< हिब्रू 7 >

1 यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए । अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा मल्कीसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए ।
Když se totiž Abraham vracel z vítězného válečného tažení, při kterém vysvobodil svého synovce Lota, vyšel mu vstříc král pokoje a spravedlnosti, kněz Nejvyššího – Malkísedek ze Sálemu.
2 अब्राहामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए । मल्कीसेदेक नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा ।” तिनको अर्को पद “शालेमका राजा” हो, अर्थात् “शान्तिका राजा ।”
3 उनी विनापिता, विनामाता, विनापिता-पुर्खाहरू र जीवनको सुरु वा अन्त्य नभएका व्यक्‍ति हुन् । बरु, उनी परमेश्‍वरका पुत्रजस्तै सदाकालका पुजारी हुनुहुन्छ ।
Neznáme jeho rodiče ani rodokmen, nevíme, kdy se narodil, ani kdy zemřel. Abraham mu odevzdal desátky z kořisti a přijal od něho požehnání jako potvrzení slibů, kterých se mu od Boha dostalo. V Abrahamovi se před Malkísedekem sklonil a desátky mu odevzdal i praotec kněžského rodu Lévi, jehož potomci později podle ustanovení zákona konali kněžskou službu a vybírali desátek.
4 हेर, यिनी कस्ता महान् व्यक्‍ति थिए । हाम्रा पुर्खा अब्राहामले तिनलाई लडाइँमा जितेर ल्याएका सबै कुराको दशांश दिए ।
5 एकातिर, लेवीका छोराहरू जसले पुजारी पदलाई प्राप्‍त गरेका छन्, तिनीहरूलाई मानिसहरू अर्थात् आफ्नै भाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाले दिएको छ, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तानबाट आएका हुन् ।
6 तर अर्कोतिर, मल्कीसेदेक जसका वंशावली तिनीहरूबाटका थिएनन्, जसले अब्राहामबाट सबै दशांश प्राप्‍त गरे, र तिनले जसलाई प्रतिज्ञाहरू गरिएको थियो उनलाई आशिष्‌‌ दिए ।
7 ठुला मानिसले दिएको आशीर्वादलाई साना मानिसले इन्कार गर्ने कुनै कारण छैन ।
8 यस अवस्थामा मरणशील मानिसहरूले दशांश प्राप्‍त गर्दछन् भने, अर्कोतिर त्यस सन्दर्भमा उनी जीवित रहन्छन् भनी यसले प्रमाणित गर्दछ ।
9 र यस सन्दर्भमा भन्‍नुपर्दा, अब्राहामद्वारा दशांश पाउने लेवीले पनि दशांश दिए,
10 किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी पनि आफ्ना पुर्खाकै शरीरमा थिए ।
11 अब यदि लेवीको पुजारी पदद्वारा पूर्णताको सम्भव भएको भए (किनकि जसबाट मानिसहरूले व्यवस्था प्राप्‍त गर्दछन्), हारूनको दर्जाबमोजिम नभएर मल्कीसेदेकको दर्जाअनुसार अर्को पुजारी स्थापित गर्न किन आवश्यक पर्थ्यो?
Lévijská služba nebyla s to přivést Boží lid k dokonalosti. Proto bylo třeba jiné služby a jiného kněze – a to podle řádu Malkísedekova. Je zřejmé, že přenesením kněžství zaniká zákonité oprávnění pro trvání lévijské služby.
12 किनकि जब पुजारी पद परिवर्तन हुन्छ, तब व्यवस्था पनि परिवर्तन हुनुपर्दछ ।
13 किनकि एक जना जसको बारेमा यी कुराहरू भनिएका छन्, उहाँ अर्कै कुलका हुनुहुन्छ, जसबाट कहिल्यै कसैले वेदीमा सेवा गरेका छैनन् ।
14 अब यो स्पष्‍ट छ, कि यहूदाको कुलबाट हाम्रा प्रभु जन्मनुभएको थियो, तर मोशाले पुजारीहरूका बारेमा कहिल्यै उल्लेख गरेका छैनन् ।
Náš Pán, jak všichni víme, pochází z Judova pokolení, jehož členy Mojžíš nikdy nepověřil kněžskou službou a žádný člen jeho rodu ji také nikdy nekonal.
15 यदि मल्कीसेदेकजस्तै अर्को स्वरूपमा पुजारी खडा हुन्छ भने, हामीले जे भनिरहेका छौँ, त्यो स्पष्‍ट छ ।
Je proto zřejmé, že v něm povstává nový kněz podle řádu Malkísedekova,
16 उहाँ शारीरिक पुर्खाहरूका नियमका आधारमा पुजारी हुनुभएको होइन, तर बरु उहाँ अविनाशी जीवनको शक्‍तिमा पुजारी हुनुभयो ।
který svou hodnost nedědí na základě lévijského zákona, ale ujímá se jí mocí své nesmrtelnosti.
