< हिब्रू 4 >
1 यसकारण, हामी निकै होसियार होऔँ ताकि हामीमध्ये कोही पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदा हुँदै विश्राम गर्नदेखि वञ्चित हुन नपरोस् ।
Тому, оскільки обітниця ввійти до Його спокою все ще існує, будьмо обережні, щоб ніхто з вас не спізнився.
2 किनभने तिनीहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको थियो । तर सुनेको वचनले तिनीहरूलाई कुनै पनि फाइदा भएन । किनकि सुन्नेहरूले विश्वाससाथ स्वीकार गरेनन् । (नोटः अरू संस्करणमा पढ्छौँ) तर त्यो सन्देश सुन्नेहरू जसले विश्वासविना नै सहभागी भए तिनीहरूलाई फाइदा भएन ।
Бо нам також, як і їм, була сповіщена Добра Звістка, але почуте слово не мало для них жодної користі, бо вони не поєднали його з вірою.
3 किनकि हामी जसले विश्वास गरेका छौँ त्यस विश्राममा हामी प्रवेश गर्नेछौँ, जसरी उहाँले भन्नुभयो, “जसरी मैले मेरो क्रोधमा शपथ खाएँ, ‘तिनीहरू कहिल्यै मेरो विश्राममा प्रवेश गर्नेछैनन्’ ।” उहाँले यसो भन्नुभयो, यद्यपि संसारको उत्पत्तिमा नै उहाँका सृष्टिका कामहरू पुरा भइसकेका थिए ।
Однак ми, що повірили, входимо в цей спокій, як сказав [Бог]: «Тому присягнув Я у гніві Моєму: не увійдуть вони до Мого спокою!», хоча [Його] діла були закінчені від створення світу.
4 किनकि सातौँ दिनको विषयमा उहाँले केही भन्नुभएको छ, “परमेश्वरले सातौँ दिनमा आफ्ना सबै कामबाट विश्राम लिनुभयो ।”
Бо десь Він говорив про сьомий день так: «Сьомого дня Бог відпочив від усіх Своїх діл».
5 फेरि उहाँले भन्नुभएको छ, “तिनीहरू मेरो विश्राममा कहिल्यै प्रवेश गर्नेछैनन् ।”
І знову тут: «Не увійдуть вони до Мого спокою!»
6 त्यसकारण, उहाँको विश्राममा प्रवेश गर्न अझै कसैका लागि बाँकी नै छ, र धेरै इस्राएलीहरूले सुसमाचार सुने, तर तिनीहरूले आज्ञापालन नगरेको कारण यस विश्राममा प्रवेश गर्न सकेनन् ।
Оскільки ж декотрі ще мають увійти в цей спокій, а ті, кому раніше проголошувалася Добра Звістка, не увійшли через свою непокору,
7 “आज” भनेर परमेश्वरले फेरि एउटा निश्चित दिन ठहराउनुभएको छ । धेरै दिनपछि उहाँ दाऊदद्वारा बोल्नुभयो, जसरी यो अगिबाटै भनिएको थियो, “आज तिमीहरूले उहाँको आवाजलाई सुन्यौ भने, तिमीहरूका हृदय कठोर नपार ।”
[Бог] знову визначає певний день, «сьогодні», після довгого часу проголосивши це через Давида, як було сказано: «Сьогодні, коли ви почуєте Його голос, не зачерствійте серцями вашими».
8 किनकि यदि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए, परमेश्वरले अर्को दिनको विषयमा बोल्नुहुने थिएन ।
Бо якби Ісус [Навин] дав їм спокій, [Бог] не говорив би пізніше про інший день.
9 यसकारण, परमेश्वरका मानिसहरूका निम्ति एउटा विश्राम दिनको विश्राम अझै बाँकी छ ।
Отже, для народу Божого залишається суботній спокій.
10 किनकि जसले परमेश्वरको विश्राममा प्रवेश गर्दछ, त्यो आफैँले पनि आफ्ना कामहरूबाट विश्राम लिन्छ, जसरी परमेश्वरले उहाँका कामहरूबाट विश्राम लिनुभयो ।
Бо хто входить до Його спокою, відпочиває від своїх діл так само, як Бог – від Своїх.
11 त्यसकारण, हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्न गरौँ, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे ।
Тому докладімо всіх зусиль, щоб увійти в цей спокій, щоб ніхто не загинув, наслідуючи той самий приклад непокори.
12 किनभने परमेश्वरको वचन जीवित र क्रियाशील अनि दुईधारे तरवारभन्दा पनि धारिलो छ । यसले आत्मा, प्राण र मासीलाई अलग गर्दछ र छेड्दछ अनि यो हृदयका भावना र विचारहरूको जाँच गर्न सक्षम छ ।
Бо Слово Боже живе й дієве, воно гостріше за будь-який обосічний меч, проникає настільки глибоко, що сягає до розділення душі й духу, суглобу й кісткового мозоку, воно судить думки та наміри серця.
13 सृष्टिको कुनै पनि थोक परमेश्वरको दृष्टिमा लुकेको छैन । बरु, उहाँको दृष्टिमा हरेक कुरा छर्लङ्गै छ जसलाई हामीले लेखा दिनुपर्छ ।
Ніщо у всьому творінні не приховане від Нього. Усе розкрите та відоме перед Його очима. Йому ми дамо звіт.
14 त्यसकारण, हामीसँग महान् प्रधान पुजारी हुनुहुन्छ जो स्वर्ग भएर जानुभएको छ । उहाँ परमेश्वरका पुत्र येशू हुनुहुन्छ । तसर्थ, हामी हाम्रो विश्वासलाई दृढतासाथ थामिराखौँ ।
Тож, маючи великого Первосвященника, Який пройшов небеса, – Ісуса, Сина Божого, тримаймося твердо [віри, ] яку сповідуємо.
15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्ने एक जना प्रधान पुजारी हुनुहुन्न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ ।
Бо ми не маємо такого первосвященника, який не міг би співчувати нашим слабкостям, а Такого, Який у всьому, як і ми, був випробуваний, але не згрішив.
16 तब हामी परमेश्वरको अनुग्रहको सिंहासनमा साहसपूर्वक जाऔँ, ताकि खाँचोको समयमा हामीले कृपा र अनुग्रह पाउन सकौँ ।
Тому наближаймося з упевненістю до престолу благодаті, щоб отримати милосердя та знайти благодать, яка допоможе в час потреби.