< होशे 2 >

1 आफ्‍ना दाजुभाइलाई ‘मेरा मानिसहरू’ र आफ्ना दिदीबहिनीलाई ‘तिमीहरूलाई कृपा गरिएको छ’ भन ।”
Kald eders Broder Mit-Folk og eders Søster nåderig.
2 आफ्नी आमाको विदरुद्धमा एउटा मुद्धा हाल, एउटा मुद्धा हाल, किनकि त्यो मेरी पत्‍नी होइन, र न त म त्यसको पति हुँ । त्यसले आफ्नो सामनेबाट आफ्‍नो वेश्‍यागमन, र आफ्ना स्‍तनहरूको बिचबाट आफ्‍नो व्यभिचारका कामहरूलाई हटाओस् ।
Gå i rette med eders Moder, gå i rette, thi hun er ikke min Hustru, og jeg er ej hendes Mand. For Hormærket fri hun sit Ansigt, for Bolemærket sit Bryst.
3 होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्‍मको दिनमा झैं म त्यसको नग्‍नता देखाउनेछु । उजाड-स्‍थानजस्‍तै, एउटा सुख्‍खा लागेको देशजस्‍तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।
Jeg klæder hende ellers nøgen, stiller hende frem, som hun fødtes; jeg reder hende til som en Ørk, som et Tørkeland gør jeg hende, lader hende tørste ihjel.
4 त्यसका छोराछोरीलाई म कृपा देखाउनेछैनँ, किनकि ती वेश्‍यागमनका सन्‍तान हुन् ।
Jeg ynkes ej over hendes Børn, fordi de er Horebørn;
5 किनकि तिनीहरूकी आमा वेश्‍या थिई, र तिनीहरूलाई गर्भधारण गर्नेले लज्‍जास्‍पद किसिमले काम गरेकी छे । त्यसले भनी, “म आफ्‍ना प्रमीहरूको पछि जानेछु, किनकि तिनीहरूले मलाई मेरो रोटी र पानी, मेरो ऊन र सूती कपडा, मेरो तेल र दाखमद्य दिन्छन् ।”
thi Horkvinde var deres Moder, skamløs var hun, som bar dem. Thi hun sagde: "Mine Elskere holder jeg mig til, som giver mig mit Brød og mit Vand, min Uld og min Hør, min Olie og Vin."
6 यसकारण त्यसको मार्ग रोक्‍नलाई म काँडे झाडीका बार लगाउनेछु । त्यसले आफ्नो बाटो पत्ता नलगाओस् भनेर, म त्यसको विरुद्ध पर्खाल लगाउनेछु ।
Se, derfor spærrer jeg med Tjørn hendes Vej, foran hende murer jeg en Mur, så hun ikke kan finde sine Stier.
7 त्यो आफ्ना प्रेमीहरूको पछि लाग्‍नेछ, तर त्यसले तिनीहरूलाई भेट्‍टाउनेछैन । त्यसले तिनीहरूलाई खोज्‍नेछ, तर त्यसले तिनीहरूलाई पाउनेछैन । अनि त्यसले भन्‍नेछ, “म आफ्‍नो पहिलो पतिकहाँ नै फर्कनेछु, किनभने अहिलेभन्दा त्यो नै मेरो निम्ति असल थियो ।”
Efter Elskerne kan hun så løbe, hun når dem alligevel ikke; hun søger dem uden at finde, og da skal hun sige: "Jeg går på ny til min første Mand; da, havde jeg det bedre end nu."
8 किनकि त्यसलाई अन्‍न, नयाँ दाखमद्य र तेल दिने, म नै थिएँ भनी त्यसलाई थाहा भएको थएन, र जसले त्यसलाई प्रशस्‍त चाँदी र सुन दियो जसलाई तिनीहरूले त्‍यस बेला बालको निम्ती प्रयोग गरे ।
Ja hun, hun skønner ikke, at det var mig, som gav hende Korn og Most og Olie, gav hende rigeligt Sølv. og Guld, som de gjorde til Baaler.
9 यसैले फसलको समयमा म त्यसको अन्‍न, र दाखमद्यको मौसममा म त्‍यो फिर्ता लिनेछु । त्यसको नग्‍नतालाई ढाक्‍न प्रयोग भएका, मेरो ऊन र सूतीको कपडा म फिर्ता लिनेछु ।
Derfor tager jeg atter mit Korn, når Tiden er til det, min Most, når Timen er inde, borttager min Uld og min Hør, som hun skjuler sin Nøgenhed med.
10 तब त्यसका प्रेमीहरूकै सामु म त्यसलाई नाङ्गो बनाउनेछु, र मेरो हातबाट त्यसलाई कसैले बचाउनेछैन ।
Jeg blotter nu hendes Skam lige for Elskernes Øjne, af min Hånd frier ingen hende ud.
11 त्यसका सबै उत्‍सवहरू, त्‍यसका भोजहरू, त्‍यसका औँसीका उत्‍सवहरू, त्‍यसका शबाथहरू, र त्यसका निर्धारित सबै चाडलाई म अन्‍त गरिदिनेछु ।
Jeg, gør Ende på al hendes. Glæde, Fester, Nymåner, Sabbater, hver en Højtid, hun har.
