< हिब्रू 13 >
1 भ्रातृ-प्रेम बनिरहोस् ।
Blifver faste i broderlig kärlek.
2 अपरिचितहरूलाई अतिथि सत्कार गर्न नबिर्स । किनकि थाहा नै नपाइकन कति जनाले स्वर्गदूतहरूको अतिथि सत्कार गरेका थिए ।
Förgäter icke att herberga; ty dermed hafva somliga fått Änglar, ovetandes, till herberges.
3 तिमी आफैँ पनि कारागारमा तिनीहरूसँगै बाँधिएजस्तै सम्झना गर । जसले तिनीहरूलाई दुर्व्यवहार गरे तिमी पनि तिनीहरूको शरीरमा भएजस्तै तिनीहरूको सम्झना गर ।
Tänker på dem som bundne äro, såsom medbundne; och på dem som bedröfvelse lida, såsom de der ock af lekamenen äro.
4 हरेकले विवाहलाई आदर गरोस् । विवाहको ओछ्यान नबिटुलियोस्, किनकि यौन दुराचारी मानिस र व्यभिचारीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ ।
Ägtenskapet skall hållas ärligit ibland alla, och ägtenskapets säng obesmittad; men bolare och horkarlar skall Gud döma.
5 तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्तुष्ट होओ । किनकि परमेश्वर आफैँले यसो भन्नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्नेछु ।”
Umgängelsen vare utan girighet; och låter eder nöja med det I hafven; ty han sade: Jag skall icke öfvergifva eller förlåta dig;
6 हामी सन्तुष्ट होऔँ । त्यसकारण, हामी साहससाथ भन्न सक्छौँ, “परमप्रभु मेरा सहायक हुनुहुन्छ म डराउनेछैनँ । मानिसले मलाई के गर्न सक्छ र?”
Så att vi dristeliga måga säga: Herren är min hjelpare, och jag vill icke frukta; hvad kan en menniska göra mig?
7 तिमीहरूलाई परमेश्वरको वचन सुनाउने तिम्रा अगुवाहरूलाई विचार गर, र तिनीहरूका रहनसहनको परिणामलाई विचार गर र तिनीहरूका विश्वासको देखासिखी गर ।
Tänker på edra lärare, de eder Guds ord sagt hafva, och efterföljer deras tro; skådande hvad ända deras umgängelse hade.
8 येशू ख्रीष्ट हिजो, आज र सधैँभरि एक समान हुनुहुन्छ । (aiōn )
Jesus Christus i går och i dag, och han desslikes i evighet. (aiōn )
9 विभिन्न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् । तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन, किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्छ ।
Låter eder icke omföras med mångahanda och främmande lärdom; ty det är godt att stadfästa hjertat med nådene; icke med maten; hvilken intet gagnat hafver dem, som dermed umgått hafva.
10 हामीसँग एउटा वेदी छ, जसबाट पवित्रस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन ।
Vi hafve ett altare, af hvilko de hafva icke magt att äta, som tjena i tabernaklet.
11 किनकि पाप क्षमाका निम्ति प्रधान पुजारीद्वारा पशुहरूको रगत पवित्रस्थानमा ल्याइन्थ्यो । तर तिनीहरूको शरीरलाई भने छाउनीबाहिर जलाइन्थ्यो ।
Ty ehvad djurs blod, som öfverste Presten, för syndene, inbär uti det heliga, deras kroppar uppbrännas utom lägret.
12 त्यसकारण, येशूले पनि आफ्नै रगतद्वारा मानिसहरूलाई समर्पण गर्नका खातिर सहरको ढोकाबाहिर दुःख भोग्नुभयो ।
Derföre ock Jesus, på det han skulle helga folket med sitt eget blod, hafver han lidit utom porten.
13 त्यसैले, हामी पनि उहाँसँगै छाउनीबाहिर जाऔँ, र उहाँको निन्दामा सहभागी होऔँ ।
Så låt oss nu gå ut till honom utu lägret, och bära hans smälek.
14 किनकि हामीसँग यहाँ कुनै स्थायी सहर छैन । बरु, हामी आउनेवाला सहरको प्रतीक्षामा छौँ ।
Ty vi hafve här ingen varaktig stad, utan vi sökom efter den tillkommande.
15 त्यसैले, उहाँद्वारा परमेश्वरलाई महिमा दिन हामी सधैँ बलिदान चढाऔँ, उहाँको नाउँलाई थाहा गर्दै महिमा दिनु हाम्रो ओठको फल हो ।
Så låt oss nu genom honom alltid offra Gudi lofoffer, det är, läpparnas frukt, de hans Namn bekänna.
16 अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं । किनकि यस्तै बलिदानहरूसँग परमेश्वर अति प्रसन्न हुनुहुन्छ ।
Förgäter icke göra väl, och meddela; ty sådana offer täckas Gudi.
17 तिमीहरूका अगुवाहरूको अधीनमा बस र आज्ञा मान, किनभने जसले हिसाब दिनुपर्नेले जस्तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्दछन् । आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्दसाथ तिमीहरूको वास्ता गरून्, दुःखसँग होइन, जुन तिमीहरूका लागि प्रयोगयोग्य छैन ।
Varer edra lärare lydige, och följer dem; ty de vaka öfver edra själar, såsom de der räkenskap göra skola; på det de måga det göra med fröjd, och icke med suckan; ty det är eder icke nyttigt.
18 हाम्रा लागि प्रार्थना गर, किनकि हामीमा सफा विवेक छ भनी निश्चित हुन सकौँ र सबै कुरामा ठिक प्रकारले जिउन सकौँ ।
Beder för oss; vår tröst är den att vi ett godt samvet hafve, och vinnlägge oss hafva en god umgängelse när alla;
19 अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु । त्यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु ।
Men aldramest beder jag eder, att I sådant gören, att jag med det snaresta måtte komma till eder.
20 अब भेडाका महान् गोठाला हाम्रा प्रभु येशूको अनन्त करारको रगतद्वारा मृत्युबाट जीवनमा ल्याउनुहुने शान्तिका परमेश्वरले, (aiōnios )
Men fridsens Gud, som igenfört hafver ifrå de döda den stora Fåraherdan, genom dess eviga Testamentsens blod, vår Herra Jesum; (aiōnios )
21 उहाँको इच्छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्वरको दृष्टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन । (aiōn )
Han göre eder skickeliga uti allt godt verk, till att göra sin vilja, och skaffe uti eder hvad honom täckeligit är, genom Jesum Christum; hvilken vare ära af evighet i evighet. Amen. (aiōn )
22 अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु ।
Jag förmanar eder, käre bröder, tager förmanelsens ord till godo; ty jag hafver eder med få ord tillskrifvit.
23 तिमीहरूलाई यो थाहा होस्, कि हाम्रा भाइ तिमोथी स्वतन्त्र पारिएका छन् । यदि उनी छिट्टै आए भने, म तिमीहरूलाई उनीसँगै देख्नेछु ।
Veter, att brodren Timotheus lös är; med hvilkom, om han snart kommer, vill jag se eder.
24 तिम्रा सबै विश्वासी र अगुवाहरूलाई अभिवादन गर । इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
Helser alla edra lärare, och all helgon. Eder helsa bröderne uti Valland.
25 तिमीहरू सबैसँग अनुग्रह रहोस् ।
Nåd vare med eder allom. Amen.