< हिब्रू 7 >
1 यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्च परमेश्वरका पुजारी थिए । अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा मल्कीसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए ।
śālamasya rājā sarvvōparisthasyēśvarasya yājakaśca san yō nr̥patīnāṁ māraṇāt pratyāgatam ibrāhīmaṁ sākṣātkr̥tyāśiṣaṁ gaditavān,
2 अब्राहामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए । मल्कीसेदेक नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा ।” तिनको अर्को पद “शालेमका राजा” हो, अर्थात् “शान्तिका राजा ।”
yasmai cēbrāhīm sarvvadravyāṇāṁ daśamāṁśaṁ dattavān sa malkīṣēdak svanāmnō'rthēna prathamatō dharmmarājaḥ paścāt śālamasya rājārthataḥ śāntirājō bhavati|
3 उनी विनापिता, विनामाता, विनापिता-पुर्खाहरू र जीवनको सुरु वा अन्त्य नभएका व्यक्ति हुन् । बरु, उनी परमेश्वरका पुत्रजस्तै सदाकालका पुजारी हुनुहुन्छ ।
aparaṁ tasya pitā mātā vaṁśasya nirṇaya āyuṣa ārambhō jīvanasya śēṣaścaitēṣām abhāvō bhavati, itthaṁ sa īśvaraputrasya sadr̥śīkr̥taḥ, sa tvanantakālaṁ yāvad yājakastiṣṭhati|
4 हेर, यिनी कस्ता महान् व्यक्ति थिए । हाम्रा पुर्खा अब्राहामले तिनलाई लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए ।
ataēvāsmākaṁ pūrvvapuruṣa ibrāhīm yasmai luṭhitadravyāṇāṁ daśamāṁśaṁ dattavān sa kīdr̥k mahān tad ālōcayata|
5 एकातिर, लेवीका छोराहरू जसले पुजारी पदलाई प्राप्त गरेका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन् ।
yājakatvaprāptā lēvēḥ santānā vyavasthānusārēṇa lōkēbhyō'rthata ibrāhīmō jātēbhyaḥ svīyabhrātr̥bhyō daśamāṁśagrahaṇasyādēśaṁ labdhavantaḥ|
6 तर अर्कोतिर, मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन्, जसले अब्राहामबाट सबै दशांश प्राप्त गरे, र तिनले जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष् दिए ।
kintvasau yadyapi tēṣāṁ vaṁśāt nōtpannastathāpībrāhīmō daśamāṁśaṁ gr̥hītavān pratijñānām adhikāriṇam āśiṣaṁ gaditavāṁśca|
7 ठुला मानिसले दिएको आशीर्वादलाई साना मानिसले इन्कार गर्ने कुनै कारण छैन ।
aparaṁ yaḥ śrēyān sa kṣudratarāyāśiṣaṁ dadātītyatra kō'pi sandēhō nāsti|
8 यस अवस्थामा मरणशील मानिसहरूले दशांश प्राप्त गर्दछन् भने, अर्कोतिर त्यस सन्दर्भमा उनी जीवित रहन्छन् भनी यसले प्रमाणित गर्दछ ।
aparam idānīṁ yē daśamāṁśaṁ gr̥hlanti tē mr̥tyōradhīnā mānavāḥ kintu tadānīṁ yō gr̥hītavān sa jīvatītipramāṇaprāptaḥ|
9 र यस सन्दर्भमा भन्नुपर्दा, अब्राहामद्वारा दशांश पाउने लेवीले पनि दशांश दिए,
aparaṁ daśamāṁśagrāhī lēvirapībrāhīmdvārā daśamāṁśaṁ dattavān ētadapi kathayituṁ śakyatē|
10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए ।
yatō yadā malkīṣēdak tasya pitaraṁ sākṣāt kr̥tavān tadānīṁ sa lēviḥ pitururasyāsīt|
11 अब यदि लेवीको पुजारी पदद्वारा पूर्णताको सम्भव भएको भए (किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्त गर्दछन्), हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पुजारी स्थापित गर्न किन आवश्यक पर्थ्यो?
aparaṁ yasya sambandhē lōkā vyavasthāṁ labdhavantastēna lēvīyayājakavargēṇa yadi siddhiḥ samabhaviṣyat tarhi hārōṇasya śrēṇyā madhyād yājakaṁ na nirūpyēśvarēṇa malkīṣēdakaḥ śrēṇyā madhyād aparasyaikasya yājakasyōtthāpanaṁ kuta āvaśyakam abhaviṣyat?
