< होशे 10 >

1 इस्राएल एउटा मौलाएको दाखको बोट हो जसले फल फलाउँछ । त्यसको फलको जति बढ्यो, त्यसले त्‍यति नै धेरै वेदी बनायो । त्यसको देशले जति धेरै उब्‍जनी दियो, त्यसले त्‍यति नै धेरै स्‍तम्‍भ खडा गर्‍यो ।
Izrael jest vinný kmen prázdný, ovoce skládá sobě. Èím více mívá ovoce svého, tím více rozmnožuje oltáře, a čím lepší jest země jeho, tím více vzdělává obrazy.
2 किनकि तिनीहरूको हृदय छलपूर्ण छ । अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्‍नैपर्छ । परमप्रभुले तिनीहरूका वेदीहरू भत्‍काउनुहुन्छ, तिनीहरूका स्‍तम्‍भहरू नाश गर्नुहुन्छ ।
Klade díly srdce jejich, pročež vinni jsou. Onť poboří oltáře jejich, popléní obrazy jejich,
3 किनकि तब तिनीहरूले यसो भन्‍नेछन्, “हाम्रा राजा छैनन्, किनकि हामीले परमप्रभुको भय मानेनौं, अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्‍थे र?”
Poněvadž i říkají: Nemáme žádného krále, nýbrž aniž se bojíme Hospodina, a král co by nám učinil?
4 तिनीहरू फोस्रा शब्‍दहरू बोल्छन्, र झुटो कसम खाएर करार बाँध्‍छन् । यसैले जोतेको डोबहरूमा विषालु झारहरू उम्रेझैं, न्याय बढ्नेछ ।
Mluví slova, klnouce se lživě, když činí smlouvu, a soud podobný jedu roste na záhonech polí mých.
5 बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् । त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन् ।
Z příčiny jalovic Betavenských děsiti se budou obyvatelé Samařští, když kvíliti bude nad nimi lid jejich i kněží jejich, (kteříž příčinou jejich nyní pléší), proto že sláva jejich zastěhuje se od nich.
6 महान् राजाका निम्ति उपहारको रूपमा, तिनीहरू अश्‍शूरमा लगिनेछन् । एफ्राइम अपमान हुनेछ, र इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ ।
Ano i sám lid do Assyrie zaveden bude v dar králi, kterýž obhájce býti měl; Efraim hanbu ponese, a Izrael styděti se bude za své předsevzetí.
7 पानीको सतहमाथिको काठको एउटा टुक्राझैं, सामरियाका राजा नष्‍ट पारिनेछ ।
Vyhlazen bude král Samařský jako pěna na svrchku vody.
8 दुष्‍टताका उच्‍च ठाउँहरू नष्‍ट हुनेछ । यो इस्राएलको पाप हो! तिनीहरूका वेदीहरूमाथि काँडाहरू र सिउँढीहरू पलाउनेछन् । मानिसहरूले पर्वतहरूलाई, “हामीलाई छोप!” अनि पहाडहरूलाई, “हामीमाथि खस!” भन्‍नेछन् ।
Vypléněny budou také výsosti Avenu, hřích Izraelských, trní a hloží zroste na oltářích jejich. I dějí horám: Přikrejte nás, a pahrbkům: Padněte na nás.
9 “ए इस्राएल, तैंले गिबाको दिनदेखि नै पाप गरेको छस् । तँ अहिले त्‍यहाँ नै बसेको छस् । के गिबामा खराब गर्नेहरूका छोराहरूलाई युद्धले सखाप पार्नेछैन र?
Ode dnů Gabaa hřešil jsi, Izraeli. Tamť jsou ostáli, nepostihla jich v Gabaa válka proti nešlechetným.
10 जब म चाहन्‍छु, तब म तिनीहरूलाई अनुशासित गर्नेछु । तिनीहरूका विरूद्ध जातिहरू एकसाथ भेला हुनेछन् अनि तिनीहरूको दोब्‍बर अधर्मको निम्‍ति तिनीहरूलाई बन्धनमा राख्‍नेछन् ।
A protož podlé líbosti své svíži je; nebo sberou se na ně národové k svázání jich, pro dvojí nepravost jejich.
11 एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो, यसैले त्यसको सुन्दर काँधमा म एउटा जुवा हाल्‍नेछु । म एफ्राइमको काँधमा म एउटा जुवा राख्‍नेछु, यहूदाले हलो जोत्‍नेछ । र याकूब आफैले लिंड्‍को लगाउनेछ ।”
Nebo Efraim jest jalovička, kteráž byla vyučována; mlatbu miluje, ačkoli jsem já nastupoval na tučný krk její, abych k jízdě užíval Efraima, Juda aby oral, a Jákob vláčil. A říkal jsem:
12 आफ्ना निम्ति धार्मिकता छर, अनि करारको विश्‍वस्‍तताको फल कटनी गर । आफ्‍नो बाँझो बारी जोत, किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो ।
Rozsívejte sobě k spravedlnosti, žněte k milosrdenství, ořte sobě ouhor, poněvadž čas jest k hledání Hospodina, ažby přišel a dštil vám spravedlností.
13 तिमीहरूले दुष्‍टता जोतेका छौ, अनि तिमीहरूले अन्यायको कटनी गर्‍यौ । तिमीहरूले छलको फल खाएका छौ, किनभने तिमीहरूले आफ्ना योजनाहरू, र आफ्‍ना धेरै सिपाहीहरूमा भर पर्‍यौ ।
Ale orali jste bezbožnost, žali jste nepravost, jedli jste ovoce lži; nebo doufáš v cestu svou a ve množství reků svých.
14 यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ, र तिमीहरूका किल्‍लाबन्‍दी गरिएका सहरहरू नष्‍ट हुनेछन् । युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैं त्‍यो हुनेछ, जुन बेला आमाहरूलाई आफ्‍ना छोराछोरीसितै टुक्रा-टुक्रा पारिएको थियो ।
Protož povstane rozbroj mezi lidem tvým, i každá pevnost tvá zpuštěna bude, tak jako zpustil Salman Bet Arbel v den boje; matky s syny rozrážíny budou.
15 यसैले ए बेथेल, तेरो ठुलो दुष्‍टताको कारणले, तँलाई पनि यस्तै हुनेछ । झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ ।
Aj, toť vám způsobí Bethel pro přílišnou nešlechetnost vaši; na svitání docela vyhlazen bude král Izraelský.

< होशे 10 >