< हिब्रू 12 >
1 यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ ।
İşte çevremizi bu denli büyük bir tanıklar bulutu sardığına göre, biz de her yükü ve bizi kolayca kuşatan günahı üzerimizden sıyırıp atalım ve önümüze konan yarışı sabırla koşalım.
2 विश्वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्द्रित गरौँ, जसले आफ्नो सामुन्ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्नुभयो, अनि उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
Gözümüzü imanımızın öncüsü ve tamamlayıcısı İsa'ya dikelim. O kendisini bekleyen sevinç uğruna utancı hiçe sayıp çarmıhta ölüme katlandı ve şimdi Tanrı'nın tahtının sağında oturuyor.
3 त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ ।
Yorulup cesaretinizi yitirmemek için, günahkârların bunca karşı koymasına katlanmış Olan'ı düşünün.
4 तिमीहरूले पापको विरुद्धमा अझसम्म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन ।
Günaha karşı verdiğiniz mücadelede henüz kanınızı akıtacak kadar direnmiş değilsiniz.
5 अनि तिमीहरूलाई छोराहरूसरह उत्साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्वरको अनुशासनलाई हलुका नसम्झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ ।
Size oğullar diye seslenen şu öğüdü de unuttunuz: “Oğlum, Rab'bin terbiye edişini hafife alma, Rab seni azarlayınca cesaretini yitirme.
6 किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ ती हरेकलाई अनुशासनमा राख्नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ ।”
Çünkü Rab sevdiğini terbiye eder, Oğulluğa kabul ettiği herkesi cezalandırır.”
7 कष्टलाई अनुशासनझैँ सहो । परमेश्वरले तिमीहरूसित छोराहरूलाई जस्तै व्यवहार गर्नुहुन्छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्छ र?
Terbiye edilmek uğruna acılara katlanmalısınız. Tanrı size oğullarına davranır gibi davranıyor. Hangi oğul babası tarafından terbiye edilmez?
8 तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ ।
Herkesin gördüğü terbiyeden yoksunsanız, oğullar değil, yasadışı evlatlarsınız.
9 यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्यौँ । यसकारण, के हामीले हाम्रा आत्माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र?
Kaldı ki, bizi terbiye eden dünyasal babalarımız vardı ve onlara saygı duyardık. Öyleyse Ruhlar Babası'na bağımlı olup yaşamamız çok daha önemli değil mi?
10 किनकि एकातिर, हाम्रा बाबुहरूले केही दिनसम्म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो । तर अर्कोतिर, हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ ।
Babalarımız bizi kısa bir süre için, uygun gördükleri gibi terbiye ettiler. Ama Tanrı, kutsallığına ortak olalım diye bizi kendi yararımıza terbiye ediyor.
11 यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्तिपूर्ण फल फलाउँदछ ।
Terbiye edilmek başlangıçta hiç tatlı gelmez, acı gelir. Ne var ki, böyle eğitilenler için bu sonradan esenlik veren doğruluğu üretir.
12 त्यसकारण, लत्रेका हातहरू र र्दुबल घुँडाहरू बलियो बनाओ ।
Bunun için sarkık ellerinizi kaldırın, bükük dizlerinizi doğrultun, ayaklarınız için düz yollar yapın. Öyle ki, kötürüm olan parça eklemden çıkmasın, tersine şifa bulsun.
13 आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ । त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् ।
14 हरेकसित शान्तिमा बस्ने प्रयत्न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्न सक्दैन ।
Herkesle barış içinde yaşamaya, kutsal olmaya gayret edin. Kutsallığa sahip olmadan kimse Rab'bi göremeyecek.
15 होसियार रहो, ताकि परमेश्वरको अनुग्रहबाट कोही पनि वञ्चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् ।
Dikkat edin, kimse Tanrı'nın lütfundan yoksun kalmasın. İçinizde sizi rahatsız edecek ve birçoklarını zehirleyecek acı bir kök filizlenmesin.
