< हिब्रू 2 >
1 त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन ।
১অতো ৱযং যদ্ ভ্রমস্রোতসা নাপনীযামহে তদর্থমস্মাভি র্যদ্যদ্ অশ্রাৱি তস্মিন্ মনাংসি নিধাতৱ্যানি|
2 यदि स्वर्गदूतहरूद्वारा बोलिएको सन्देशको मान्यता भयो भने, र हरेक आज्ञा उल्लघङ्न गर्ने र अनाज्ञाकारीहरूले ठिक सजाय पाउँछन् भने र
২যতো হেতো দূতৈঃ কথিতং ৱাক্যং যদ্যমোঘম্ অভৱদ্ যদি চ তল্লঙ্ঘনকারিণে তস্যাগ্রাহকায চ সর্ৱ্ৱস্মৈ সমুচিতং দণ্ডম্ অদীযত,
3 हामीले यति ठुलो मुक्तिको बेवास्ता गर्यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्का गरियो ।
৩তর্হ্যস্মাভিস্তাদৃশং মহাপরিত্রাণম্ অৱজ্ঞায কথং রক্ষা প্রাপ্স্যতে, যৎ প্রথমতঃ প্রভুনা প্রোক্তং ততোঽস্মান্ যাৱৎ তস্য শ্রোতৃভিঃ স্থিরীকৃতং,
4 त्यही समयमा परमेश्वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्न शक्तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।
৪অপরং লক্ষণৈরদ্ভুতকর্ম্মভি র্ৱিৱিধশক্তিপ্রকাশেন নিজেচ্ছাতঃ পৱিত্রস্যাত্মনো ৱিভাগেন চ যদ্ ঈশ্ৱরেণ প্রমাণীকৃতম্ অভূৎ|
5 हामीले कुरा गरिराखेको आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूको अधीनमा राख्नुभएन ।
৫ৱযং তু যস্য ভাৱিরাজ্যস্য কথাং কথযামঃ, তৎ তেন্ দিৱ্যদূতানাম্ অধীনীকৃতমিতি নহি|
6 त्यसको सट्टामा, कसैले कुनै ठाउँमा यसरी गवाही दिएको छ, “मानिस के हो, तपाईं त्यसको ख्याल गर्नुहुन्छ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ?
৬কিন্তু কুত্রাপি কশ্চিৎ প্রমাণম্ ঈদৃশং দত্তৱান্, যথা, "কিং ৱস্তু মানৱো যৎ স নিত্যং সংস্মর্য্যতে ৎৱযা| কিং ৱা মানৱসন্তানো যৎ স আলোচ্যতে ৎৱযা|
7 तपाईंले मानिसलाई स्वर्गदूतभन्दा अलि कम बनाउनुभएको छ; तपाईंले उसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ । (नोटः केही पुरानो संस्करणले थप्छ) र तपाईंले उसलाई तपाईंका हातका कामहरूमाथि राख्नुभएको छ ।
৭দিৱ্যদতগণেভ্যঃ স কিঞ্চিন্ ন্যূনঃ কৃতস্ত্ৱযা| তেজোগৌরৱরূপেণ কিরীটেন ৱিভূষিতঃ| সৃষ্টং যৎ তে করাভ্যাং স তৎপ্রভুৎৱে নিযোজিতঃ|
8 तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्नुभएको छ ।” किनभने परमेश्वरले सबै कुरा मानव-जातिको अधीनतामा राख्नुभएको थियो । उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन । तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ ।
৮চরণাধশ্চ তস্যৈৱ ৎৱযা সর্ৱ্ৱং ৱশীকৃতং|| " তেন সর্ৱ্ৱং যস্য ৱশীকৃতং তস্যাৱশীভূতং কিমপি নাৱশেষিতং কিন্ত্ৱধুনাপি ৱযং সর্ৱ্ৱাণি তস্য ৱশীভূতানি ন পশ্যামঃ|
9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्वरको अनुग्रहबाट येशू ख्रीष्टले हरेक मानिसका निम्ति मृत्यु चाख्नुभयो ।
