< होशे 2 >
1 आफ्ना दाजुभाइलाई ‘मेरा मानिसहरू’ र आफ्ना दिदीबहिनीलाई ‘तिमीहरूलाई कृपा गरिएको छ’ भन ।”
“Kardeşlerinizi ‘Halkım’, kızkardeşlerinizi ‘Merhamete ermişler’ diye çağırın.”
2 आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्नो वेश्यागमन, र आफ्ना स्तनहरूको बिचबाट आफ्नो व्यभिचारका कामहरूलाई हटाओस् ।
“Azarlayın annenizi, azarlayın, Çünkü o benim karım değil artık, Ben de onun kocası değilim. Yüzünden akan fahişeliği, Koynundan zinaları atsın.
3 होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्मको दिनमा झैं म त्यसको नग्नता देखाउनेछु । उजाड-स्थानजस्तै, एउटा सुख्खा लागेको देशजस्तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।
Yoksa onu çırılçıplak soyacak, Anneden doğma edeceğim, Çöle, çorak toprağa çevirecek, Susuzluktan öldüreceğim.
4 त्यसका छोराछोरीलाई म कृपा देखाउनेछैनँ, किनकि ती वेश्यागमनका सन्तान हुन् ।
Acımayacağım çocuklarına, Çünkü onlar zina çocuklarıdır.
5 किनकि तिनीहरूकी आमा वेश्या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्जास्पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”
Anneleri zina etti, Onlara gebe kaldı, rezillik etti. ‘Oynaşlarımın ardından gideceğim’ dedi, ‘Ekmeğimi, suyumu, yapağımı, ketenimi, zeytinyağımı, içkimi onlar veriyor.’
6 यसकारण त्यसको मार्ग रोक्नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्ध पर्खाल लगाउनेछु ।
İşte bu yüzden onun yoluna dikenli çit çekeceğim, Yolunu bulamasın diye Önüne duvar öreceğim.
7 त्यो आफ्ना प्रेमीहरूको पछि लाग्नेछ, तर त्यसले तिनीहरूलाई भेट्टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्नेछ, “म आफ्नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”
Oynaşlarının ardına düşecek, Ama onlara erişemeyecek, Onları arayacak, Ama bulamayacak. O zaman, ‘İlk kocama döneyim’ diyecek, ‘Çünkü o zamanki halim şimdikinden iyiydi!’
8 किनकि त्यसलाई अन्न, नयाँ दाखमद्य र तेल दिने, म नै थिएँ भनी त्यसलाई थाहा भएको थएन, र जसले त्यसलाई प्रशस्त चाँदी र सुन दियो जसलाई तिनीहरूले त्यस बेला बालको निम्ती प्रयोग गरे ।
Ama kendisine tahıl, yeni şarap, zeytinyağı verenin, Baal için harcadığı altınla gümüşü bol bol sağlayanın Ben olduğumu bilmedi.
9 यसैले फसलको समयमा म त्यसको अन्न, र दाखमद्यको मौसममा म त्यो फिर्ता लिनेछु । त्यसको नग्नतालाई ढाक्न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु ।
Bu yüzden zamanında tahılımı, Mevsiminde yeni şarabımı geri alacağım; Çıplak bedenini örten yapağımı, ketenimi çekip alacağım.
10 तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।
Evet, oynaşlarının önünde ayıbını ortaya çıkaracağım, Kimse elimden kurtaramayacak onu.
11 त्यसका सबै उत्सवहरू, त्यसका भोजहरू, त्यसका औँसीका उत्सवहरू, त्यसका शबाथहरू, र त्यसका निर्धारित सबै चाडलाई म अन्त गरिदिनेछु ।
Bütün sevincine, bayramlarına, Yeni Ay törenlerine, Şabat günlerine, Dinsel bayramlarının tümüne son vereceğim.
12 “म त्यसका दाखका बोटहरू र अन्जीरका रुखहरूलाई नष्ट गरिदिनेछु, जसका विषयमा त्यसले भन्थी, ‘मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् ।’ तिनलाई म झाडी तुल्याउनेछु, र मैदानका पशुहरूले ती खानेछन् ।
Viran edeceğim asmalarını, incir ağaçlarını, Hani, ‘Bunlar oynaşlarımın bana verdiği ücrettir’ dediği; Çalılığa çevireceğim onları, Yem olacaklar yabanıl hayvanlara.