12 “म त्यसका दाखका बोटहरू र अन्जीरका रुखहरूलाई नष्‍ट गरिदिनेछु, जसका विषयमा त्यसले भन्‍थी, ‘मेरा प्रेमीहरूले मलाई दिएका ज्याला यी नै हुन् ।’ तिनलाई म झाडी तुल्‍याउनेछु, र मैदानका पशुहरूले ती खानेछन् ।
Jeg ødelægger hendes Vinstok og Figentræ, om hvilke hun sagde: "Her er min Skøgeløn, den, mine Elskere gav mig." Jeg skaber dem om til Krat, af Markens Dyr skal de ædes.
13 बाल देवताका भोजका दिनका निम्ति म त्यसलाई दण्ड दिनेछु, जति बेला त्यसले तिनीहरूका निम्ति धूप बाली, जति बेला त्यसले आफ्ना औँठीहरू र गहनाले आफूलाई सुसज्‍जिए पारी, अनि त्यो आफ्ना प्रेमीहरूको पछि गई र मलाई बिर्सी, यो परमप्रभुको घोषणा हो ।”
Jeg hjemsøger hende for Baalernes Fester, på hvilke hun bragte dem Ofre, smykket med Ring og Kæde. Sine Elskere holdt hun sig til, mig glemte hun, lyder det fra HERREN.
14 यसैले म त्यसलाई फकाउन जानेछु । म त्यसलाई उजाड-स्‍थानमा ल्याउनेछु र त्योसँग कोमल भएर बोल्‍नेछु ।
Se, derfor vil jeg lokke og føre hende ud i Ørkenen og tale hende kærligt til.
15 त्यसका दाखबारीहरू र आशाको ढोकाको रूपमा आकोरको बेसी, म त्यसलाई फिर्ता गरिदिनेछु । त्यसको जवानीका दिनहरूमा झैं, र मिश्रदेशबाट बाहिर आएको दिनहरूमा झैं, त्यसले मलाई त्यहाँ जवाफ दिनेछ ।
Så giver jeg hende hendes Vingårde der og Akors Dal til en Håbets Dør. Der skal hun synge som i Ungdommens Dage, som da hun drog op fra Ægyptens Land.
16 “यो परमप्रभुको घोषणा हो, त्यो दिन यस्‍तो हुनेछ, तैंले मलाई ‘मेरो पति’ भन्‍नेछस्, अनि फेरि मलाई ‘मेरो बाल’ भन्‍नेछैनस् ।
På hin Dag, lyder det fra HERREN, skal hun påkalde sin Ægtemand, og ikke mere Baalerne.
17 किनकि म त्यसको मुखबाट बालको नाउँ हटाइदिनेछु, र तिनका नाउँ फेरि कहिल्यै सम्झना हुनेछैन ।”
Baalsnavnene fjerner jeg fra hendes Mund, ej mer skal Navnene huskes.
18 “त्यस दिन मैदानका पशुहरूसँगै, आकाशका चराहरूसँगै, अनि जमिनमा घस्रने जीवजन्‍तुसँगै, म तिनीहरूसँग एउटा करार बाँध्‍नेछु । म देशबाट धनु, तरवार, र युद्धलाई हटाउनेछु, र म तँलाई सुरक्षासाथ पल्‍टिन दिनेछु ।
På hin Dag slutter jeg en Pagt for dem med Markens Dyr og Himmelens Fugle og Jordens Kryb; Bue, Sværd og Stridsvåben sønderbryder jeg i Landet, og jeg lader dem bo trygt.
19 सदासर्वदाको निम्‍ति तेरो पति हुने प्रतिज्ञा म गर्नेछु । धार्मिकता, न्याय, करारको विश्‍वस्तता र कृपामा तेरो पति हुने प्रतिज्ञा म गर्नेछु ।
Jeg trolover mig med dig for evigt, jeg trolover mig med dig med Retfærd og Ret, med Miskundhed og Barmhjertighed;
20 विश्‍वस्ततामा प्रतिज्ञा गरेर म आफैंलाई तँकहाँ सुम्‍पनेछु, र तैंले परमप्रभुलाई चिन्‍नेछस् ।
jeg trolover mig med dig i Troskab, og du skal kende HERREN.
21 त्यो दिनमा जवाफ दिनेछु, यो परमप्रभुको घोषणा हो, म आकाशमण्‍डललाई जवाफ दिनेछु, र तिनले पृथ्‍वीलाई जवाफ दिनेछन् ।
Da skal det ske på hin Dag, at jeg bønhører, lyder det fra HERREN, ja, at jeg bønhører Himlen, at den så bønhører Jorden,
22 पृथ्‍वीले अन्‍न, नयाँ दाखमद्य र तेललाई जवाफ दिनेछ र तिनले यिजरेललाई जवाफ दिनेछन् ।
og Jorden bønhører Hornet, Mosten og Olien, og de bønhører Jizreel.
23 आफ्‍नो निम्ति म त्यसलाई जमिनमा रोप्‍नेछु, र मैले लो-रूहामामाथि कृपा गर्नेछु । लो-अम्‍मीलाई म भन्‍नेछु, ‘तिमीहरू मेरा मानिसहरू हौ’ र तिनीहरूले मलाई भन्‍नेछन्, ‘तपाईं मेरा परमेश्‍वर हुनुहुन्‍छ ।’”
Jeg sår hende ud i Landet, mod Nådeløs er jeg nådig og siger til Ikke-mit-Folk: "Mit Folk er du!" og han skal sige: "Min Gud!"

< होशे 2 >