< होशे 6 >

1 “आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्‍टी लगाउनुहुनेछ ।
Veníd, y tornémosnos a Jehová, que él arrebató, y curarnos ha: hirió, y vendarnos ha.
2 दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ । तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौं ।
Darnos ha vida después de dos días: al tercero día nos resucitará, y viviremos delante de él.
3 हामी परमप्रभुलाई चिनौं । परमप्रभुलाई चिन्‍नुपर्ने दवावमा हामी परौं । झिसमिसे बिहानीझैं उहाँको आगमन निश्‍चित छ । उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्‍त ऋतुको झरीझैं आउनुहुनेछ ।”
Y conoceremos: proseguiremos en conocer a Jehová: como el alba, está aparejada su salida, y vendrán a nosotros como la lluvia: como la lluvia tardía y temprana a la tierra.
4 ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो विश्‍वस्‍तता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं छ ।
¿Qué haré a ti, Efraím? ¿Qué haré a ti, Judá? Vuestra misericordia, como la nube de la mañana, y como el rocío que viene a la madrugada.
5 यसैले तिनीहरूलाई मैले अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु, तिनीहरूलाई मैले आफ्‍नो मुखको वचनले मारेको छु । तिमीहरूका आदेशहरू चम्किने बिजुलीझैं छन् ।
Por esta causa corté con los profetas, con las palabras de mi boca los maté; porque tus juicios fuesen como luz que sale.
6 किनकि म बलिदान होइन, विश्‍वस्‍तता चाहन्छु, र होमबलिहरूभन्दा धैरे परमेश्‍वरको ज्ञान भएको चाहन्छु ।
Porque misericordia quise, y no sacrificio; y conocimiento de Dios, mas que holocaustos.
7 आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्‍वासहीन भएका छन् ।
Y ellos transpasaron el concierto como de hombre: allí se rebelaron contra mí.
8 गिलादचाहिं दुष्‍ट काम गर्नेहरूको सहर हो, जसका पाइलाहरूमा रगत छ ।
Galaad, ciudad de obradores de iniquidad, ensuciada de sangre.
9 डाँकुहरूका समुहले कसैलाई पर्खिरहेझैं, शकेम जाने बाटोमा पुजारीहरू मार्नलाई समुहमा बस्छन् । तिनीहरूले लज्‍जास्‍पद अपराधहरू गरेका छन् ।
Y como ladrones que esperan a algún varón, cuadrilla de sacerdotes de común acuerdo mata en el camino; porque ponen en efecto la abominación.
10 इस्राएलको घरानामा मैले घिनलाग्‍दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्‍यागमन छ, र इस्राएल अशुद्ध भएको छ ।
En la casa de Israel ví suciedad: allí fornicó Efraím, se contaminó Israel.
11 ए यहूदा तेरो निम्ति पनि कटनी तोकिएको छ, जति बेला म आफ्‍ना मानिसहरूको सुदिन पुनर्स्थापना गर्नेछु ।
También Judá puso en ti una planta, habiendo yo vuelto la cautividad de mi pueblo.

< होशे 6 >