13 बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।”
Cezalandıracağım onu, Baallar'a buhur yaktığı günler için; Halkalarla, takılarla süslenmiş, Oynaşlarının ardınca gitmiş, Beni unutmuştu” Diyor RAB.
14 यसैले म त्यसलाई फकाउन जानेछु । म त्यसलाई उजाड-स्थानमा ल्याउनेछु र त्योसँग कोमल भएर बोल्नेछु ।
“İşte bu yüzden onu ikna edip çöle götürecek, Onunla dostça konuşacağım.
15 त्यसका दाखबारीहरू र आशाको ढोकाको रूपमा आकोरको बेसी, म त्यसलाई फिर्ता गरिदिनेछु । त्यसको जवानीका दिनहरूमा झैं, र मिश्रदेशबाट बाहिर आएको दिनहरूमा झैं, त्यसले मलाई त्यहाँ जवाफ दिनेछ ।
Kendisine orada bağlar vereceğim, Akor Vadisi'ni ona umut kapısı yapacağım. Gençlik günlerinde olduğu gibi, Mısır'dan çıktığı günlerde olduğu gibi, Ezgiler söyleyecek.
16 “यो परमप्रभुको घोषणा हो, त्यो दिन यस्तो हुनेछ, तैंले मलाई ‘मेरो पति’ भन्नेछस्, अनि फेरि मलाई ‘मेरो बाल’ भन्नेछैनस् ।
Ve o gün gelecek” diyor RAB, “Bana, ‘Kocam’ diyeceksin; Artık, ‘Efendim’ demeyeceksin.
17 किनकि म त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु, र तिनका नाउँ फेरि कहिल्यै सम्झना हुनेछैन ।”
Ağzından Baallar'ın adını sileceğim, Adları bir daha anılmayacak.
18 “त्यस दिन मैदानका पशुहरूसँगै, आकाशका चराहरूसँगै, अनि जमिनमा घस्रने जीवजन्तुसँगै, म तिनीहरूसँग एउटा करार बाँध्नेछु । म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्टिन दिनेछु ।
Kırdaki hayvanlarla, gökteki kuşlarla, Toprakta yaşayan canlılarla, Halkım için o gün antlaşma yapacağım; Ülkeden yayı, kılıcı, savaşı kaldıracağım, Güvenlik içinde yatıracağım onları.
19 सदासर्वदाको निम्ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । धार्मिकता, न्याय, करारको विश्वस्तता र कृपामा तेरो पति हुने प्रतिज्ञा म गर्नेछु ।
Seni sonsuza dek kendime eş alacağım, Doğruluk, adalet, sevgi, merhamet temelinde Seninle evleneceğim.
20 विश्वस्ततामा प्रतिज्ञा गरेर म आफैंलाई तँकहाँ सुम्पनेछु, र तैंले परमप्रभुलाई चिन्नेछस् ।
Sadakatle seninle evleneceğim, RAB'bi tanıyacaksın.
21 त्यो दिनमा जवाफ दिनेछु, यो परमप्रभुको घोषणा हो, म आकाशमण्डललाई जवाफ दिनेछु, र तिनले पृथ्वीलाई जवाफ दिनेछन् ।
“Ve o gün yanıt vereceğim” diyor RAB, “Göklere yanıt vereceğim; Onlar da yere yanıt verecek;
22 पृथ्वीले अन्न, नयाँ दाखमद्य र तेललाई जवाफ दिनेछ र तिनले यिजरेललाई जवाफ दिनेछन् ।
Yerse, tahıla, yeni şaraba, Zeytinyağına yanıt verecek, Onlar da Yizreel'e yanıt verecekler.
23 आफ्नो निम्ति म त्यसलाई जमिनमा रोप्नेछु, र मैले लो-रूहामामाथि कृपा गर्नेछु । लो-अम्मीलाई म भन्नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ’ र तिनीहरूले मलाई भन्नेछन्, ‘तपाईं मेरा परमेश्वर हुनुहुन्छ ।’”
Onu ülkede kendim için ekeceğim, Merhamete ermemiş olana acıyacağım, Halkım olmayana, ‘Halkımsın’ diyeceğim; Onlar da bana, ‘Tanrım’ diyecekler.”