৯তথাপি দিৱ্যদূতগণেভ্যো যঃ কিঞ্চিন্ ন্যূনীকৃতোঽভৱৎ তং যীশুং মৃত্যুভোগহেতোস্তেজোগৌরৱরূপেণ কিরীটেন ৱিভূষিতং পশ্যামঃ, যত ঈশ্ৱরস্যানুগ্রহাৎ স সর্ৱ্ৱেষাং কৃতে মৃত্যুম্ অস্ৱদত|
10 यो परमेश्वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो ।
১০অপরঞ্চ যস্মৈ যেন চ কৃৎস্নং ৱস্তু সৃষ্টং ৱিদ্যতে বহুসন্তানানাং ৱিভৱাযানযনকালে তেষাং পরিত্রাণাগ্রসরস্য দুঃখভোগেন সিদ্ধীকরণমপি তস্যোপযুক্তম্ অভৱৎ|
11 किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् । त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्न ।
১১যতঃ পাৱকঃ পূযমানাশ্চ সর্ৱ্ৱে একস্মাদেৱোৎপন্না ভৱন্তি, ইতি হেতোঃ স তান্ ভ্রাতৃন্ ৱদিতুং ন লজ্জতে|
12 उहाँ भन्नुहुन्छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु ।”
১২তেন স উক্তৱান্, যথা, "দ্যোতযিষ্যামি তে নাম ভ্রাতৃণাং মধ্যতো মম| পরন্তু সমিতে র্মধ্যে করিষ্যে তে প্রশংসনং|| "
13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्वरले मलाई दिनुभएको छ ।”
১৩পুনরপি, যথা, "তস্মিন্ ৱিশ্ৱস্য স্থাতাহং| " পুনরপি, যথা, "পশ্যাহম্ অপত্যানি চ দত্তানি মহ্যম্ ঈশ্ৱরাৎ| "
14 त्यसकारण, पहिले नै परमेश्वरका छोराछोरीहरू मासु र रगतको एक भाग भएका हुनाले येशूले पनि त्यही कुराहरू तिनीहरूसँग बाँड्नुभयो । त्यसैले, येशूले मृत्यु सहेर मृत्युको शक्ति भएकोलाई अर्थात् शैतानलाई नष्ट पार्नुभयो ।
১৪তেষাম্ অপত্যানাং রুধিরপললৱিশিষ্টৎৱাৎ সোঽপি তদ্ৱৎ তদ্ৱিশিষ্টোঽভূৎ তস্যাভিপ্রাযোঽযং যৎ স মৃত্যুবলাধিকারিণং শযতানং মৃত্যুনা বলহীনং কুর্য্যাৎ
15 मृत्युको डरद्वारा र सधैँ शैतानका दास भएर जिएकाहरूको लागि स्वतन्त्रता दिन उहाँले त्यसो गर्नुभयो ।
১৫যে চ মৃত্যুভযাদ্ যাৱজ্জীৱনং দাসৎৱস্য নিঘ্না আসন্ তান্ উদ্ধারযেৎ|
16 किनकि वास्तवमा उहाँले स्वर्गदूतहरूको वास्ता गर्नुहुन्न; बरु, उहाँले वास्ता गर्ने त अब्राहामका सन्तानको हो ।
১৬স দূতানাম্ উপকারী ন ভৱতি কিন্ত্ৱিব্রাহীমো ৱংশস্যৈৱোপকারী ভৱতী|
17 त्यसैले, उहाँका भाइहरूजस्तै बन्न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्यसकारण, उहाँ परमेश्वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्वासयोग्य हुनुभई परमेश्वरका महान् पुजारी हुनुभयो । त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्नुभयो ।
১৭অতো হেতোঃ স যথা কৃপাৱান্ প্রজানাং পাপশোধনার্থম্ ঈশ্ৱরোদ্দেশ্যৱিষযে ৱিশ্ৱাস্যো মহাযাজকো ভৱেৎ তদর্থং সর্ৱ্ৱৱিষযে স্ৱভ্রাতৃণাং সদৃশীভৱনং তস্যোচিতম্ আসীৎ|
18 किनभने येशू आफैँले दुःख भोग्नुभयो, र परीक्षित हुनुभयो; उहाँले परीक्षामा पर्नेहरूलाई सहायता गर्न सक्नुहुन्छ ।
১৮যতঃ স স্ৱযং পরীক্ষাং গৎৱা যং দুঃখভোগম্ অৱগতস্তেন পরীক্ষাক্রান্তান্ উপকর্ত্তুং শক্নোতি|