< होशे 7 >
1 मैले इस्राएललाई निको पार्ने इच्छा गर्दा, एफ्राइमको पाप र सामरियाका दुष्ट कामहरू प्रकट हुन्छन्, किनकि तिनीहरू धोकापूर्ण काम गर्छन् । एक जना चोर भित्र प्रवेश गर्छ, र डाँकूहरूको समुहले सडकमा आक्रमण गर्छ ।
我想医治以色列的时候, 以法莲的罪孽和撒马利亚的罪恶就显露出来。 他们行事虚谎, 内有贼人入室偷窃, 外有强盗成群骚扰。
2 तिनीहरूका सबै दुष्ट कामलाई मैले याद गर्छु, भनी तिनीहरूले आफ्नो हृदयहरूमा महसुस नै गर्दैनन् । अब तिनीहरूका कामहरूले तिनीहरूलाई नै घेर्छन् । ती मेरो अनुहारको सामु छन् ।
他们心里并不思想我记念他们的一切恶; 他们所行的现在缠绕他们,都在我面前。
3 तिनीहरूले आफ्ना दुष्टताले राजालाई, र आफ्ना झुटले अधिकारीहरूलाई खुशी बनाउँछन् ।
他们行恶使君王欢喜, 说谎使首领喜乐。
4 रोटी बनाउनेले तताएको तावाजस्तै, जसले पिठो मुछेर नफुलेसम्म आगो बाल्दैन, तिनीहरू सबै व्यभिचारीहरू हुन् ।
他们都是行淫的, 像火炉被烤饼的烧热, 从抟面到发面的时候, 暂不使火着旺。
5 हाम्रा राजाको दिनमा अधिकारीहरूले आफैंलाई दाखमद्यको मातले बिरामी पार्छन् । ठट्टा गर्नेहरूसँग उसले आफ्नो हात मिलायो ।
在我们王宴乐的日子, 首领因酒的烈性成病; 王与亵慢人拉手。
6 किनकि एउटा तावाजस्तो हृदयहरूले, तिनीहरू आफ्ना छलपूर्ण योजना बनाउँछन् । तिनीहरूको रिस रातभरि दन्किन्छ । बिहान त्यो ज्वालामय आगोझैं बल्दछ ।
首领埋伏的时候,心中热如火炉, 就如烤饼的整夜睡卧, 到了早晨火气炎炎。
7 तिनीहरू सबै तावाजस्तै तातो छन्, र आफूमाथि शासन गर्नेलाई तिनीहरू भस्म पार्छन् । तिनीहरूका सबै राजा पतित भएका छन् । तीमध्ये कसैले मलाई पुकारा गर्दैनन् ।
众民也热如火炉, 烧灭他们的官长。 他们的君王都仆倒而死; 他们中间无一人求告我。
8 एफ्राइमले आफैंलाई अरू मानिसहरूसँग मिसाएको छ । नफर्काइएको रोटीजस्तै एफ्राइम छ ।
以法莲与列邦人搀杂; 以法莲是没有翻过的饼。
9 परदेशीहरूले उसको शक्तिलाई नष्ट गरेको छ, तर उसलाई त्यो थाहा नै छैन । उसमा यताउता केश फुलेका छन्, तर उसलाई त्यो थाहा छैन ।
外邦人吞吃他劳力得来的,他却不知道; 头发斑白,他也不觉得。
10 इस्राएलको घमण्डले आफ्नै विरुद्ध गवाही दिन्छ, तापनि तिनीहरू परमप्रभु आफ्ना परमेश्वरतिर फर्केका छैनन्, न त यी सबै कुरापछि पनि तिनीहरूले उहाँलाई खोजेका छन् ।
以色列的骄傲当面见证自己, 虽遭遇这一切, 他们仍不归向耶和华—他们的 神, 也不寻求他。
11 एफ्राइमचाहिं सजिलै छकाउन सकिने र विवेकहीन ढुकुरजस्तो छ, मिश्रदेशलाई पुकारा गर्दैछ, त्यसपछि अश्शूरतिर उड्दैछ ।
以法莲好像鸽子愚蠢无知; 他们求告埃及,投奔亚述。
12 जब तिनीहरू जान्छन्, तब तिनीहरूमाथि म आफ्नो जाल फैलाउनेछु, आकाशका चराहरूझैं तिनीहरूलाई म तल खसाल्नेछु । तिनीहरू एकसाथ जम्मा हुँदा म तिनीहरूलाई दण्ड दिनेछु ।
他们去的时候,我必将我的网撒在他们身上; 我要打下他们,如同空中的鸟。 我必按他们会众所听见的惩罚他们。
13 तिनीहरूलाई धिक्कार छ! किनकि तिनीहरू मबाट टाढा बहकिएका छन् । तिनीहरूमाथि विनाश आउँदै छ! तिनीहरूले मेरो विरुद्ध विद्रोह गरेका छन्! मैले तिनीहरूलाई बचाउन सक्थें, तर तिनीहरूले मेरो विरुद्धमा झुट बोले ।
他们因离弃我,必定有祸; 因违背我,必被毁灭。 我虽要救赎他们,他们却向我说谎。
14 आफ्ना सारा हृदयले, तिनीहरूले मसँग पुकारा गरेका छैनन्, तर आफ्ना ओछ्यानमा तिनीहरू विलाप गर्छन् । अन्न, र नयाँ दाखमद्यको निम्ति तिनीहरू एकसाथ भेला हुन्छन्, र तिनीहरू मबाट टाढा जान्छन् ।
他们并不诚心哀求我, 乃在床上呼号; 他们为求五谷新酒聚集, 仍然悖逆我。
15 मैले तिनीहरूलाई तालिम दिएँ र तिनीहरूका पाखुराहरूलाई सशक्त बनाएँ, तापनि अहिले तिनीहरू मेरो विरुद्धमा नै खराब षड्यन्त्र रच्छन् ।
我虽教导他们,坚固他们的膀臂, 他们竟图谋抗拒我。
16 तिनीहरू फर्कन्छन्, तर म, अर्थात् सर्वोच्चतिर भने फर्कंदैनन् । तिनीहरू धोका दिने धनुझैं छन् । आफ्ना जिब्रोको निर्लज्जताका कारणले, तिनीहरूका अधिकारीहरू तरवारले मारिनेछन् । मिश्रदेशमा यही तिनीहरूको उपहास हुनेछ ।
他们归向,却不归向至上者; 他们如同翻背的弓。 他们的首领必因舌头的狂傲倒在刀下; 这在埃及地必作人的讥笑。