< हिब्रू 6 >
1 त्यसकारण, सुरुमा सिकेको ख्रीष्टको वचनलाई छोडेर हामी परिपक्वतातिर अगाडि बढौँ । परमेश्वरमा विश्वास र मरेका कामहरूबाट पश्चात्तापको जग बसाल्ने काम फेरि नगरौँ,
Зато да оставимо почетак Христове науке и да се дамо на савршенство: да не постављамо опет темеља покајања од мртвих дела, и вере у Бога,
2 न त बप्तिस्माबारे शिक्षाको जग, हात राख्ने काम, मरेका मानिसहरूको पुनरुत्थान, र अनन्त न्यायको जग बसालौँ । (aiōnios )
Науке крштења, и стављања руку, и васкрсења мртвих, и суда вечног. (aiōnios )
3 यदि परमेश्वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौँ ।
И ово ћемо учинити ако Бог допусти.
4 किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो ।
Јер није могуће оне који су једном просветљени, окусили дар небески, постали заједничари Духа Светог,
5 र जसले परमेश्वरको असल वचन र आउने युगको शक्तिको स्वाद चाखेका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो । (aiōn )
И окусили добру реч Божју, и силу оног света, и отпали, (aiōn )
6 तर जो पतित भएको छ, तिनीहरूलाई फेरि पश्चात्तापमा ल्याउन असम्भव छ । किनकि तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्वरका पुत्रलाई क्रुसमा टाँग्दछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्दछन् ।
Опет обновити на покајање, јер сами себи наново распињу и руже сина Божијег.
7 किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्वरबाट आशिष् प्राप्त गर्दछ ।
Јер земља која пије дажд што често на њу пада, и која рађа поврће добро онима који је раде, прима благослов од Бога;
8 तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ ।
А која износи трње и чичак, непотребна је и клетве близу, која се најпосле сажеже.
9 हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, हामीलाई तिमीहरूका असल थोकहरूले प्रभावित परेका छन्, र त्यो कुरा उद्धारको विषयमा हो ।
Али од вас, љубазни, надамо се бољем и шта се држи спасења, ако и говоримо тако.
10 किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्वर अधर्मी हुनुहुन्न, किनभने तिमीहरूले विश्वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ ।
Јер Бог није неправедан да заборави дело ваше и труд љубави коју показасте у име Његово, послуживши светима и служећи.
11 अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही पूर्ण निश्चयता देखाओ ।
Али желимо да сваки од вас покаже то исто старање да се нада одржи тврдо до самог краја;
12 त्यसैले, तिमीहरू अल्छे नहोओ, तर विश्वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ ।
Да не будете лениви, него да се угледате на оне који вером и трпљењем добијају обећања.
13 किनकि परमेश्वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो ।
Јер кад Бог Авраму обећа, не имајући ничим већим да се закуне, закле се собом,
14 उहाँले भन्नुभयो, “निश्चय नै म तँलाई आशिष् दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु ।”
Говорећи: Заиста благосиљајући благословићу те, и умножавајући умножићу те.
15 यसरी, अब्राहामले धैर्यसाथ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्त गरे ।
И тако трпећи дуго, доби обећање.
16 किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूको वादविवाद मिलाउन निश्चयता दिन्छ ।
Јер се људи већим куну, и свакој њиховој свађи свршетак је заклетва за потврђење.
17 परमेश्वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्का गर्नुभयो ।
Зато и Бог кад хтеде наследницима обећања обилније да покаже тврђу завета свог, учини посредника клетву:
18 त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्वरलाई झुट बोल्न असम्भव छ, ताकि हामी, जो शरणको लागि भाग्नेहरूले, हाम्रो अगाडि राखिदिएको निश्चयतालाई बलियो गरी समात्नलाई दह्रो उत्साह पाउन सकौँ ।
Да би у двема непоколебљивим стварима, у којима Богу није могуће слагати, имали јаку утеху ми који смо прибегли да се ухватимо за наду која нам је дана,
19 हामीसित हाम्रो आत्मा सुरक्षित र भरपर्दो निश्चयतामा गाडिएको छ, यस्तो निश्चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ ।
Који имамо као тврд и поуздан ленгер душе, који улази и за најдаље завесе,
20 मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैँका निम्ति प्रधान पुजारी हुनुभएकाले हाम्रा अग्रदूतको रूपमा येशू हामीभन्दा पहिले त्यस ठाउँमा गएर बसिसक्नुभएको छ । (aiōn )
Где Исус уђе напред за нас, поставши поглавар свештенички довека по реду Мелхиседековом. (aiōn )