< होशे 3 >
1 परमप्रभुले मलाई भन्नुभयो, “फेरि जा, आफ्नो पतिले प्रेम गरेकी एक जना स्त्रीलाई प्रेम गर्, तर त्यो एक जना व्यभिचारिणी हो । इस्राएलका मानिसहरू अन्य देवतातर्फ लागे र तिनीहरूले पवित्र दाखका केकहरू मन पराए तापनि, जसरी म परमप्रभुले तिनीहरूलाई प्रेम गरें, त्यसरी नै त्यसलाई प्रेम गर् ।”
Poi il Signore mi disse: Va' ancora [ed] ama una donna, la quale, essendo, amata dal [suo] marito, sia adultera; secondo che il Signore ama i figliuoli di Israele, ed essi riguardano ad altri dii, ed amano le schiacciate d'uva.
2 यसैले मैले त्यसलाई मेरो निम्ति पन्ध्र शेकेल चाँदी र अढाइ मुरी जौ तिरेर किनें ।
Io adunque mi acquistai [quella donna] per quindici [sicli] d'argento, e per un homer, ed un letec di orzo.
3 मैले त्यसलाई भनें, “तिमी मसँग धेरै दिन बस्नुपर्छ । तिमी अब वेश्या हुनेछैनौ र कुनै अर्को पुरुषको हुनेछैनौ । त्यसरी नै म पनि तिमीसँगै रहनेछु ।”
Poi le dissi: Rimantimi [così] per molti giorni; non fornicare, e non maritarti ad alcuno; ed io altresì [aspetterò] dietro a te.
4 किनकि इस्राएलका मानिसहरू राजा, राजकुमार, बलिदान, ढुङ्गाको स्तम्भ, एपोद र घरघरका मूर्तिहरूविना धेरै दिनसम्म रहनेछन् ।
Perciocchè i figliuoli d'Israele se ne staranno molti giorni senza re, e senza principe; senza sacrificio, e senza statua; senza efod, e senza idoli.
5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्ना परमेश्वर र आफ्ना राजा दाऊदलाई खोज्नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।
Poi i figliuoli d'Israele ricercheranno di nuovo il Signore Iddio loro, e Davide lor re; e con timore si ridurranno al Signore, ed alla sua bontà, nella fine de' giorni.