन गर्नेलाई तिनीहरू भस्म पार्छन् । तिनीहरूका सबै राजा पतित भएका छन् । तीमध्‍ये कसैले मलाई पुकारा गर्दैनन् ।
Wote wamepata moto kama tanuru, na huwaangamiza wale wanaowatawala. Wafalme wao wote wameanguka; hakuna hata mmoja wao ananiita.
8 एफ्राइमले आफैंलाई अरू मानिसहरूसँग मिसाएको छ । नफर्काइएको रोटीजस्‍तै एफ्राइम छ ।
Efraimu anajichanganya mwenyewe kati ya watu. Efraimu ni mkate ambayo haujawahi kugeuzwa.
9 परदेशीहरूले उसको शक्तिलाई नष्‍ट गरेको छ, तर उसलाई त्यो थाहा नै छैन । उसमा यताउता केश फुलेका छन्, तर उसलाई त्यो थाहा छैन ।
Wageni wamekula nguvu zake, lakini hajui. Nywele za mvi hunyunyiza juu yake, lakini hajui.
10 इस्राएलको घमण्डले आफ्‍नै विरुद्ध गवाही दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्‍ना परमेश्‍वरतिर फर्केका छैनन्, न त यी सबै कुरापछि पनि तिनीहरूले उहाँलाई खोजेका छन् ।
Kiburi cha Israeli kinawashuhudia; hata hivyo, hawajarudi kwa Bwana, Mungu wao, wala hawakumtafuta licha ya hayo yote.
11 एफ्राइमचाहिं सजिलै छकाउन सकिने र विवेकहीन ढुकुरजस्‍तो छ, मिश्रदेशलाई पुकारा गर्दैछ, त्‍यसपछि अश्‍शूरतिर उड्दैछ ।
Efraimu ni kama njiwa, baradhuli na asiye na busara, humwita kwenda Misri, kisha huruka kwenda Ashuru.
12 जब तिनीहरू जान्छन्, तब तिनीहरूमाथि म आफ्‍नो जाल फैलाउनेछु, आकाशका चराहरूझैं तिनीहरूलाई म तल खसाल्‍नेछु । तिनीहरू एकसाथ जम्‍मा हुँदा म तिनीहरूलाई दण्ड दिनेछु ।
Wakienda, nitasambaza wavu wangu juu yao, nami nitawaangusha kama ndege wa angani. Nitawaadhibu katika kusonga kwao pamoja.
13 तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्‍थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले ।
Ole wao! Kwa maana wamepotea kutoka kwangu. Uharibifu unawajia! Wao wameasi dhidi yangu! Napenda kuwaokoa, lakini waliongea uongo dhidi yangu.
14 आफ्ना सारा हृदयले, तिनीहरूले मसँग पुकारा गरेका छैनन्, तर आफ्ना ओछ्यानमा तिनीहरू विलाप गर्छन् । अन्‍न, र नयाँ दाखमद्यको निम्ति तिनीहरू एकसाथ भेला हुन्छन्, र तिनीहरू मबाट टाढा जान्छन् ।
Wala hawakunililia kwa moyo wao wote, lakini wanaomboleza kwenye vitanda vyao. Wanakusanyika kwa ajili ya nafaka na divai mpya, nao wananiasi mimi.
15 मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुराहरूलाई सशक्‍त बनाएँ, तापनि अहिले तिनीहरू मेरो विरुद्धमा नै खराब षड्‌यन्‍त्र रच्‍छन् ।
Ingawa niliwafundisha na kuimarisha mikono yao, sasa wanapanga mabaya dhidi yangu.
16 तिनीहरू फर्कन्छन्, तर म, अर्थात् सर्वोच्‍चतिर भने फर्कंदैनन् । तिनीहरू धोका दिने धनुझैं छन् । आफ्ना जिब्रोको निर्लज्‍जताका कारणले, तिनीहरूका अधिकारीहरू तरवारले मारिनेछन् । मिश्रदेशमा यही तिनीहरूको उपहास हुनेछ ।
Wanarudi, lakini harudi kwangu, Niliye Juu. Wao ni kama upinde usiotumainika. Maofisa wao wataanguka kwa upanga kwa sababu ya udhalimu wa vinywa. Hii itakuwa ni aibu yao katika nchi ya Misri.

< होशे 7 >