< होशे 14 >

1 ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ ।
以色列啊,你要归向耶和华—你的 神; 你是因自己的罪孽跌倒了。
2 आफ्नो साथमा वचन लेओ र परमप्रभुकहाँ फर्क । उहाँलाई भन, “हाम्रा सबै अपराध क्षमा गर्नुहोस् र जे असल छ त्यो ग्रहण गर्नुहोस्, ताकि तपाईंलाई हामी आफ्‍ना ओठको फल चढाउन सकौं ।
当归向耶和华, 用言语祷告他说: 求你除净罪孽,悦纳善行; 这样,我们就把嘴唇的祭代替牛犊献上。
3 अश्‍शूरले हामीलाई बचाउनेछैन । हामी युद्ध गर्नलाई घोडाहरूमा सवार हुनेछैनौं । न त आफ्‍ना हातले बनाएका कुरालाई हामी यसो भन्‍नेछौं, ‘तपाईं हाम्रा देवता हुनुहुन्‍छ,’ किनकि तपाईंमा नै टुहुरोले दया पाउँछ ।”
我们不向亚述求救, 不骑埃及的马, 也不再对我们手所造的说: 你是我们的 神。 因为孤儿在你—耶和华那里得蒙怜悯。
4 “तिनीहरू तर्केका भए पनि म निको पार्नेछु, म तिनीहरूलाई सित्तैंमा प्रेम गर्नेछु, किनकि त्यसप्रतिको मेरो रिस मरेको छ ।
我必医治他们背道的病, 甘心爱他们; 因为我的怒气向他们转消。
5 इस्राएलको निम्ति म शीतझैं हुनेछु । लिली फूलझैं त्यो फुल्नेछ र लेबनानको देवदारुझैं त्यसले जरा गाड्नेछ ।
我必向以色列如甘露; 他必如百合花开放, 如黎巴嫩的树木扎根。
6 त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ ।
他的枝条必延长; 他的荣华如橄榄树; 他的香气如黎巴嫩的香柏树。
7 त्यसको छहारीमा बस्‍ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्‍नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ ।
曾住在他荫下的必归回, 发旺如五谷,开花如葡萄树。 他的香气如黎巴嫩的酒。
8 ए एफ्राइम, मूर्तिहरूसँग मेरो अरू के काम छ? म त्यसलाई जवाफ दिनेछु र त्यसको वास्ता गर्नेछु । म सल्‍लोको रूखझैं हुँ, जसका पातहरू सधैं हरिया हुन्छन्, र मबाट नै तेरो फल आउँछ ।”
以法莲必说: 我与偶像还有什么关涉呢? 我—耶和华回答他,也必顾念他。 我如青翠的松树; 你的果子从我而得。
9 को बुद्धिमान छ, जसले यी कुराहरू बुझ्‍न सक्‍छ? कसले कुराहरू बुझ्‍छ जसले गर्दा उसले ती जान्‍न सक्‍छ? किनकि परमप्रभुका मार्गहरू ठिक हुन्‍छन्, र धर्मीचाहिं तिनमा हिँड्छन्, तर विद्रोह गर्नेहरूचाहिं तिनमा ठेस खानेछन् ।
谁是智慧人?可以明白这些事; 谁是通达人?可以知道这一切。 因为,耶和华的道是正直的; 义人必在其中行走, 罪人却在其上跌倒。

< होशे 14 >