< हिब्रू 5 >
1 किनकि प्रत्येक प्रधान पुजारी मानिसहरूकै बिचबाट छानिएको हुन्छ । परमेश्वरका थोकहरूसम्बन्धी काम गर्न मानिसहरूका सट्टामा तिनलाई नियुक्त गरिएको हो । त्यसकारण, तिनले पापहरूका निम्ति बलि र उपहारहरू दुवै बलिदानका काम गर्न सक्छन् ।
Issi issi kahine halaqi asaa giddofe doorettidi, Xoossaara gathiyaban asaa gisho imotanne nagara yarshsho yarshshanaw shuumettees.
2 तिनले अजान र कमजोरहरूसँग नम्रतापूर्वक व्यवहार गर्नुपर्दछ, किनकि तिनी आफैँ पनि कमजोरीबाट घेरिएका छन् ।
I ba huu7en daaburanchcho gidiya gisho, eronnayssatasinne baleyssatas qadhettanaw dandda7ees.
3 यसकारणले गर्दा, जसरी तिनले मानिसहरूका पापको निम्ति बलि चढाउँछन्, त्यसरी नै तिनलाई पनि आफ्नो पापका निम्ति बलिदान चढाउन माग गरिएको छ ।
I ba nagara gishonne asa ubbaa nagara gisho yarshsho yarshshanaw bessey hessassa.
4 र कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै उसलाई परमेश्वरद्वारा बोलाइएको हुन्छ ।
Oonikka ha bonchchuwa baw ekkanaw dandda7enna, shin Aaroni kahine halaqa gidanaw xeegidayssada Xoossan xeegettanaw bessees.
5 त्यसै गरी, ख्रीष्टलाई प्रधान पुजारी बनाइएको कारणले न त उहाँले आफैँलाई उचाल्नुभयो । बरु, उहाँसँग बोलिरहनुहुनेले भन्नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु ।”
Hessadakka, Kiristtoosi kahine halaqa gidiya bonchchuwa baw ekkibeenna. Shin Xoossay iya, “Neeni ta Na7aa. hachchi ta new Aawa gidas” yaagees.
6 अर्को ठाउँमा पनि उहाँले यसरी भन्नुभएको छ, “तिमी सधैँका निम्ति मल्कीसेदेकको दर्जाअनुसारको पुजारी हौ ।” (aiōn )
Qassi harason, “Malkkexedeqey kahine gididayssada, neeni merinaw kahine gidana” yaagees. (aiōn )
7 उहाँ शरीरमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुने परमेश्वरसँग उहाँले ठुलो सोरमा क्रन्दन र आँशुकासाथ प्रार्थना र निवेदन गर्नुभयो । उहाँको आदरको कारणले गर्दा उहाँले सुन्नुभयो ।
Yesuusi ase gididi ha alamiyan de7iya wode bana hayqoppe ashshanaw dandda7iya Xoossaako daro yeehoninne afuthan Xoossaa woossis. I, iya bonchchidi kiitettida gisho Xoossay iya woosaa si7is.
8 उहाँ एक पुत्र हुनुभएर पनि आफूले भोगेको कष्टबाट उहाँले आज्ञापालन गर्न सिक्नुभयो ।
Yesuusi Xoossaa Na7a gidikkoka ba waayettida waayiyan kiitetethi tamaaris.
9 उहाँ सिद्ध बनाइनुभएपछि उहाँमा आज्ञाकारी हुने हरेकका निम्ति उहाँ अनन्त मुक्तिको कारण बन्नुभयो । (aiōnios )
Hessankka, Yesuusi ba oosuwa polidaappe guye baw kiitettiya ubbay merinaa atotethaa demmana mela gaaso gidis. (aiōnios )
10 मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पुजारी हुनलाई परमेश्वरले उहाँलाई नियुक्त गर्नुभयो ।
Xoossay Melkkexedeqe shuumidayssada kahine halaqa oothidi iya shuumis.
11 हामीसँग येशूको बारेमा भन्नुपर्ने धेरै कुरा छन्, तर तिमीहरू सुन्नमा मन्द भएकाले यसलाई व्याख्या गर्न गाह्रो छ ।
Ha nu oda bolla gujji haasayanabay darobay de7ees, shin hintte akeekay guutha gidiya gisho hinttew odi gelssanaw waayses.
12 किनकि यस बेलासम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्ने थियो, तर तिमीहरूलाई अझै पनि कसैले परमेश्वरको वचनका साधारण सिद्धान्तहरू सिकाउनुपरेको छ । तिमीहरूलाई खँदिलो भोजन होइन, दूधको आवश्यक छ ।
Hintte hannoode asttamaare gidanaw bessees, shin Xoossaa qaalaa koyro timirttiya hinttena zaari tamaarssiya hara asi koshshees. Hintte mino kathi maanaw dandda7onna gisho maathi koshshees.
13 किनकि दूध मात्र पिएर जिउने कसैले पनि धार्मिकताको वचनसँग अनुभव गर्न सक्दैन, किनकि ऊ अझसम्म बालकै हुन्छ ।
Maathi paahettiya oonikka yooga na7a gidiya gisho, lo77onne iita shaakki erenna.
14 तर खँदिलो भोजन परिपक्वहरूका लागि हो । किनकि तिनीहरूको परिपक्वताको बुझाइको तालिमले तिनीहरू दुष्टबाट असल छुट्ट्याउन सक्ने भएका हुन्छन् ।
Shin mino kathi lo77uwanne iitaa shaakki eriya kahaama asaassa.