< हिब्रू 12 >

1 यसकारण, हामी यतिका धेरै साक्षीहरूका बादलले घेरिएका हुनाले हर प्रकारका बोझ र हामीलाई सजिलैसित अल्‍झाउने पापलाई पन्‍छाऔँ । हाम्रा अघि राखिदिएको दौडलाई धैर्यसाथ दोडौँ ।
Mbukuliboobo, mbulikuti yuzyungulukdwe joba paiti lyabakamboni, atubikke kumbali kulemenwa koonse antoomwe aibi zyoonse. Atube amoyo mulamfu mukuchijaana mujiizyanio ooyu wambikkwa kunembo lyesu.
2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
Atuswiilile Jesu, we ngomutaliko amumaninizyi walusyomo. Nkaambo lukondo lwakabikkwa kunembo lyakwe, wakalipeda kuchiingan, nikuba chakalikupa mawuse, mpawo wakakukkala kululyo lwachuuno chabulemu cha Leza.
3 त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ ।
Aboobo amumuyeye, ooyo wakatola chiimo chili boobo kuli basizibi chiteendelani aguwe, kuchihtila kuti tamubi abutela mumyoyo yanu.
4 तिमीहरूले पापको विरुद्धमा अझसम्‍म रगत बगाउनुपर्ने अवस्था आएको छैन वा यसको लागि सङ्घर्ष गर्नुपरेको छैन ।
Taakwe nimwalina lwana achibi kuyosika kubulowa.
5 अनि तिमीहरूलाई छोराहरूसरह उत्‍साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्‍वरको अनुशासनलाई हलुका नसम्‍झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ ।
Alimwi mwakaluba kusungwaazigwa kumwaambila kuti inywe mbuli bana balombe: “Mwanangu, utayeeyi kuti milawu ya Mwami myuuba, na kuba abutela awo nowambilwa atala akuchita chibi anguwe.
6 किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्‍छ ती हरेकलाई अनुशासनमा राख्‍नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्‍छ ।”
Nkaambo Mwami ulapa malayilile kuli woonse muntu ngwayanda alimwi ulasubula mwana woonse ngwatambula.
7 कष्‍टलाई अनुशासनझैँ सहो । परमेश्‍वरले तिमीहरूसित छोराहरूलाई जस्‍तै व्‍यवहार गर्नुहुन्‍छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्‍छ र?
Sima mukuenzegwa akulayigwa. Leza ubeleka andinywe mbuli bana. Ulabanzi ooyo mwana uula wisi utamu layi?
8 तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ ।
Pesi kuti kotakwe buntu, obo bantu boonse mbubaabana, ulimwana uutatambuliki alimwi toyelede pe kuba mwana wakwe.
9 यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्‍यौँ । यसकारण, के हामीले हाम्रा आत्‍माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र?
Kuyakukunembo, twakalijisi bama taata bamunyama mbuli basikiutulayilila, alimwi twakabalemeka. Tatweelede na aboobo kuti tulemeke Wisi wa myuuya kuti tupone?
10 किनकि एकातिर, हाम्रा बाबुहरूले केही दिनसम्‍म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो । तर अर्कोतिर, हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्‍वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ ।
Nkaambo kulilimwi bbazu, bama taata besu bakatulayilila kwamazuba mache mbuli mbubakalikubona kazyeelede kulimbabo. Pesi kulilimwi bbazu leza uchita oobo kuti zitubotele kuchitila kuti tukaabaane aawe mubusalali.
11 यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्‍छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्‍त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्‍तिपूर्ण फल फलाउँदछ ।
Taakwe kulayililwa kuboneka kakubotela muntu muli eecho chiindi pesi kulachisa. Pesi muchiindi chiboola kuleta muchelo waluumuno mubululami kuli aabo bakalayililwa.
12 त्यसकारण, लत्रेका हातहरू र र्दुबल घुँडाहरू बलियो बनाओ ।
Aboobo simya maboko aako aayo asiminina aansi mazwi aako.
13 आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ । त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् ।
Panga nzila ziluleme zyamawulu aako, kuchitila kuti eezyo zilemene tazikoyookachilwa pesi ziyoponesegwa.
14 हरेकसित शान्‍तिमा बस्‍ने प्रयत्‍न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्‍न सक्दैन ।
Amuyanduule luumuno abamwi boonse, antoomwe abusalali nkaambo iuutakwe busalali taakwe nayoomubona Mwami.
15 होसियार रहो, ताकि परमेश्‍वरको अनुग्रहबाट कोही पनि वञ्‍चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् ।
Amuchenjele kuti kuti takubi ubula luzyalo lwa Leza, alimwi takubi nuuba muyanda wakunyema uunga ulayeta kutamvwanana, kuchitila kuti biingi tababi kababisigwa ankuko.
16 होसियार रहो । कोही पनि एक छाक खानाको लागि आफ्‍नो जन्‍माधिकार बेच्‍ने एसावजस्‍तो अधर्मी नहोस् वा यौन अनैतिक नहोस् ।
Amuchenjele kuti takubi zyakunjila munobo zitaluleme na kuba muntu utaluleme mbuli Isawu, ooyo wakawuzya bupati bwakwe nkaambo kakulya.