17 किनकि उहाँको बिषयमा धर्मशास्‍त्रले यसरी गवाही दिन्छः “मल्कीसेदेकको दर्जाजस्तै तिमी सधैँका निम्ति पुजारी हौ ।” (aiōn g165)
To dosvědčuje žalmista, když říká: „Ty jsi kněz na věky podle řádu Malkísedekova.“ (aiōn g165)
18 किनभने पहिलेको आज्ञा रद्द भएको छ, कारण त्यो कमजोर र काम नलाग्‍ने थियो ।
Předchozí zákonné ustanovení o kněžské službě bylo zrušeno, protože se ukázalo jako slabé a neužitečné.
19 किनकि व्यवस्थाले कुनै पनि कुरालाई सिद्ध बनाएन । तथापि, भविष्यको निम्ति उत्तम निश्‍चयता छ, जसद्वारा हामी परमेश्‍वरको नजिक पुग्‍न सक्छौँ ।
Vždyť samo o sobě nikoho nepřivedlo k dokonalosti. Vystřídala je lepší naděje, jejímž prostřednictvím se přibližujeme k Bohu.
20 अनि यो शपथविना भएको होइन । एकातिर, ती अरूहरू शपथविना नै पुजारीहरू भएका थिए ।
Toto přenesení kněžství se nestalo bez přísahy. Kněží bývali jmenováni bez přísahy, ale Ježíš byl ustanoven s přísahou, poněvadž mu bylo řečeno:
21 तर अर्कोतिर भने, यी येशू शपथविना नै पुजारी हुनुभयो, जसको बारेमा परमेश्‍वर यसो भन्‍नुहुन्छ, “परमप्रभुले प्रतिज्ञा गर्नुभएको छ, र उहाँले आफ्नो मन परिवर्तन गर्नुहुन्‍न, ‘तिमी सदाकाल पुजारी हुनेछौ’ ।” (aiōn g165)
„Pán přísahal a nebude toho litovat: Ty jsi kněz na věky podle řádu Malkísedekova.“ (aiōn g165)
22 जसद्वारा येशूलाई उत्तम करारको निश्‍चयता दिइएको छ ।
Proto se Ježíš stal ručitelem lepší smlouvy.
23 एकातिर, धेरै पुजाहारीहरू भएका छन्, तर मृत्युको कारणले गर्दा तिनीहरूलाई निरन्तर पुजारीको कार्यमा लागि रहन दिएन ।
Kněží bylo mnoho. Protože byli smrtelní, nastupoval jeden za druhým. Žádný nemohl konat úřad do nekonečna.
24 तर अर्कोतिर भने, येशू सदासर्वदा रहिरहनुहुन्छ, उहाँसँग एउटा स्थायी पुजारी पद छ । (aiōn g165)
Ježíš však nepotřebuje předávat úřad dalšímu, protože zůstává na věky. (aiōn g165)
25 यसकारण, येशूद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई बचाउनका निम्ति उहाँ पूर्ण रूपमा सामर्थी हुनुहुन्छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्‍तर-बिन्‍ती गर्नलाई सधैँ जीवित हुनुहुन्छ ।
Proto přináší dokonalé spasení těm, kteří jeho prostřednictvím přicházejí k Bohu. Je stále připraven zasáhnout v jejich prospěch.
26 किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्‍च हुनुभएको छ ।
Takového velekněze jsme potřebovali: svatého, nevinného, neposkvrněného, odděleného od hříšníků a vyššího než sama nebesa,
27 प्रधान पुजारीले जस्तै पहिले आफ्नै पापका निम्ति र त्यसपछि मानिसहरूका पापका निम्ति उहाँले दिनहुँ बलिदान चढाई रहनुपर्दैन । जब उहाँले आफैँलाई अर्पण गर्नुभयो, तब उहाँले यो एकै पटक सधैँका निम्ति गर्नुभयो ।
který není povinen přinášet každý den oběť napřed za své hříchy a pak za hříchy lidu. Obětoval sama sebe.
28 किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्‍यो, जससँग कमजोरी हुन्थे । तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ । (aiōn g165)
Zákon dosazoval za velekněze lidi podrobené slabosti, ale slovo přísahy vynesené po vydání zákona ustanovilo na věky veleknězem Syna dokonalého. (aiōn g165)

< हिब्रू 7 >