< होशे 10 >
1 इस्राएल एउटा मौलाएको दाखको बोट हो जसले फल फलाउँछ । त्यसको फलको जति बढ्यो, त्यसले त्यति नै धेरै वेदी बनायो । त्यसको देशले जति धेरै उब्जनी दियो, त्यसले त्यति नै धेरै स्तम्भ खडा गर्यो ।
Израиљ је празна лоза винова, оставља род за се; што више рода има, то више умножава олтаре; што му је боља земља, то више кити ликове.
2 किनकि तिनीहरूको हृदय छलपूर्ण छ । अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्नैपर्छ । परमप्रभुले तिनीहरूका वेदीहरू भत्काउनुहुन्छ, तिनीहरूका स्तम्भहरू नाश गर्नुहुन्छ ।
Срце им је раздељено, зато су криви; Он ће оборити олтаре њихове, поломиће ликове њихове.
3 किनकि तब तिनीहरूले यसो भन्नेछन्, “हाम्रा राजा छैनन्, किनकि हामीले परमप्रभुको भय मानेनौं, अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्थे र?”
Јер сада говоре: Немамо цара; не бојимо се Господа; и шта би нам учинио цар?
4 तिनीहरू फोस्रा शब्दहरू बोल्छन्, र झुटो कसम खाएर करार बाँध्छन् । यसैले जोतेको डोबहरूमा विषालु झारहरू उम्रेझैं, न्याय बढ्नेछ ।
Говоре речи кунући се лажно кад уговарају веру, и суд као отров расте у браздама на њиви мојој.
5 बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् । त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन् ।
За јунице вет-авенске уплашиће се становници самаријски; јер ће за њима жалити народ њихов, и свештеници њихови, који им се радоваху, јер ће слава њихова отићи од њих.
6 महान् राजाका निम्ति उपहारको रूपमा, तिनीहरू अश्शूरमा लगिनेछन् । एफ्राइम अपमान हुनेछ, र इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ ।
И он ће сам бити одведен у Асирску на дар цару браничу; Јефрема ће попасти стид, и Израиљ ће се осрамотити намером својом.
7 पानीको सतहमाथिको काठको एउटा टुक्राझैं, सामरियाका राजा नष्ट पारिनेछ ।
Цара ће самаријског нестати као пене поврх воде.
8 दुष्टताका उच्च ठाउँहरू नष्ट हुनेछ । यो इस्राएलको पाप हो! तिनीहरूका वेदीहरूमाथि काँडाहरू र सिउँढीहरू पलाउनेछन् । मानिसहरूले पर्वतहरूलाई, “हामीलाई छोप!” अनि पहाडहरूलाई, “हामीमाथि खस!” भन्नेछन् ।
И обориће се висине авенске, грех Израиљев; трње ће и чкаљ расти по олтарима њиховим, и говориће горама: Покријте нас, и хумовима: Падните на нас.
9 “ए इस्राएल, तैंले गिबाको दिनदेखि नै पाप गरेको छस् । तँ अहिले त्यहाँ नै बसेको छस् । के गिबामा खराब गर्नेहरूका छोराहरूलाई युद्धले सखाप पार्नेछैन र?
Од времена гавајског грешио си, Израиљу; онде осташе, не стиже их у Гаваји рат на безаконике.
10 जब म चाहन्छु, तब म तिनीहरूलाई अनुशासित गर्नेछु । तिनीहरूका विरूद्ध जातिहरू एकसाथ भेला हुनेछन् अनि तिनीहरूको दोब्बर अधर्मको निम्ति तिनीहरूलाई बन्धनमा राख्नेछन् ।
По својој ћу их вољи покарати, и народи ће се скупити на њих да их заробе за двојако безакоње њихово.
11 एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो, यसैले त्यसको सुन्दर काँधमा म एउटा जुवा हाल्नेछु । म एफ्राइमको काँधमा म एउटा जुवा राख्नेछु, यहूदाले हलो जोत्नेछ । र याकूब आफैले लिंड्को लगाउनेछ ।”
Јефрем је јуница научена, која радо врше; али ћу јој доћи на лепи врат; упрегнућу Јефрема, Јуда ће орати, Јаков ће повлачити.
12 आफ्ना निम्ति धार्मिकता छर, अनि करारको विश्वस्तताको फल कटनी गर । आफ्नो बाँझो बारी जोत, किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो ।
Сејте правду, жећете милост; орите крчевину, јер је време да тражите Господа, да би дошао и подаждио вам правдом.
13 तिमीहरूले दुष्टता जोतेका छौ, अनि तिमीहरूले अन्यायको कटनी गर्यौ । तिमीहरूले छलको फल खाएका छौ, किनभने तिमीहरूले आफ्ना योजनाहरू, र आफ्ना धेरै सिपाहीहरूमा भर पर्यौ ।
Орасте безбожност, жесте безакоње, једосте плод од лажи; јер си се поуздао у свој пут, у мноштво својих јунака.
14 यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ, र तिमीहरूका किल्लाबन्दी गरिएका सहरहरू नष्ट हुनेछन् । युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैं त्यो हुनेछ, जुन बेला आमाहरूलाई आफ्ना छोराछोरीसितै टुक्रा-टुक्रा पारिएको थियो ।
Зато ће се подигнути врева међу твојим народом, и сви ће се градови твоји раскопати као што Салман раскопа Вет-Арвел кад беше рат, мајка би размрскана са синовима.
15 यसैले ए बेथेल, तेरो ठुलो दुष्टताको कारणले, तँलाई पनि यस्तै हुनेछ । झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ ।
Тако ће вам учинити Ветиљ за велику злоћу вашу; зором ће погинути цар Израиљев.