17 किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्‍यो आशिष्‌को उत्तराधिकार प्राप्‍त गर्ने इच्‍छा गर्दा उनलाई अस्‍वीकार गरियो, किनभने उनले विलाप गर्दा आँशुका साथ पश्‍चात्ताप गर्ने मौकासमेत पाएन, यद्यपि उनले यसलाई चाहेका थिए ।
Nkaambo mulizi kuti musule lyazezyo, naakazoyanda kutola chilongezyo, taakatambulika pe, nkaambo wakabula mweenya wakusanduka, nikunba kuti waka chiyanduula amisozi.
18 किनकि तिमीहरू जलिरहेको पहाड, अन्धकार, बादल र छुन नसक्‍ने पहाडमा आएका छैनौ ।
Nkaambo teensi mwaza kuchilundu chikonzeka kugumwa, chilundu chaulilo uuyaka, mudima, kutaboneka a guwo pati.
19 तिमीहरू तुरही फुकिएको चर्को आवाज भएको ठाउँमा पनि आएका छैनौ, न त त्यस्तो आवाज सुन्‍ने ठाउँमा आएका छौ जसलाई सुनेर तिनीहरूले अर्को शब्द सुन्‍नु नपरोस् भनी बिन्‍ती गरेका थिए ।
Teensi mwaza kuzolizya nyeele, na kujwi lyaambula majwi basikumvwa kabatamwi niliba limbi jwi lyaambuulwa kulimbabo.
20 किनकि “यदि कुनै जनावरले त्यस पहाडलाई छोयो भने त्यसलाई ढुङ्गाले हान्‍नैपर्छ” भन्‍ने आज्ञालाई तिनीहरूले सहन सकेनन् । (नोटः केही पुरानो संस्करणमा लेखिएको छः एउटा जनावरले त्यस पहाडलाई छोयो भने, तापनि त्यसलाई ढुङ्गा वा तीरले हान्‍नैपर्छ) ।”
Nkaambo tabakonzyi kuzikalilila eezyo nzibalayililwa: “Namnsya nuuba munyama waguma chilundu welede kutululwa mabwe.”
21 मोशाले भने कि त्यो दृश्य एकदमै डरलाग्दो थियो, “म डराएँ र म डरले काम्दै छु ।”
Chakalikuyoosya loko echi chakabonwa a Mozesi awo naakati, “Ndilikuyoowa alimwi ndilikukankama.”
22 त्यसको सट्टामा, तिमीहरू सियोन पहाड र जीवित परमेश्‍वरको सहर स्वर्गीय यरूशलेम अनि दसौँ हजार स्वर्गदूतको उत्सवमा आएका छौ ।
Pesi mwasika kuchilundu cha Zayoni akudolopo lya Leza upona, Jelusalemu lyakujulu, akumakumi azyuulu zyabangelo zili kupobola.
23 तिमीहरू स्वर्गमा नाउँ दर्ता गरिएका पहिले जन्मेकाहरूको सभामा, सबैका न्यायकर्ता परमेश्‍वरकहाँ, अनि सिद्ध पारिएका धर्मी जनका आत्माहरूकहाँ आएका छौँ ।
Mwasika kumbungano yamwana wabubele, ooyo wakalembwa kujulu. Mwasika kuli Leza, Mubetesi waboomnse, akumyuuya yabaluleme bakalulamikwa.
24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
Alimwi mwasika kuli Jesu, simwiima aakati wachizuminano chipya, akubulowa bwakasamnsiilwa bwaambula zilimbubo kwiinda bulowa bwa Abela.
25 हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ र?
Amubone kuti tamumukasyi ooyo uulikwaambula. Nkaambo kaansinga tebakafutuka nibakachija ooyo wakabalayilila aanyika, nkuche kuti tufuke na twachija ooyo ulikutulayilila kuzwa kujulu.
26 कुनै समय उहाँको आवाजले पृथ्वी हल्लायो । तर अहिले उहाँले प्रतिज्ञा गर्नुभयो र भन्‍नुभयो, “अझ एक पटक म पृथ्वी मात्र होइन, तर स्वर्गहरूलाई पनि हल्लाउनेछु ।”
Mulichimwi chiindi, jwi lyakwe lyakateketesya nyika. Pesi lino wasyomezya wati, “Ilubo, nsikozoteketya nyika ayilike pe, pesi amajulu woonse.”
27 “अझ एक पटक” भन्‍ने यी शब्दहरूको अर्थ हुन्छ कि हल्लाउन सकिने थोकहरू जो सृष्‍टि गरिएका छन्, सबै निकालिनेछन् र हल्लाउन नसकिने थोकहरू स्थिर रहनेछन् ।
Aya majwi, “Chimbi lubo chiindi,” kwaamba kugwisya eezyo zintu zikonzya kuteketesegwa, kwaamba kuti, zintu zyakalengwa, kuchitila kuti zintu zitakonzeki kuteketesegwa zichaale.
28 त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्‍वरलाई आराधना गरौँ ।
Aboobo, kutambula bwami butakonzyi kuteketesegwa, atulumbe, amuleyi nzila tumukombe Leza mubulemu bupati akuyoowa.
29 किनकि हाम्रा परमेश्‍वर भस्म पार्ने आगो हुनुहुन्छ ।
Nkaambo Leza wesu mulilo uyaka akutenta.

< हिब्रू 12 >