< होशे 14 >
1 ए इस्राएल, परमप्रभु आफ्ना परमेश्वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ ।
to return: return [emph?] Israel till LORD God your for to stumble in/on/with iniquity: crime your
2 आफ्नो साथमा वचन लेओ र परमप्रभुकहाँ फर्क । उहाँलाई भन, “हाम्रा सबै अपराध क्षमा गर्नुहोस् र जे असल छ त्यो ग्रहण गर्नुहोस्, ताकि तपाईंलाई हामी आफ्ना ओठको फल चढाउन सकौं ।
to take: take with you word and to return: return to(wards) LORD to say to(wards) him all to lift: forgive iniquity: crime and to take: recieve good and to complete bullock lips our
3 अश्शूरले हामीलाई बचाउनेछैन । हामी युद्ध गर्नलाई घोडाहरूमा सवार हुनेछैनौं । न त आफ्ना हातले बनाएका कुरालाई हामी यसो भन्नेछौं, ‘तपाईं हाम्रा देवता हुनुहुन्छ,’ किनकि तपाईंमा नै टुहुरोले दया पाउँछ ।”
Assyria not to save us upon horse not to ride and not to say still God our to/for deed: work hand our which in/on/with you to have compassion orphan
4 “तिनीहरू तर्केका भए पनि म निको पार्नेछु, म तिनीहरूलाई सित्तैंमा प्रेम गर्नेछु, किनकि त्यसप्रतिको मेरो रिस मरेको छ ।
to heal faithlessness their to love: lover them voluntariness for to return: turn back face: anger my from him
5 इस्राएलको निम्ति म शीतझैं हुनेछु । लिली फूलझैं त्यो फुल्नेछ र लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ ।
to be like/as dew to/for Israel to sprout like/as lily and to smite root his like/as Lebanon
6 त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ ।
to go: walk shoot his and to be like/as olive splendor his and aroma to/for him like/as Lebanon
7 त्यसको छहारीमा बस्ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ ।
to return: return to dwell in/on/with shadow his to live grain and to sprout like/as vine memorial his like/as wine Lebanon
8 ए एफ्राइम, मूर्तिहरूसँग मेरो अरू के काम छ? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु । म सल्लोको रूखझैं हुँ, जसका पातहरू सधैं हरिया हुन्छन्, र मबाट नै तेरो फल आउँछ ।”
Ephraim what? to/for me still to/for idol I to answer and to see him I like/as cypress luxuriant from me fruit your to find
9 को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्न सक्छ? कसले कुराहरू बुझ्छ जसले गर्दा उसले ती जान्न सक्छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन् ।
who? wise and to understand these to understand and to know them for upright way: conduct LORD and righteous to go: walk in/on/with them and to transgress to stumble in/on/with them