< हिब्रू 8 >
1 अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पुजारी हुनुहुन्छ जो स्वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ ।
Голова ж сказаного - Такого маємо Архиєрея, що сїв по правиції престола величчя на небесах,
2 मानिसले बनाएको होइन, तर परमेश्वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ ।
служителя святинї і скинї істинної, котру поставив Господь, а не чоловік.
3 किनकि हरेक प्रधान पुजारी भेटीहरू र बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ । त्यसकारण, केही कुरा चढाउन आवश्यक छ ।
Всякий бо архиєрей поставляєть ся, щоб приносити дари і жертви; тим треба й Сьому що мати, щоб принести.
4 अब यदि ख्रीष्ट पृथ्वीमा हुनुभएको भए, उहाँ सबैका पुजारी हुनुहुने थिएन किनकि त्यहाँ व्यवस्थाअनुसार भेटी चढाउनेहरू छँदै छन् ।
Бо коли б Він був на землї, не був би священиком, (де) в священики, що приносять по закону дари,
5 तिनीहरूले स्वर्गीय कुराहरूको नक्कल र छायाँको मात्र सेवा गर्दछन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्वरद्वारा मोशालाई चेतावनी दिइयो, परमेश्वरले भन्नुभयो, “हेर, तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू ।”
котрі служать образу і тїнї небесного, яко ж глаголано Мойсейові, як хотїв зробити скиню. "Гледи бо", рече, "зроби все по взору, показаному тобі на горі."
6 तर अहिले ख्रीष्टले प्राप्त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्यस्थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्थापना गरिएको छ ।
Тепер же (Христос) лучче знарядив служеннє, на скілько Від посередник луччого завіту, котрий на луччих обітницях узаконив ся.
7 किनकि यदि पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्यकता नै पर्दैन थियो ।
Бо коли б первий той був без пороку, не шукалось би місця другому.
8 किनकि जब परमेश्वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्नुभयो, “हेर, परमप्रभु भन्नुहुन्छ, ती दिन आउँदै छन्, जब म यहूदा र इस्राएलका घरानासँग नयाँ करार स्थापना गर्नेछु ।
Докоряючи бо їх глаголе: "Ось ідуть днї, глаголе Господь, і зроблю з домом Ізраїлевим і з домом Юдовим завіт новий,
9 यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्तो हुनेछैन, एक दिन मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्याएर ल्याएँ । किनकि तिनीहरूले मेरो करारलाई अटुट रूपमा पछ्याएनन्, र परमप्रभु भन्नुहुन्छ, मैले तिनीहरूको बेवास्ता गरे ।
не по завіту, що вробив я з отцями вашими, того дня, як узяв я їх за руку, щоб вивести їх із землі Єгипецької: бо вони не пробували в завітї моїм, і я занедбав їх, глаголе Господь.
10 परमप्रभु भन्नुहुन्छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु । म मेरो व्यवस्था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
Тим се завіт, котрий: зроблю дому Ізраїлевому по тих днях, глаголе Господь: Давши закони мої в думку їх, і на серцях їх напишу їх, і буду їм Бог, а вони будуть мені народ.
11 तिनीहरूले हरेक आफ्नो छिमेकीलाई सिकाउनेछैनन्, र आफ्नो हरेक भाइलाई परमप्रभुलाई चिन भन्नुपर्दैन । किनकि तिनीहरूमध्येका सानादेखि लिएर ठुलासम्म सबैले मलाई चिन्नेछन् ।
І не вчити ме кожен ближнього свого, і кожен брата свого, говорячи: Познай Господа; бо всї знати муть мене від малого та й до великого між ними.
12 किनकि तिनीहरूले गरेका अपराधहरूप्रति म अनुग्रह देखाउनेछु, र तिनीहरूले गरेका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।”
Тим що милостив буду на неправди їх, і гріхів їх і беззаконий їх не згадувати му більше."
13 “नयाँ” भन्नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो । र जुन काम नलाग्ने र पुरानो भएको छ, त्यो हराएर जानै लागेको छ ।
А що глаголе: "новий", то обветшив первого; що ж обветшало і зстарілось, те близьке зотлїння.