16 होसियार रहो । कोही पनि एक छाक खानाको लागि आफ्नो जन्माधिकार बेच्ने एसावजस्तो अधर्मी नहोस् वा यौन अनैतिक नहोस् ।
Kimse fuhuş yapmasın ya da ilk oğulluk hakkını bir yemeğe karşılık satan Esav gibi kutsal değerlere saygısızlık etmesin.
17 किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्यो आशिष्को उत्तराधिकार प्राप्त गर्ने इच्छा गर्दा उनलाई अस्वीकार गरियो, किनभने उनले विलाप गर्दा आँशुका साथ पश्चात्ताप गर्ने मौकासमेत पाएन, यद्यपि उनले यसलाई चाहेका थिए ।
Biliyorsunuz, Esav daha sonra kutsanma hakkını miras almak istediyse de geri çevrildi. Kutsanmak için gözyaşı döküp yalvarmasına karşın, vermiş olduğu kararın sonucunu değiştiremedi.
18 किनकि तिमीहरू जलिरहेको पहाड, अन्धकार, बादल र छुन नसक्ने पहाडमा आएका छैनौ ।
Sizler dokunulabilen, alev alev yanan dağa, karanlığa, koyu karanlık ve kasırgaya, gürleyen çağrı borusuna, tanrısal sözleri ileten sese yaklaşmış değilsiniz. O sesi işitenler, kendilerine bir sözcük daha söylenmesin diye yalvardılar.
19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्नु नपरोस् भनी बिन्ती गरेका थिए ।
20 किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्नैपर्छ” भन्ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । (नोटः केही पुरानो संस्करणमा लेखिएको छः एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्नैपर्छ) ।”
“Dağa bir hayvan bile dokunsa taşlanacak” buyruğuna dayanamadılar.
21 मोशाले भने कि त्यो दृश्य एकदमै डरलाग्दो थियो, “म डराएँ र म डरले काम्दै छु ।”
Görünüm öyle korkunçtu ki, Musa, “Çok korkuyorum, titriyorum” dedi.
22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ ।
Oysa sizler Siyon Dağı'na, yaşayan Tanrı'nın kenti olan göksel Yeruşalim'e, bir bayram şenliği içindeki on binlerce meleğe, adları göklerde yazılmış ilk doğanların topluluğuna yaklaştınız. Herkesin yargıcı olan Tanrı'ya, yetkinliğe erdirilmiş doğru kişilerin ruhlarına, yeni antlaşmanın aracısı olan İsa'ya ve Habil'in kanından daha üstün bir anlam taşıyan serpmelik kana yaklaştınız.
23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, सबैका न्यायकर्ता परमेश्वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौँ ।
24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
25 हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ र?
Bunları söyleyeni reddetmemeye dikkat edin. Çünkü yeryüzünde kendilerini uyaranı reddedenler kurtulamadılarsa, göklerden bizi uyarandan yüz çevirirsek, bizim de kurtulamayacağımız çok daha kesindir.
26 कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो । तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो र भन्नुभयो, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई पनि हल्लाउनेछु ।”
O zaman O'nun sesi yeri sarsmıştı. Ama şimdi, “Bir kez daha yalnız yeri değil, göğü de sarsacağım” diye söz vermiştir.
27 “अझ एक पटक” भन्ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्टि गरिएका छन्, सबै निकालिनेछन् र हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन् ।
“Bir kez daha” sözü, sarsılanların, yani yaratılmış olan şeylerin ortadan kaldırılacağını, böylelikle sarsılmayanların kalacağını anlatıyor.
28 त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्वरलाई आराधना गरौँ ।
Böylece sarsılmaz bir egemenliğe kavuştuğumuz için minnettar olalım. Öyle ki, Tanrı'yı hoşnut edecek biçimde saygı ve korkuyla tapınalım.
29 किनकि हाम्रा परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ ।
Çünkü Tanrımız yakıp yok eden bir ateştir.