< होशे 11 >
1 “जब इस्राएल जवान मानिस थियो, तब मैले त्यसलाई प्रेम गरें, र मैले मेरो पुत्रलाई मिश्रबाट बाहिर ल्याएँ ।
I loved Israel when he was a child. He's my son I called out of Egypt.
2 जति धेरै तिनीहरूलाई बोलाइयो, तिनीहरू मबाट त्यति नै टाढा गए । तिनीहरूले बाल देवतालाई बलिदान चढाए, र मूर्तिहरूलाई धूप बाले ।
As they called them, so they went from them: they sacrificed to the Baals and offered incense to idols.
3 तापनि एफ्राइमलाई हिंड्न सिकाउने म नै थिएँ । तिनीहरूका हात समतेर तिनीहरूलाई उठाउने म नै थिएँ, तर मैले तिनीहरूको वास्ता गरें भन्ने कुरा तिनीहरूलाई थाहै भएन ।
I myself taught Ephraim to walk, taking them by the hand, but they didn't realize I was the one who healed them.
4 तिनीहरूलाई मानवताका डोरीहरू र प्रेमको बन्धनहरूले मैले डोर्याएँ । तिनीहरूका काँधका जुवालाई सजिलो पारिदिने कोही व्यक्ति जस्तै म तिनीहरूका निम्ति थिएँ, र तिनीहरूका अगि म झुकें र तिनीहरूलाई खुवाएँ ।
I led them along with cords of kindness, with ropes of love. I was the one who eased their burden and bent down to feed them.
5 के तिनीहरू मिश्रदेशमा फर्कने छैनन् र? तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्शूरले तिनीहरूमाथि राज्य गर्ने छैन र?
However, because my people refuse to return to me, they will not return to the land of Egypt but Assyria shall be their king.
6 तिनीहरूका सहरहरूमा तरवार चल्नेछ र तिनीहरूका मुख्य ढोकाका बारहरूलाई नष्ट गर्नेछ । तिनीहरूका आफ्नै योजनाहरूका कारणले, त्यसले तिनीहरूलाई नष्ट गर्नेछ ।
War will sweep through their cities, putting an end to their boasting and destroying their plans.
7 मबाट तर्केर जानलाई मेरा मानिसहरूले निश्चित गरेका छन् । तिनीहरूले सर्वोच्चलाई पुकारे पनि, कसैले पनि तिनीहरूलाई सहायता गर्नेछैन ।
My people are hanging on to their apostasy from me. They call him “god on high” but he will not raise them up at all.
8 ए एफ्राइम, म कसरी तँलाई त्याग्न सक्छु? ए इस्राएल, म कसरी तँलाई अरूकहाँ सुम्पिन सक्छु र? म तँलाई कसरी अदमाझैं बनाउन सक्छु? म तँलाई कसरी सबोयीमझैं बनाउन सक्छु? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ ।
How can I give you up, Ephraim? How can I let you go, Israel? How can I make you like Admah? How can I treat you like Zeboiim? My heart is breaking; I am full of compassion.
9 म आफ्नो प्रचण्ड क्रोधलाई प्रयोग गर्नेछैनँ । म फेरि एफ्राइमलाई नष्ट गर्नेछैनँ । किनकि म परमेश्वर हुँ र म मानिस होइनँ । तिमीहरूका बिचमा म परमपवित्र हुँ, र म क्रोधमा आउनेछैनँ ।
I will not execute the fierceness of my anger, I will not destroy Ephraim again. For I am God, not a human being. I am the Holy One living among you. I will not enter your cities.
10 तिनीहरूले परमप्रभुको अनुसरण गर्नेछन्, र उहाँ सिंहझैं गर्जनुहुनेछ । जब उहाँ गर्जनुहुन्छ, उहाँका छोराछोरी पश्चिमबाट थरथर काम्दै आउनेछन् ।
The people will follow me, the Lord. He will roar like a lion. When he roars like a lion then his children will come trembling from the west.
11 तिनीहरू मिश्रदेशबाट चराझैं र अश्शूरबाट ढुकुरझैं काम्दै आउनेछन् । तिनीहरूका आफ्नै घरमा बस्ने म तिनीहरूलाई बनाउनेछु— यो परमप्रभुको घोषणा हो ।
Like a flock of frightened birds they will come from Egypt, like doves they will come from Assyria, and I will bring them back home, declares the Lord.
12 एफ्राइमले झुटले, अनि इस्राएलको घरानाले छलले मलाई घेर्छ । तर यहूदाचाहिं अझै पनि म, परमेश्वरसँग हिंड्दैछ, र म, परमपवित्रमा विश्वासयोग्य छ ।”
Ephraim surrounds me with lies and Israel with deceit, and Judah still wanders with some deity, faithful to some “Holy One.”