12 किनकि जब पुजारी पद परिवर्तन हुन्छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्दछ ।
yatō yājakavargasya vinimayēna sutarāṁ vyavasthāyā api vinimayō jāyatē|
13 किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन् ।
aparañca tad vākyaṁ yasyōddēśyaṁ sō'parēṇa vaṁśēna saṁyuktā'sti tasya vaṁśasya ca kō'pi kadāpi vēdyāḥ karmma na kr̥tavān|
14 अब यो स्पष्ट छ, कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो, तर मोशाले पुजारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका छैनन् ।
vastutastu yaṁ vaṁśamadhi mūsā yājakatvasyaikāṁ kathāmapi na kathitavān tasmin yihūdāvaṁśē'smākaṁ prabhu rjanma gr̥hītavān iti suspaṣṭaṁ|
15 यदि मल्कीसेदेकजस्तै अर्को स्वरूपमा पुजारी खडा हुन्छ भने, हामीले जे भनिरहेका छौँ, त्यो स्पष्ट छ ।
tasya spaṣṭataram aparaṁ pramāṇamidaṁ yat malkīṣēdakaḥ sādr̥śyavatāparēṇa tādr̥śēna yājakēnōdētavyaṁ,
16 उहाँ शारीरिक पुर्खाहरूका नियमका आधारमा पुजारी हुनुभएको होइन, तर बरु उहाँ अविनाशी जीवनको शक्तिमा पुजारी हुनुभयो ।
yasya nirūpaṇaṁ śarīrasambandhīyavidhiyuktayā vyavasthāyā na bhavati kintvakṣayajīvanayuktayā śaktyā bhavati|
17 किनकि उहाँको बिषयमा धर्मशास्त्रले यसरी गवाही दिन्छः “मल्कीसेदेकको दर्जाजस्तै तिमी सधैँका निम्ति पुजारी हौ ।” (aiōn )
yata īśvara idaṁ sākṣyaṁ dattavān, yathā, "tvaṁ maklīṣēdakaḥ śrēṇyāṁ yājakō'si sadātanaḥ|" (aiōn )
18 किनभने पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्ने थियो ।
anēnāgravarttinō vidhē durbbalatāyā niṣphalatāyāśca hētōrarthatō vyavasthayā kimapi siddhaṁ na jātamitihētōstasya lōpō bhavati|
19 किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन । तथापि, भविष्यको निम्ति उत्तम निश्चयता छ, जसद्वारा हामी परमेश्वरको नजिक पुग्न सक्छौँ ।
yayā ca vayam īśvarasya nikaṭavarttinō bhavāma ētādr̥śī śrēṣṭhapratyāśā saṁsthāpyatē|
20 अनि यो शपथविना भएको होइन । एकातिर, ती अरूहरू शपथविना नै पुजारीहरू भएका थिए ।
aparaṁ yīśuḥ śapathaṁ vinā na niyuktastasmādapi sa śrēṣṭhaniyamasya madhyasthō jātaḥ|
21 तर अर्कोतिर भने, यी येशू शपथविना नै पुजारी हुनुभयो, जसको बारेमा परमेश्वर यसो भन्नुहुन्छ, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुन्न, ‘तिमी सदाकाल पुजारी हुनेछौ’ ।” (aiōn )
yatastē śapathaṁ vinā yājakā jātāḥ kintvasau śapathēna jātaḥ yataḥ sa idamuktaḥ, yathā,
22 जसद्वारा येशूलाई उत्तम करारको निश्चयता दिइएको छ ।
"paramēśa idaṁ śēpē na ca tasmānnivartsyatē| tvaṁ malkīṣēdakaḥ śrēṇyāṁ yājakō'si sadātanaḥ|" (aiōn )
23 एकातिर, धेरै पुजाहारीहरू भएका छन्, तर मृत्युको कारणले गर्दा तिनीहरूलाई निरन्तर पुजारीको कार्यमा लागि रहन दिएन ।
tē ca bahavō yājakā abhavan yatastē mr̥tyunā nityasthāyitvāt nivāritāḥ,
24 तर अर्कोतिर भने, येशू सदासर्वदा रहिरहनुहुन्छ, उहाँसँग एउटा स्थायी पुजारी पद छ । (aiōn )
kintvasāvanantakālaṁ yāvat tiṣṭhati tasmāt tasya yājakatvaṁ na parivarttanīyaṁ| (aiōn )
25 यसकारण, येशूद्वारा परमेश्वरको नजिक आउने मानिसहरूलाई बचाउनका निम्ति उहाँ पूर्ण रूपमा सामर्थी हुनुहुन्छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्तर-बिन्ती गर्नलाई सधैँ जीवित हुनुहुन्छ ।
tatō hētō ryē mānavāstēnēśvarasya sannidhiṁ gacchanti tān sa śēṣaṁ yāvat paritrātuṁ śaknōti yatastēṣāṁ kr̥tē prārthanāṁ karttuṁ sa satataṁ jīvati|
26 किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्च हुनुभएको छ ।
aparam asmākaṁ tādr̥śamahāyājakasya prayōjanamāsīd yaḥ pavitrō 'hiṁsakō niṣkalaṅkaḥ pāpibhyō bhinnaḥ svargādapyuccīkr̥taśca syāt|
27 प्रधान पुजारीले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाई रहनुपर्दैन । जब उहाँले आफैँलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैँका निम्ति गर्नुभयो ।
aparaṁ mahāyājakānāṁ yathā tathā tasya pratidinaṁ prathamaṁ svapāpānāṁ kr̥tē tataḥ paraṁ lōkānāṁ pāpānāṁ kr̥tē balidānasya prayōjanaṁ nāsti yata ātmabalidānaṁ kr̥tvā tad ēkakr̥tvastēna sampāditaṁ|
28 किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्यो, जससँग कमजोरी हुन्थे । तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ । (aiōn )
yatō vyavasthayā yē mahāyājakā nirūpyantē tē daurbbalyayuktā mānavāḥ kintu vyavasthātaḥ paraṁ śapathayuktēna vākyēna yō mahāyājakō nirūpitaḥ sō 'nantakālārthaṁ siddhaḥ putra ēva| (aiōn )