< हिब्रू 8 >

1 अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पुजारी हुनुहुन्छ जो स्‍वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ ।
我們所論述的要點即是:我們有這樣一位大司祭,衪已在天上「尊威」的寶座上右邊,
2 मानिसले बनाएको होइन, तर परमेश्‍वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ ।
在聖所,即真會幕裏作臣僕;這會幕是上主而是人手所支搭的。
3 किनकि हरेक प्रधान पुजारी भेटीहरू र बलिदानहरू दुवै चढाउन नियुक्त गरिएको हुन्छ । त्‍यसकारण, केही कुरा चढाउन आवश्‍यक छ ।
凡大司祭都是為奉獻供物和犧牲所立的,因此一切也必須有所奉獻。
4 अब यदि ख्रीष्‍ट पृथ्‍वीमा हुनुभएको भए, उहाँ सबैका पुजारी हुनुहुने थिएन किनकि त्‍यहाँ व्‍यवस्‍थाअनुसार भेटी चढाउनेहरू छँदै छन् ।
假使衪在地上,衪就不必當司祭,因為已有了按法律奉獻供物的司祭。
5 तिनीहरूले स्‍वर्गीय कुराहरूको नक्‍कल र छायाँको मात्र सेवा गर्दछन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्‍वरद्वारा मोशालाई चेतावनी दिइयो, परमेश्‍वरले भन्‍नुभयो, “हेर, तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू ।”
這些人所行的敬禮,只是天上事物的模與影子,就如梅瑟要製造會幕時,曾獲得神示說:『要留心──上主說──應一一照在在山上指示你的式樣去作。』
6 तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्‍यस्‍थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्‍थापना गरिएको छ ।
現今尸已得了一個更卓絕的職分,因為衪作了一個更好的,並建立在更好的恩許之上的盟約的中保,
7 किनकि यदि पहिलो करार दोषरहित भएको भए, दोस्रो करारको आवश्‍यकता नै पर्दैन थियो ।
如果那第一個盟約是沒有缺點的,那麼,為第二個就沒有餘地了。
8 किनकि जब परमेश्‍वरले मानिसको दोष भेट्टाउनुभयो, तब उहाँले भन्‍नुभयो, “हेर, परमप्रभु भन्‍नुहुन्‍छ, ती दिन आउँदै छन्, जब म यहूदा र इस्राएलका घरानासँग नयाँ करार स्‍थापना गर्नेछु ।
其實天主卻指責依民說:『看,時日將到──上主說──我必要與以色列家和猶大家訂立新約,
9 यो करार तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको जस्‍तो हुनेछैन, एक दिन मैले तिनीहरूको हात समातेर तिनीहरूलाई मिश्र देशबाट डोर्‍याएर ल्‍याएँ । किनकि तिनीहरूले मेरो करारलाई अटुट रूपमा पछ्याएनन्, र परमप्रभु भन्‍नुहुन्‍छ, मैले तिनीहरूको बेवास्‍ता गरे ।
不像我昔日握住他們的手,領他們出離埃及時,與他們的祖先所訂立的一樣,因為他們沒有痕恆心守我的盟約,我也就不照管他們了──上主說。
10 परमप्रभु भन्‍नुहुन्‍छ, ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्‍नेछु । म मेरो व्‍यवस्‍था तिनीहरूको मनमा राखिदिनेछु, र म तिनीहरूका हृदयमा पनि ती लेखिदिनेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु, अनि तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
這是我在那些時日後,與以色列家訂立的盟約──上主說──我要將我的法律放在他們的明悟中,寫在他們的心頭上 ;我要做他們的天主,他們要做我的人民。
11 तिनीहरूले हरेक आफ्नो छिमेकीलाई सिकाउनेछैनन्, र आफ्नो हरेक भाइलाई परमप्रभुलाई चिन भन्‍नुपर्दैन । किनकि तिनीहरूमध्येका सानादेखि लिएर ठुलासम्‍म सबैले मलाई चिन्‍नेछन् ।
那時,誰也不再教訓自己的同鄉,誰也不再教訓自己的弟兄說:「你要認識上主。」因為不論大小,人人都必須認識我。
12 किनकि तिनीहरूले गरेका अपराधहरूप्रति म अनुग्रह देखाउनेछु, र तिनीहरूले गरेका पापहरूको सम्झना म कहिल्यै गर्नेछैनँ ।”
因為我要寬赦他們的過犯,不再記憶他們的罪惡。』
13 “नयाँ” भन्‍नुहुँदा उहाँले पहिलो करारलाई पुरानो बनाउनुभयो । र जुन काम नलाग्‍ने र पुरानो भएको छ, त्यो हराएर जानै लागेको छ ।
一說「新的,」就把先前的,宣希為舊的了;但凡是舊的和老的,都已臨近了滅亡。

< हिब्रू 8 >